Sajhamanch Archive

मन्त्रिपरिषद् बैठकबाट निस्किएको केहीबेरमै आइभोरी कोस्टका प्रधानमन्त्रीको निधन

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on मन्त्रिपरिषद् बैठकबाट निस्किएको केहीबेरमै आइभोरी कोस्टका प्रधानमन्त्रीको निधन.

एजेन्सी । आइभोरी कोस्टका प्रधानमन्त्री अमदोउ गोन कोउलीबेलीको निधन भएको छ । राष्ट्रपति अलेस्येन ओउट्टाराले विज्ञप्ति जारी गर्दै अमदोउको निधनको औपचारिक जानकारी दिएका छन्, उनले आफ्नो देश शोकमा रहेको विज्ञप्तिमा जनाएका छन् । राष्ट्रपति भवनमा मन्त्रिपरिषद्को बैठक सकेर निस्किएको केहीबेरमै बुधबार उनको निधन भएको थियो । राष्ट्रपति अलेस्येनले ३० वर्षभन्दा लामो अवधिमा प्रधानमन्त्री अमदोउ आफ्ना […]

भारतीय मिडियाबारे सरकारले भन्यो : राजनीतिक र कानुनी उपचार खोजिन्छ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on भारतीय मिडियाबारे सरकारले भन्यो : राजनीतिक र कानुनी उपचार खोजिन्छ.

काठमाडौं । सरकारले नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने मिडियामाथि राजनीतिक र कानूनी उपचार खोज्ने बताएको छ । सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले भारतीय मिडियामा आएका समाचारको सरकारले भर्त्सना गर्ने बताए । पत्रकारले उनलाई नेपालका प्रधानमन्त्रीबारे भारतीय मिडियाले गरेको दुष्प्रचारका विषयमा प्रश्न गरेका थिए । […]

कुन प्रदेशमा कति छन् कोरोना संक्रमित ?

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कुन प्रदेशमा कति छन् कोरोना संक्रमित ?.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने सात हजार आठ सय ९१ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा अहिलेसम्म ७३९ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये १९६ जनाको उपचार भइराखेको छ भने ५ सय ४३ […]

गर्भ बसेपछि प्रेमी फरार, युवती भन्छिन्: ‘कुनै पनि हालतमा बच्चा जन्माएर हुर्काउँछु’

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on गर्भ बसेपछि प्रेमी फरार, युवती भन्छिन्: ‘कुनै पनि हालतमा बच्चा जन्माएर हुर्काउँछु’.

महोत्तरी । गएको विवाह पञ्चमीमा दुबै जनाले राम सीताजस्तै धुमधामका साथ विवाह गर्ने बाचा मात्र गरेनन्, जुनी जुनीसँगै बिताउने कसम समेत खाए। प्रेमको सागरमा डुबेका दुबैजनालाई न जातपातको मतलब थियो न घरपरिवार र समाजकै। प्रेम संसारमा रमाइरहेका दुबैजना अनेकन सपना बुनिरहेका थिए। तर यो खुसीको धेरै टिकेन। ‘गर्भवती भएको तीन महिनापछि मैले थाहा पाएँ। सुरुमा […]

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on ट्रक दुर्घटना हुँदा चालकको मृत्यु.

ओखलढुङ्गा । ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ४ः३० बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं.८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालक दोलखा जिरीका २४ वर्षिय नवराज कार्कीको मृत्यु भएको हो । सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको सामान बोकेको बा३ख ९६ नंको ट्रक दुर्घटना भएको […]

बिहीबार थपिए १ सय ८ जना कोरोना संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बिहीबार थपिए १ सय ८ जना कोरोना संक्रमित.

काठमाडौं । बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो । बिहीबार १ सय ३९ जना डिस्चार्ज भएका छन् […]

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता.

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार जसपा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो । स्रोत : अनलाइनखबर

आईसीयूमै बिरामीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on आईसीयूमै बिरामीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ.

वीरगञ्ज । आईसीयूमा उपचार गराइरहेकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपममा वीरगञ्जको बिर्तास्थित अली अर्थो एण्ड ट्रमा हस्पिटलमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको  छ । वीरगञ्जकै १९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हस्पिटलमा कार्यरत एहसान हुसैन, कृष्ण दास र सरफुदीन मियाँलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । स्वास्थ्यकर्मीले लुगा फेर्ने बहानामा आफूलाई दुर्व्यवहार गरेको […]

तनावपूर्ण खेलमा बार्सिलोनाको संघर्षपूर्ण जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on तनावपूर्ण खेलमा बार्सिलोनाको संघर्षपूर्ण जित.

एजेन्सी । लुइस सुअरेजले दोस्रो हाफमा गरेको एक मात्र गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा स्पानयोललाई १-० ले पराजित गरेको छ । क्याटलान डर्बी खेलमा बार्सिलोनाले कठिन जितसहित ३ अंक जोडेको हो । खेलमा दुवै टिमका एक-एक खेलाडीले रातो कार्ड पाएका थिए । ५०औं मिनेटमा बार्सिलोनका अंशु फाटीले रातो कार्ड पाएका थिए । त्यसको ३ […]

जंगली च्याउ खाँदा आमा र छोरा बिरामी

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on जंगली च्याउ खाँदा आमा र छोरा बिरामी.

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं.६ कसेनीमा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा एउटै परिवारका आमा र छोरा बिरामी परेका छन् । तरकारीका रुपमा जंगली च्याउ खाँदा ५४ वर्षीया तिलमाया चौहान र उनका छोरा १७ वर्षीय पूर्णबहादुर चौहान गम्भीर बिरामी परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनीहरुले बुधबार साँझ च्याउको तरकारी बनाएर […]