Sajhamanch Archive

कोरोनासँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्णः प्रधानमन्त्री ओली

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोरोनासँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्णः प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका वेला औषधीय गुणयुक्त आहर, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्त महत्वपूर्ण भएको बताएका छन् । ती कुराका लागि योग शास्त्रले ज्ञान दिँदै आएको प्रधानमन्त्री ओलीको भनाइ छ । छैठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले भनेका छन्, ‘आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक औषधीय वस्तुको […]

साउदी अरबले राष्ट्रव्यापी कर्फ्यू हटाउँदै

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on साउदी अरबले राष्ट्रव्यापी कर्फ्यू हटाउँदै.

एजेन्सी । साउदी अरबले आइतबारदेखि राष्ट्रव्यापी कर्फ्यू हटाउने घोषणा गरेको छ । कर्फ्यू हटेपनि अझै पनि थुप्रै प्रतिबन्ध भने लागू गरिने बताइएको छ । प्रशासनका अनुसार हालका लागि आर्थिक र व्यावसायिक गतिविधि सुरु हुने तर अन्तरराष्ट्रिय यात्रा र धार्मिक यात्रामाथि लागेको प्रतिबन्ध भने जारी रहनेछ । साउदी अरबले अहिलेसम्म जुलाईमा सुरु हुने हज यात्राका लागि […]

दुई लाख शिक्षक तलबबाट वञ्चित

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on दुई लाख शिक्षक तलबबाट वञ्चित.

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन् । बन्दाबन्दीको अवस्थामा निजी क्षेत्रका विद्यालयको विद्यार्थी शुल्कबाट प्राप्त हुने नियमित आम्दानीको स्रोत बन्द भएपछि संस्थागत विद्यालयका शिक्षकको अवस्था बेहाल भएको छ । निजी क्षेत्रका अधिकांश विद्यालयले अनलाइन लगायतका […]

आज सूर्यग्रहणः कालापानी क्षेत्रबाट ९८ प्रतिशत सूर्य ढाकिएको ग्रहण देखिने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज सूर्यग्रहणः कालापानी क्षेत्रबाट ९८ प्रतिशत सूर्य ढाकिएको ग्रहण देखिने.

काठमाडौं । आज सूर्यग्रहण देखिँदै छ । यो ग्रहण वास्तवमा वलय (सूर्य केवल बालाको आकारमा मात्रै देखिने)  सूर्यग्रहण भए तापनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्‍न सकिने वाल्मीकि क्याम्पस ज्योतिष विभागका सहप्राध्यापक जयन्त आचार्यले बताएका छन् । उनका अनुसार अबको करिब ४४ वर्षपछि मात्रै नेपालबाट वलय सूर्यग्रहण देखिनेछ । कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, […]

नागरिकताबारे छलफल गर्न काँग्रेसले बोलायो पदाधिकारी बैठक

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नागरिकताबारे छलफल गर्न काँग्रेसले बोलायो पदाधिकारी बैठक.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ । शनिबार साँझ शीर्ष नेताबीच भएको छलफलपछि पार्टी सभापति शेरबहादु देउवाले भोलि (आइतबार) विहान ९ बजेका लागि पदाधिकारी बैठक बोलाएको हुन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने निर्णय लिएपछि […]

स्वास्थ्य मन्त्रालयको विश्लेषण : भदौमा ३९ हजार पुग्नसक्छन् कोरोना संक्रमित

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्य मन्त्रालयको विश्लेषण : भदौमा ३९ हजार पुग्नसक्छन् कोरोना संक्रमित.

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) ले महामारीको रुप लिए आगामी भदौ पहिलो सातासम्म ३९ हजार संक्रमित हुनसक्ने आंकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । साउन अन्तिम सातादेखि भदौको पहिलो साता कोरोना संक्रमिण उच्च विन्दुमा पुग्नसक्ने सरकारको विश्लेषण छ । त्यसबेला नेपालमा ३९ हजार संक्रमित हुनसक्ने विश्लेषण गरेर स्वास्थ्य सामाग्री र अस्पतालहरुको व्यवस्थापन गर्न […]

कोरोना नियन्त्रणमा भ्रष्टाचार गरेको आरोपमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री पक्राउ

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कोरोना नियन्त्रणमा भ्रष्टाचार गरेको आरोपमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री पक्राउ.

एजेन्सी । कोरोना भाइरस नियन्त्रणका सामग्री किन्दा भष्टाचार गरेको आरोपमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री पक्राउ परेका छन् । कोरोना रोकथाम र नियन्त्रणको लागि बन्दोबस्ती र मेडिकल सामग्रीमा भ्रष्टाचार गरेको अभियोगमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री ओबादी मोयो गएराति पक्राउ परेका हुन् । जिम्बाब्वेको भ्रष्टाचार नियन्त्रण आयोगले उनलाई पक्राउ गरेको हो । मन्त्री मोयोलाई पक्राउ गरिएको र अदालतमा उपस्थित […]

मेची भन्सारलाई २ अर्बभन्दा बढी राजस्व घाटा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on मेची भन्सारलाई २ अर्बभन्दा बढी राजस्व घाटा.

झापा । लकडाउनका कारण मेची भन्सार कार्यालयलाई २ अर्बभन्दा बढी राजस्व नोक्सान भएको छ। लकडाउनमा भन्सार कार्यालयले करिब १ अर्ब राजस्व संकलन गरेको छ। चैत महिनामा ४७ करोड, वैशाखमा ७ करोड र जेठ महिनामा ४४ करोड राजस्व संकलन गरेको मेची भन्सार कार्यालयले जनाएको छ। चैतदेखि जेठसम्म मेची भन्सार कार्यालयले ३ अर्ब २४ करोड ४७ लाख […]

७ बर्षपछि अंगीकृत नागरिकता दिने नेकपा निर्णयको बिरोध

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on ७ बर्षपछि अंगीकृत नागरिकता दिने नेकपा निर्णयको बिरोध.

जनकपुरधाम । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको प्रदेश २ मा विरोध भएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा जनता समाजवादीका सांसदहरुले नेकपाको यो निर्णय महिला र मधेश बिरोधी भएको बताएका छन् । साथै नेकपाले नेपाल र भारतको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई उजाड्न […]

पहिरोले जिप पुर्दा चालकसहित दुई जनाको मृत्य, ४ जना घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on पहिरोले जिप पुर्दा चालकसहित दुई जनाको मृत्य, ४ जना घाइते.

गुल्मी । गुल्मीमा पहिरोले जिप पुर्दा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । शनिबार अपरान्हतिर धुर्कोट गाउँपालिका वडा नम्बर ३ हर्रापाटा भन्ने स्थानमा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिँदा चालक प्रदीप पुन र यात्रु तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए । […]