Sajhamanch Archive

पोखरामा तीन दिन देखी लगातार प्याराग्लाइडिङ दुर्घटना

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पोखरामा तीन दिन देखी लगातार प्याराग्लाइडिङ दुर्घटना.

पोखरा । आज पनि पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाका मृत्यु भएको छ । पोखरामा लगातार तीन दिन देखी प्याराग्लाइडिङ दुर्घटना भएको छ । गत फागुन १९ गते रोमानियाका एक नागरिकले उडाएको प्याराग्लाइडिङ फेवातालमा खसेर उनको मृत्यु भएको थियो । त्यस्तै २० गते पनि कास्कीकै माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा र मादी गाउँपालिकाको छाचोकमा दुर्घटनामा परेका थिए […]

‘विप्लव’ समूहको गतिविधीलाई सरकारले गम्भीर रुपमा लिएको छौं ; नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री दाहाल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘विप्लव’ समूहको गतिविधीलाई सरकारले गम्भीर रुपमा लिएको छौं ; नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री दाहाल.

विराटनगर । नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका गतिविधीलाई व्यवस्थापन र नियन्त्रण गर्न दुईवटा विकल्प अवलम्बन गरिने बताएका छन्। विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले ‘विप्लव’ समूहको गतिविधीलाई सरकारले गम्भीर रुपमा लिएको बताए। ‘विप्लवबाट उत्पन्न समस्या समाधान गर्न राजनैतिक र प्रशासनिक दुवै विकल्प अबलम्बन गर्न सकिन्छ’, दाहालले भने, ‘यस […]

बलात्कारको आरोपमा एक युवक पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बलात्कारको आरोपमा एक युवक पक्राउ.

गाईघाट । १३ वर्षीय बालिका बलात्कारको आरोपमा उदयपुरका एक युवालाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ। फाल्गुन १७ गते राति ७ बजे घरमा कोही नभएको मौकाछोपी बालिकालाई बलात्कार गरेको आरोपमा चौदण्डीगढी नगरपालिका १ कटहरेका २५ वर्षीय मिनकुमार श्रेष्ठ पक्राउ परेका हुन्। पीडितका आफन्तले सोमबार जाहेरी दिएपछि इलाका प्रहरी कार्यलय बेल्टारबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ […]

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु.

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका १ रानीबगियामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वडा नं ९ घर भइ हाल सैनामैना ४ लखनपारा निवासी २५ वर्षीय सुरज बराल रहेको इलाका प्रहरी कार्यलय रन्यौरा मुर्गियाले जनाएको छ ।बुटवलतर्फ गईरहेको ना ७ ख ४०३६ नं को ट्रकले […]

मलेसियामा नेपाली लुटिए ….

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on मलेसियामा नेपाली लुटिए …..

काठमाडौँ । गोरखाका रितेश गुरुङ कार्यस्थलबाट क्याम्पभित्र छिर्दा बेडहरू ठीक ठाउँमा थिएनन् । सबैका दराज फोरिएका थिए । ‘मेरो पर्समा ३ हजार रिंगेट थियो । मोबाइल थियो,’ उनले सुनाए, ‘नेपाली १० रुपैयाँ मात्रै छाडिदिएछन् । बाँकी सबै लगेछन् ।’ गुरुङले मध्यरातमा काम गरिरहेका ठाउँमा खबर पाएका थिए, ‘प्रहरीको एक टोली क्याम्पभित्र छिरेको छ । उनीहरूबाट खोजतलास भइरहेको छ । कसैको सामान पनि […]

मेचीनगर नगरपालिका अब ‘फ्रि वाईफाई जोन’

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on मेचीनगर नगरपालिका अब ‘फ्रि वाईफाई जोन’.

मेचीनगर । मेचीनगर नगरपालिका कार्यलयमा आउने सेवाग्राहीको हितलाई ध्यानमा राखेर कार्यलयलाई ‘फ्रि वाईफाई जोन’ घोषणा गरिएको छ । मेचीनगर नगरपालिका कार्यलय परिसर भित्र सेवाग्राहीहरुलार्इ सेवा प्रदान गर्न अझ सहज बनाउन मेचीनगर नगरपालिकाले निःशुल्क वाईफाई सञ्चालनमा ल्याउने कुराको जानकारी कार्यलयका सुचना प्रविधि अधिकृत अशोककुमार भेटवालले बताए । मेचीनगर नगरपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ यसअघिनै नगरका विभिन्न […]

सहसंयोजक राईको दुर्घटनामा मृत्यु , अन्य तीन घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सहसंयोजक राईको दुर्घटनामा मृत्यु , अन्य तीन घाइते.

दमक । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल जुध्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन्। दुर्घटनामा इलाम चुलाचुलीका ४० वर्षीय पुरणकुमार राईको मृत्यु भएको हो। यस्तै दमक–१० का २५ वर्षीय सुजन धिमाल, पाँचथर फाल्गुनन्द गाउँपालिकाका रमेश तुम्रोक र परिचय खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक व्यक्ति घाइते भएका […]

डा.भट्टराईलाई नसोचेको आपत्त , सामाजिक सञ्जाल बन्द गर्ने कुरा भ्रम मात्र भएको

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on डा.भट्टराईलाई नसोचेको आपत्त , सामाजिक सञ्जाल बन्द गर्ने कुरा भ्रम मात्र भएको.

काठमाडौं । नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको पार्टीमा पहिरो गइरहेका समाचार आइरहेका बेला डा.भट्टराईलाई नसोचेको आपत्त आइ लागेको छ । जसका कारण उनी आक्रोशित मात्र छैनन् तनावमा समेत परेका छन् । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नामको नक्कली ट्वीटर ह्याण्डल प्रयोग गरिएको भन्दै गुनासो गरेका छन् । उनले […]

जिल्ला सेक्रेटरीसहित विप्लवका १८ नेता,कार्यकर्ता पक्राउ

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जिल्ला सेक्रेटरीसहित विप्लवका १८ नेता,कार्यकर्ता पक्राउ.

काठमाडौं । एनसेल टावर आक्रमणसँगै प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीका कार्यकताको निगरानीसँगै धरपकड तीब्र बनाएको छ । हिजो र आज आइतबार–सोमबार मात्र प्रहरीले देशका विभिन्न ठाउँबाट जिल्ला सेक्रेटरीसहित १८ नेता–कार्यकर्तालाई पक्राउ गरेको छ । गुल्मी प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गुल्मी जिल्ला सेक्रेटरी खिम खड्कालाई पक्राउ गरेको छ । शान्ति सुरक्षामा […]

एसईईमा पास गराउन विद्यालयले रकम मागे

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on एसईईमा पास गराउन विद्यालयले रकम मागे.

काठमाडौं । एसईई परीक्षामा विद्यार्थी पास गराउन भन्दै जाजरकोटको विद्यालयले रकम मागेको अभिभावकले गुनासो गरेका छन् । एसईई उतीर्ण गराउन विद्यार्थीलाई चिट चोराउनुपर्ने र त्यसका लागि पैसा चाहिने भन्दै हरेक विद्यार्थीबाट २५ सयदेखि तीन हजार रुपैयाँ रकम मागिएको अभिभावकले गुनासो गरेका छन् । छेडागाड नगरपालिका–५ को भाग्योदय माविमा विद्यार्थीहरुलाई कसरी पास गराउने भन्ने विषयमा बैठक […]