Sajhamanch Archive

थप ५ सय ९३ जनामा कोरोना, संक्रमितको संख्या ११७५५ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ५ सय ९३ जनामा कोरोना, संक्रमितको संख्या ११७५५ पुग्यो.

काठमाडौं । बितेको २४ घण्टामा विभिन्न जिल्लामा गरी ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा १०७ महिला र ४८६ जना पुरुष रहेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ७५५ पुगेको छ। यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष […]

स्थायी समिति बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on स्थायी समिति बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहेका छन् । यसअघि, मंसिरमा भएको चौथो स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए । स्रोतका अनुसार बैठकमा अनुपस्थित भए पनि प्रधानमन्त्रीले आफ्नै कक्षबाट बैठकका कुरा प्रत्यक्ष सुनिरहेका छन् । शुक्रबार […]

नेकपा नेताले किन प्रयोगमा ल्याए ‘भाइरस रिमुभिङ कार्ड ?

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा नेताले किन प्रयोगमा ल्याए ‘भाइरस रिमुभिङ कार्ड ?.

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक चलिरहेको छ। स्थायी कमिटीको पहिलो दिनको बैठकमै दुई अध्यक्ष र वरिष्ठ नेताबीच घोचपेच भयो। पहिलो बैठकमै घोचपेचमा उत्रिएका नेताहरुको गलामा भने एकै खालको कार्ड झुण्डिएको छ। बैठकमा सहभागी सबै स्थायी कमिटी सदस्यहरुले ‘भाइरस रिमुभिङ कार्ड’ भिरेका छन्। स्थायी कमिटीको बैठकमा […]

 घरमै राखिएको बम विष्फोट हुँदा इलाममा एक जना घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on  घरमै राखिएको बम विष्फोट हुँदा इलाममा एक जना घाइते.

इलाम । इलामको देउमाई नगरपालिकामा घरमा लुकाइ राखिएको बम विष्फोट हुँदा एकजना घाइते भएका छन् । देउमाई नगरपालिका–४, डाँडागाउँका २५ वर्षे मौसम श्रेष्ठ आफ्नै घरमा राखिएको बम अनौठो मान्दै हातले समात्दा घाइते भएका हुन् । बमले श्रेष्ठका दुवै हातका सबै औंलामा चोट पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिएन्डसी […]

स्कोरपिओको ठक्करबाट तीन जनाको ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on स्कोरपिओको ठक्करबाट तीन जनाको ज्यान गयो.

मोरङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका वडा नं.७ मा स्कोरपिओ गाडीको ठक्करबाट तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतिर आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओको ठक्करबाट तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरी मोरङका डीएसपी दिलिप गिरीले बताए। गिरीकाअनुसार स्कोरपिओले सोही दिशामा हिँडिरहेकी पैदल यात्री महिलालाई ठक्कर दिएको थियो। ठक्करबाट महिलाको […]

९० लाख बराबरको बुद्धचित्त लुटियो, लुटेरा फरार

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on ९० लाख बराबरको बुद्धचित्त लुटियो, लुटेरा फरार.

काभ्रे । बिहीबार मध्यराती हतियारसहित आएको समूहले रोशी गाउँपालिका–३ सिपालीमा ९० लाख बराबरको बुद्धचित्तको दाना लुटेको छ । करिब तीनदर्जनको हाराहारीमा लुटपाट गर्न आएको समूहले वीरबहादुर तामाङको बारीमा रहेको रुखको ९० लाखको बुद्धचित्तको दाना लुटेको प्रहरीले जनाएको छ । बुद्धचित्तको रुखको सुरक्षाका लागि राति कुरेर बसेका ५ जनालाई लुटेरा समूहले आक्रमण गरेर घाइते बनाएको जिल्ला […]

लिभरपुल इंग्लीश प्रिमियर लिगको च्याम्पियन

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on लिभरपुल इंग्लीश प्रिमियर लिगको च्याम्पियन.

एजेन्सी । लिभरपुलले यस वर्षको इङ्गलिस प्रिमियर लिगको उपाधि जितेको छ । बिहीबार लिभरपुलको कसैसँग प्रतिस्पर्धा थिएन । तर चेल्सीसँग म्यानचेस्टर सिटी २-१ ले हारेपछि उपाधि लिभरपुलको पोल्टामा परेको हो । च्याम्पियनसिपमा कब्जा जमाउन बिहीबार लिभरपुललाई केबल एक जित आवश्यक थियो । तर म्यानचेस्टर सिटी हारेपछि लिभरपुलको अग्रतामा कसैबाट खतरा भएन । लिभरपुलले १९ औं […]

असार २२ र २३ गते भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on असार २२ र २३ गते भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै.

झापा । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रम आगामी २२ र २३ असारमा सञ्चालन गरिने भएको छ । गत ६ र ७ वैशाखमा सञ्चालन हुनुपर्ने कार्यक्रम बन्दाबन्दीको कारण सचिवस्तरीय निर्णयबाट स्थगित भएको थियो । दोस्रो चरणको कार्यक्रममा ६ महिनादेखि ५९ महिनासम्मका २७ लाख तीन हजार पाँच सय २२ बालबालिकालाई भिटमिन ‘ए’ खुवाउने लक्ष्य राखिएको […]

विभिन्न मुलुकबाट १२ सय नेपाली आउँदै

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विभिन्न मुलुकबाट १२ सय नेपाली आउँदै.

काठमाडौं । विदेशमा अलपत्र नेपाली नागरिकको उद्दार गर्ने क्रममा शुक्रबार एक हजार दुई सय नेपाली काठमाडौं आउँदैछन् । बहराइन, युएई, कुवेत र मलेसियामा समस्यामा परेका नेपाली आउन लागेका हुन् । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का एक अधिकृतका अनुसार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुई/दुई वटा उडान हुँदैछन् । बहराइनको दुवै र मलेसियाको एउटा उडान नेपाल एयरलाइन्सको […]

चट्याङ् लागेर १०७ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on चट्याङ् लागेर १०७ जनाको मृत्यु.

एजेन्सी । भारतमा चट्याङका कारण १०७ को मृत्यु भएको छ । जसमध्ये बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशमा २४ को मृत्यु भएको छ । यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो समवेदना प्रकट गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘बिहार र उत्तर प्रदेशका केहि जिल्लामा भारी वर्षा र चट्याङका कारण मानिसहरुको निधन भएको […]