Sajhamanch Archive

अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ८० हजार नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ८० हजार नाघ्यो.

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या ८० हजार नाघेको छ । हालसम्म अमेरिकामा ८० हजार ७८७ जनाको कोरोना संक्रमणले अमेरिकामा ज्यान गइसकेको छ । सबैभन्दा धेरै न्युयोर्कमा संक्रमणको प्रभाव रहेको बीबीसीले जनाएको छ । अमेरिकामा हालसम्म १३ लाख ६७ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिसकेको छ ।

अनलाइन शिक्षा पढाउन पाइने, शुल्क लिन नपाइने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अनलाइन शिक्षा पढाउन पाइने, शुल्क लिन नपाइने.

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण जारी लकडाउनका बेला विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षा औपचारिकतामा मात्रै सीमित हुनेभएको छ । बन्दाबन्दी खुलेको केही दिनपछि नियमित कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थी तथा अभिभावकसित सम्पर्क कायम गर्ने माध्यमका रूपमा मात्रै अनलाइन शिक्षालाई लिइनेभएको छ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले अनलाइन माध्यमबाट गरिएको […]

मुलुकभर फोरजी सेवा प्रयोगकर्ताको संख्या साढे ४६ लाख

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मुलुकभर फोरजी सेवा प्रयोगकर्ताको संख्या साढे ४६ लाख.

काठमाडौं । मुलुकभर फोरजी सेवा प्रयोग गर्ने ग्राहक संख्या साढे ४६ लाख पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस प्रतिवेदनमा मुलुकभर फोरजी प्रयोगकर्ता ४६ लाख ६४ हजार ६६१ रहेको उल्लेख छ। दूरसञ्चार प्राधिकरणले २०७६ माघसम्मको एक वर्षको तथ्यांकका आधारमा प्रतिवेदन सार्वजनिक गरेको हो। २०७५ सालको माघसम्म अर्थात् एक वर्ष अघिसम्म २५ लाख तीन हजार […]

थप ७ जनामा भेटियो कोरोना, संक्रमित संख्या १०९ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ७ जनामा भेटियो कोरोना, संक्रमित संख्या १०९ पुग्यो.

काठमाडौं। थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ८ बजे अध्यावधिक गरेको विवरण अनुसार थप सात जनामा कोरोनाको संक्रमण भेटिएको छ। संक्रमित हुनेमा ३ महिला र ४ पुरुष रहेका छन्। संक्रमित सात मध्ये ३ जना महिला उदयपुर भुल्केका हुन्। उनीहरूको उमेर क्रमशः १८, ४५ र ६५ वर्ष […]

हाँस्यास्पद सोधपुछले हैरानी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on हाँस्यास्पद सोधपुछले हैरानी.

काठमाडौं ।‘लकडाउनले पसल खुलेको छैन । रिचार्ज कार्ड हालिदिनूस् न । ’ ‘कोरोनाबाट बच्न सेनिटाइजर नै किन लगाउनुपर्ने रु त्यसको सट्टा रक्सी खाए पनि हुँदैन ? टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री नं. १११५ मा हिजोआज कर्मचारी यस्तै हास्यास्पद प्रश्न झेल्न बाध्य छन् । कोरोना भाइरस  कोभिड–१९ बारे परामर्श तथा जानकारी दिन सञ्चालन […]

खुल्न थाले देशभरका उद्योग

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on खुल्न थाले देशभरका उद्योग.

काठमाडौं – बन्दाबन्दीको अवस्थामा पनि केही आधारभूत उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी ब्यवसायी उत्साहित भए पनि शूरुका दिनमा कच्चापदार्थ एबं श्रमिक ब्यवस्थापन र उत्पादित बस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको ब्यवसायीको गुनासो रहेको छ । विराटनगर, कच्चा पदार्थको अभावबीच सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा आएका छन् । भण्डारण, बाटोमा रहेका र आयात प्रक्रियामा रहेको […]

नेपालसँग सल्लाह नै नगरि भारतले नेपाली भूमि हुँदै चीन जाने बाटो खोल्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपालसँग सल्लाह नै नगरि भारतले नेपाली भूमि हुँदै चीन जाने बाटो खोल्यो.

काठमाडौं । नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्ने सम्मको लचकता देखाउँदा समेत भारतले एकतर्फी रूपमा यस्तो सडक निर्माण गरेको हो। उक्त सडक भारतबाट मानसरोवर जाने सबैभन्दा छोटो बाटोको रूपमा […]

करिअरमा परिवर्तन खोज्दैछिन् साम्राज्ञी ?

Published: in टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on करिअरमा परिवर्तन खोज्दैछिन् साम्राज्ञी ?.

नेपाली चलचित्रकी सुन्दरी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको करिअर विगत २ वर्षदेखि ठिकठाक चलिरहेको छैन । करिअरको सुरुवातदेखि नै चर्चाको उचाइमा रहेकी नायिका पछिल्लो २ वर्ष भने चलचित्रका कारण भन्दा विभिन्न विवादले चर्चामा रहिन् । यस बीचमा उनका केही विवादित तस्वीर र बयानहरु सार्वजनिक भएका थिए । यसको असर उनले काम गरेका चलचित्रमा पनि पर्‍यो । […]

उपत्यकामै संक्रमण फैलनसक्नेप्रति बेवास्ता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उपत्यकामै संक्रमण फैलनसक्नेप्रति बेवास्ता.

काठमाडौं। उपत्यकामा तरकारी बजार, सार्वजनिक खाना खुवाउने स्थान, पत्रिका वितरणबाट कोरोना संक्रमण हुन सक्ने सम्भावना उच्च पाइएको छ । सरोकारवाला निकायको लापरबाही तथा प्रहरीको नजरअन्दाजका कारण यी क्षेत्र संक्रमणको जोखिममा रहेको देखिएको हो । विभिन्न संघसंस्थाले वितरण गर्ने खानामा सुरक्षा उपकरण अबलम्बन नगरी वितरण गरिएको, ठूला तरकारी बजारमा भीडभाड तथा सुरक्षा अबलम्बन नगरिएको, पुरानो बसपार्क, […]

सरकारको विरोध हुने भन्दै करोडौंका उपकरण किन्ने निर्णय गोप्य

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारको विरोध हुने भन्दै करोडौंका उपकरण किन्ने निर्णय गोप्य.

काठमाडौं । सरकारले नेपाल प्रहरीसँग भीड नियन्त्रणका लागि पानीको फोहोरा फ्याँक्न प्रयोग गरिने सातवटा वाटर क्यानल हुँदाहुँदै थप एउटा र गोली ताकेर हान्ने तालिमका लागि चाहिने सिमुलटेर पाँचवटा खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले यो निर्णय गोप्य राखेको छ । नेपाल प्रहरीलाई तत्काल आवश्यक नभएका उपकरण किन्दा […]