Sajhamanch Archive

अस्पतालमा उपचाररत एक जनामा कोरोना पुष्टि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on अस्पतालमा उपचाररत एक जनामा कोरोना पुष्टि.

पोखरा । मणिपाल शिक्षण अस्पताल अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सवारी दुर्घटनाबाट घाइते भएपछि एक साता अघि अस्पताल भर्ना भएका उनमा शुक्रबार कोरोना पोजेटिभ देखिएको हो । संक्तमित व्यक्ति कुश्मा–३ का हुन् । कुनै ट्राभल हिस्ट्री नभएको र दुर्घटना लगत्तै ती व्यक्ति उपचारका लागि पोखरा आएको कुश्मा नगरपालिका प्रमुख […]

ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ मृत अवस्थामा फेला

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ मृत अवस्थामा फेला.

काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक जना सुरक्षाकर्मी मृत भेटिएका छन् । अस्पतालमा ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन् । उनको छातीमा गोली लागेको प्रहरी स्रोतले बताएको छ । महानगरीय प्रहरी वृत्त, स्वयम्भुका डीएसपी निरञ्जन भट्टले भने, ‘मध्यरातिको घटना हो, एसएलआरबाट आफैंले गोली चलाए जस्तो देखिएको छ […]

कुवेतबाट थप १५० जना नेपाली आज आउँदै

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कुवेतबाट थप १५० जना नेपाली आज आउँदै.

काठमाडौं । कुवेतमा अलपत्र परेका नेपालीमध्ये थप १५० जना आज काठमाडौं आउँदैछन् । बिहीबार ५ सय ३१ जना महिलालाई काठमाडौं ल्याएको सरकारले प्राथमिकताका आधारमा शुक्रबार पुनः १५० जनालाई ल्याउन लागेको हो । विदेशबाट आउने नागरिकको व्यवस्थापनमा नेपाली सेना खटिइरहेको छ । एक सैनिक अधिकृतले  भने, ‘कुवेतबाट नेपाली लिएर विमान उडिसकेको छ, उहाँहरु ११ बजे त्रिभुवन […]

कोरोनाको अवस्थाबारे बुझ्न मन्त्रीसहितको टोली सुदूरपश्चिममा

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कोरोनाको अवस्थाबारे बुझ्न मन्त्रीसहितको टोली सुदूरपश्चिममा.

कैलाली । सुदूरपश्चिममा कोरोना परीक्षण र उपचार प्रभावकारी बनाउन भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सुदूरपश्चिम आएका छन् । मन्त्री भट्टको नेतृत्वमा उद्योग सचिव चन्द्र कुमार घिमिरे, राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, लघु, घरेलु तथा साना उद्यमीहरूको प्रवर्द्धनमा सहकार्य गर्दै आएको युएनडिपीका प्रतिनिधिहरू सहितको एक उच्चस्तरीय टोली बिहीबार कैलालीको धनगढी आइपुगेको हो । […]

उच्च मागको बेलामा बन्द भयो आईफ्लिक्स

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on उच्च मागको बेलामा बन्द भयो आईफ्लिक्स.

कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउनको घोषणा गरेपछि नेपालका सिनेमा हलहरु बन्द छन् । यो अवस्था अझै कहिलेसम्म रहने हो अन्योलको स्थिति छ । सरकारले तीन चरणमा लकडाउन खोल्ने योजना बनाए पनि फिल्म क्षेत्रले कोरोनाको असर झण्डै एक वर्षसम्म बेहोर्नु पर्ने देखिन्छ । किनकि, तत्काल दर्शक हलमा फिल्म हेर्न आउने स्थिति छैन । लकडाउन […]

‘हाम्रा कुटनीतिक सम्बन्धहरु हाम्रा छिमेकीहरुसँग समदूरीको नै रहन्छ”

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘हाम्रा कुटनीतिक सम्बन्धहरु हाम्रा छिमेकीहरुसँग समदूरीको नै रहन्छ”.

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले नेपालको कुटनीतिक सम्बन्धहरु छिमेकी मुलुकहरुसँग समदूरीको नै रहने बताएकी छन् । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका काम कारवाही र हालसालै नेपाल सरकारले जारी गरेको नेपालको नक्सा सम्बन्धमा आयोजना गरेको बैठकमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताइन् […]

आइसोलेसनबाट फरार संक्रमित अझै फेला परेनन्

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आइसोलेसनबाट फरार संक्रमित अझै फेला परेनन्.

बाँके । बाँकेको जानकी गाउँपालिकामा रहेको आइसोलेसनबाट फरार भएका संक्रमित अझै फेला परेका छैनन् । जानकी गाउँपालिका वडा नम्बर १ स्थित श्री माध्यामिक बिद्यालय जोगागाउँको आइसोलेसनमा बसिरहेका ३५ बर्षिय पुरुष सोमबार राती फरार भएका थिए । फरार ब्यक्ति अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता सुवास […]

डुङ्गा दुर्घटनामा मृत्यु हुने आप्रवासीको सङ्ख्या ४८ पुग्यो

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on डुङ्गा दुर्घटनामा मृत्यु हुने आप्रवासीको सङ्ख्या ४८ पुग्यो.

एजेन्सी । आप्रवासी शरणार्थी बोकेर इटालीतर्फ गइरहेको एउटा डुङ्गा ट्यूनिसियामा दुर्घटना हुँदा कम्तीमा ४८ जनाको मृत्यु भएको ट्युनिसियाको रक्षा मन्त्रालयले बिहीबार जानकारी गराएको छ । मृत्यु हुनेमा अधिकांश महिलाहरू रहेका बताइएको छ । दुर्घटना गत मङ्गलबार भएको थियो । ट्युनिसियाको बन्दर्गाह शहर स्फाकमा भएको दुर्घटनाबारे स्थानीय माझीहरूले सुरक्षाकर्मीलाई जानकारी गराएका थिए । बिहीबारको खोजीमा थप […]

एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घाइते.

बैतडी । जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डको विन्द्रावनमा बिहीबार राति एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। घाइते हुनेहरुमा पुर्चौडी नगरपालिका वडा नं.५ का ५५ वर्षीय दिलबहादुर कुँवर, उनकी ४५ वर्षीया श्रीमती बेलमती र २० वर्षीय छोरा रोहित रहेका छन्। घाइतेमध्ये दिलबहादुर र बेलमतीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक […]

‘प्रेमिकाको नग्न तस्बिर पठाएर २ दर्जन पुरुषसँग पैसा उठाएँ’

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on ‘प्रेमिकाको नग्न तस्बिर पठाएर २ दर्जन पुरुषसँग पैसा उठाएँ’.

काठमाडौँ बसेर अध्ययन गर्दै आएकी इलामकी २१ वर्षीया रोजिना (नाम परिवर्तन) यतिबेला गाउँमै छिन् । लकडाउनको कारण रोजिनाको आफ्नो प्रेमीसँग भेट हुन सम्भव छैन । रोजिनाको प्रेमी चाहिँ काठमाडौँमै बस्छन् । काठमाडौँमा रहँदा उनी र उनका प्रेमी प्रायः डेटिङ जान्थे । एकान्तमा बसेर भावना साटासाट गर्दा उनलाई पनि रमाइलै लाग्थ्यो । एक दिन उनका प्रेमीले […]