Sajhamanch Archive

पोखरामा पहिरो जादाँ चारको मृत्यु, सात घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पोखरामा पहिरो जादाँ चारको मृत्यु, सात घाइते.

पोखरा । पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीमा घर माथिको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् । दश जना मध्ये तीन जनाको मृत्यु भएको र सात जना घाइते छन् […]

म्याग्दीको मराङमा पहिरो, सातजना बेपत्ता

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on म्याग्दीको मराङमा पहिरो, सातजना बेपत्ता.

काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नंं.६ मराङको रिखामा गएराति गएको पहिरोमा पुरिएर सातजना वेपत्ता भएका छन् । घण्टिवाङ भन्ने ठाउँबाट खसेको पहिरोमा परि दुई परिवारको सातजना वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार १५ जना पहिरोमै फसेका छ्न । उनीहरुको उद्दार कार्य जारी छ । हेलिकप्टर जाने तयारी भएपनि […]

असार २८ पछि विदेशबाट उद्धार उडान नहुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on असार २८ पछि विदेशबाट उद्धार उडान नहुने.

काठमाडौँ । विभिन्‍न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियान असार २८ पछि स्थगन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिना सञ्चालन गरेको उद्धार उडानको समिक्षा गर्न असार २८ पछि तत्काल विदेशबाट उद्धार उडान नगर्ने जनाएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न […]

विभाजित विश्वले कोरोना महामारीमाथि विजय हासिल गर्न सक्दैन– विश्व स्वास्थ्य संगठन

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विभाजित विश्वले कोरोना महामारीमाथि विजय हासिल गर्न सक्दैन– विश्व स्वास्थ्य संगठन.

एजेन्सी । संयुक्तराज्य अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट औपचारिक रूपमा फिर्ता हुन थालेपछि यस कदमले वर्तमान कोरोना भाइरसविरूद्धको विश्वव्यापी अभियानलाई प्रभावित पार्नसक्ने भन्दै राष्ट्रसंघीय उक्त निकायले संयमित बन्न सम्वद्ध सबैलाई आग्रह गरेको छ । ‘विभाजित संसारले कोरोनाभाइरस सङ्कटलाई जित्न सक्दैन’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेबे्ररियससले बिहीबार भने । विश्वलाई बन्धक बनाउने भाइरसलाई […]

नेतृत्व जुटाउने प्रयासमा नेकपाको दोस्रो पुस्ता

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेतृत्व जुटाउने प्रयासमा नेकपाको दोस्रो पुस्ता.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक विवाद समाधान गर्न नसकेपछि दोस्रो पुस्ताका नेताले समाधानको पहल सुरु गरेका छन्। एक सातादेखि अध्यक्षद्वय र दुवै पक्षका केही शीर्ष नेताबीचको वार्ताले ठोस निर्णय गर्न नसकेपछि दोस्रो पुस्ताका नेता तातेका हुन्। दोस्रो पुस्ताका नेताले प्रधानमन्त्री ओली […]

बुद्धशान्तिको बजेट ५३ करोड ५८ लाख ९३ हजार

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on बुद्धशान्तिको बजेट ५३ करोड ५८ लाख ९३ हजार.

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ५३ करोड ५८ लाख ९३ हजार ४ सय ३० रुपैँयाको बजेट सार्वजनिक गरेको छ । गाउँसभा मार्फत नीति तथा कार्यक्रम पारित गर्दै सो बराबरको बजेट तयार गरिएको बुद्धशान्ति गाउँपालिकाका प्रवक्ता भगवती शर्मा न्यौपानेले बताइन्। गाउँपालिका प्रवक्ता न्यौपानेका अनुसार बुद्धशान्तिको साविक शान्तिनगर गाविस क्षेत्रमा टमाटर सस उद्योग […]

दाम्पत्य सुख : केही त्यागौं, केही स्वीकारौं

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on दाम्पत्य सुख : केही त्यागौं, केही स्वीकारौं.

भर्खरै मात्र कतिपय वैवाहिक जीवनमा बाँधिएका छन् । विवाहका सुरुवाती दिनहरु जति रोमाञ्चक हुन्छन्, उत्तिनै द्विविधा र असमझदारी पनि । फरक पृष्टभूमीमा हुर्किएका, फरक सोंच र व्यवहार भएका दुई व्यक्ति आपसमा एकाकार हुँदा सबैकुरा ठिकठाक मिल्छ भन्ने हुँदैन । नव-विवाहित जोडीले एकअर्कालाई स्वीकार्नुपर्ने हुन्छ । यसरी आपसमा मिल्नका लागि एकअर्काले कतिपय कुरा त्याग्नुपर्ने पनि हुन्छ […]

पत्रकार महासंघले भन्यो : भारतीय मिडियाले ‘पीत पत्रकारिता’गर्‍यो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पत्रकार महासंघले भन्यो : भारतीय मिडियाले ‘पीत पत्रकारिता’गर्‍यो.

काठमाडौं । नेपालबारे भारतीय मिडियाले प्रसारण गरेको सामग्री ‘पीत पत्रकारिता’को नमुना भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबारे भारतीय सञ्चारमाध्यम जी न्युजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेको महासंघले बताएको छ। साथै यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ। भारतीय सञ्चारमाध्यमबाट अत्यन्त […]

गुम्बा संरक्षण प्रवद्र्धनमा जुट्न पर्यटनमन्त्री भट्टराईको निर्देशन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गुम्बा संरक्षण प्रवद्र्धनमा जुट्न पर्यटनमन्त्री भट्टराईको निर्देशन.

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संस्कृतिको प्रवद्र्धनमा गुम्बाको महत्वपूर्ण भूमिका रहेको भन्दै यसको यथोचित संरक्षण र विकासमा जुट्न आग्रह गरेका छन् । बौद्ध दर्शन, प्रवद्र्धन तथा गुम्मा विकास समितिको पुल्चोकस्थित कार्यालयको निरीक्षणमा पुगेका मन्त्री भट्टराईले पवित्र र ऐतिहासिक स्थलका रुपमा रहेका गुम्बाहरुलाई भगवान गौतमबुद्धले अघि सारेका मानवतावादी विचार र अहिंसा, शान्ति […]

१२ वर्षकै उमेरमा प्रेम, परिवारले बिहे गराउँदा पाँच जना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on १२ वर्षकै उमेरमा प्रेम, परिवारले बिहे गराउँदा पाँच जना पक्राउ.

पोखरा । उनी ८ कक्षामा पढ्दै थिइन् । एक दिन आफन्तको जाँदा उनको एक युवकसँग चिनजान भयो । उनी भर्खर १२ वर्ष लागेकी थिइन् तर, २१ वर्षको युवकसँग चिनजानमात्रै भएन, नजिकिइन् । उनीहरुबीच प्रेमसम्बन्ध रह्यो, त्यसबारे गाइँगुईं चल्न थाल्यो । उनीहरुको सम्बन्धबारे दुबैतिरका परिवारले चाल पाए । सानै उमेरमा बनेको सम्बन्धबारे आफन्त र समाजले नराम्रो […]