रौतहट । रौतहटको गरुडा नगरपालिका मलाही टोलकी एक महिलालाई गएराति घरबाटै अपहरणको प्रयास भएको छ । आफ्ना छोराछोरीसँग रहेकी महिलालाई गएराति ९ बजे चार जनाको समूहले अपहरण प्रयास गरेका हुन् । महिलाका श्रीमान कामको सिलसिलामा गौरमा रहेको मौका छोप्दै चार जनाको समुहले अपहरणको प्रयास गरेको थियो । “घरमा बसिरहेको बेला अचानक चार जना आएर मुख […]
काठमाडौँ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि दुई फरक प्रक्रियाबाट खरिद गरेका स्वास्थ्य सामग्रीको मूल्यमा ठूलो अन्तर पाइएको छ । सेनाले भित्र्याएका अधिकांश स्वास्थ्य सामग्री ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) ले ल्याएभन्दा सस्तो छ । तर यी दुवैले सरकारलाई उपलब्ध गराएका सामग्रीभन्दा बजार मूल्य निकै सस्तो छ । सुरुमा स्वास्थ्य मन्त्रालयकै समन्वयमा स्वास्थ्य […]
सुशान्त सिंहको मृत्युपछि बलिउडमा आरोप–प्रत्यारोप चलि नै रहेको छ । गत हप्ता अनुराग कश्यपका भाइ अभिनवले सलमान खान र उनका भाइलगायत पूरा परिवारले उनको करियर बर्बाद गरेको आरोप लगाएका थिए । अब अरबाज खान र सोहेले खानले उनलाई कानूनी उपचारमार्फत् जवाफ फर्काएका छन् । उनीहरुले अभिनव सिंह कश्यपविरुद्ध मानहानिको मुद्दा दर्ता गरेका छन् । बलिउड […]
विराटनगर । प्रदेश १ बाट थप १० जनाले कोरोना जितेका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ४ महिलासहित १० जनाले कोरोना जितेर शुक्रबार डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा खोटाङ र सुनसरीका ३–३ जना तथा उदयपुर र मोरङका २–२ जना छन् । डिस्चार्ज भएकाहरु २१ देखि ४० वर्ष उमेर समूहका छन् । […]
काठमाडौँ । पीडितको भनाइलाई सर्वमान्य प्रमाणले खण्डन नगरेसम्म बलात्कार मुद्दामा वारदातको प्रमाण र स्वयं पीडितको बयानलाई प्रमुख आधार मान्नुपर्ने व्याख्या सर्वोच्च अदालतले गरेको छ । जबर्जस्ती करणीसम्बन्धी एक मुद्दामा सर्वोच्चले यस्तो व्याख्या गरेको हो । बैतडीमा भएको बलात्कारसम्बन्धी मुद्दामा अदालतले प्रतिवादी सागर भट्ट र अमरराज अवस्थीलाई जनही ११ वर्ष ६ महिना कैद हुने गरी सजाय […]
विराटनगर । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले संसदमा दर्ता गराएको आर्थिक विधेयक पारित भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयनका लागि ल्याएको विधयेक शुक्रबारको बैठकले पारित गरेको हो । विधयेकमाथि सांसदहरूले तीन दिनसम्म छलफल गरेका थिए । शुक्रबारको छलफलमा सांसद मोहन खड्काले संशोधन नै नहुने विधयेकमाथि छलफल गर्नुुको कुनै औचित्य […]
इलाम । इलाममा देवर र भाउजूसँगै झुन्डिएर आत्महत्या गरेका छन् । माङसेबुङ गाउँपालिका- ६ स्थित मावाटोल बस्ने २७ वर्षीय विशाल राई र उनकै भाउजू २६ बर्षीया गीता राई झुन्डिएर आत्महत्या गरेको इलाम प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार बिहान घरमा कसैलाई केही नभनी हिँडेका देवर र भाउजू बेलुका सम्म घर नफर्किएपछि आफन्तले प्रहरीलाई जानकारी […]
काठमाडौं । नागरिकता विधेयकबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाउन ५ दिनको समय लिएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए । दुबै […]
एजेन्सी । ब्राजिलियन फुटबल स्टार नेमारले आफ्नो पूर्व क्लब बार्सिलोनालाई ६.७ मिलियन यूरो फिर्ता गर्नुपर्ने भएको छ । ४३.६ मिलियन बोनसबारे चलिरहेको कानुनी लडाईँमा फैसला बार्सिलोनाको पक्षमा गएपछि नेमारले उक्त बोनस रकम फिर्ता गर्नुपर्ने भएको हो । नेमारले यसअघि ४३.६ मिलियन युरो बोनस दावी गर्दै आएका थिए । तर सोसल कोर्ट- १५ ले नेमारको दाबी […]
बिर्तामोड । होटल व्यवसायी संघ झापाले कोरोना भाइरसको त्रासका कारण होटल व्यवसाय कमजोर र धरासायी भएको जनाएको छ । संघले लकडाउन अवधिभरको घर भाडा छुट दिने व्यवस्था मिलाई दिन झापाका स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ । ‘लकडाउन अवधिको भाडा पूर्ण छुट हुनु पर्ने र छ महिनासम्म ५० प्रतिशत भाडा मात्रै तिर्ने व्यवस्था मिलाइदिन स्थानीय सरकारलाई […]