विराटनगर । लकडाउनमा होटल सञ्चालनमा अवरोध नगर्ने सर्तमा घुस माग्ने प्रहरी कनिष्ठ अधिकृत रंगेहात पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङको सीआरभी कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सीताराम घिमिरे चार हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको टोलीले बिहीबार कटहरी गाउँपालिका वडा […]
विराटनगर । बिहीबार प्रदेश १ मा आठ जना संक्रमित थपिए भने ३० जना डिस्चार्ज भएका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका ३० जना कोरोना भाइरस संक्रमण निको भएर घर फर्किएका छन् । १८ देखि ४५ वर्ष उमेर समुहका ३० जना डिस्चार्ज भएको प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । […]
इटहरी । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई आक्रान्त बनाएको छ। बढ्दो संक्रमणले महामारी नियन्त्रणमा आउने टुंगो अझै देखिदैन । महामारीको संक्रमण मत्थर हुन समय लम्बिएसँगै सवै क्षेत्रमा असर बढ्दो छ । यस्तो विषम परिस्थितीका बेला सरकारले राहत उपलब्ध नगराए सार्वजनिक यातायात केन्द्रीय महासंघ प्रदेश नंं. १ ले साउन १ गतेदेखि […]
एजेन्सी । भारतको असम राज्यमा रहेको तीन सुकिया जिल्लाको बागजनमा आगो फैलिँदै गएपछि सो क्षेत्रलाई भारतीय सेनाले घेरा हालेको छ । सो क्षेत्रमा भारतीय आयल इन्डिया लिमिटेडको खानी रहेको छ । आगलागी अन्यत्र फैलिनबाट रोक्ने उद्देश्यले भारतीय सेना परिचालन गरिएको हो । तीन सुकिया जिल्लाको बागजनमा केही दिनदेखि आगो फैलिएको छ । त्यस आगलागीमा परी […]
काठमाडौं । विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता एक महिनामा प्रकाशन हुने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण परीक्षा सञ्चालन गर्न नसकिने भएपछि सरकारले विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले एक महिनाभित्रमा सबै काम सम्पन्न गरी नतिजा प्रकाशन गरिने बताए […]
रुपन्देही । रुपन्देहीमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका वडा नं.६ खजुरीयाका ४० वर्षीय रामदेव यादव रहेका छन् । खेत जोत्ने क्रममा लु ४ त ४६७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । घाइते यादवलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा […]
बालबचच्चाहरू आमाबुबाको सिको गर्दै घरको काम गर्न खोज्छन् । जस्तो कुचो लगाउँछन्, जुठो भाँडा माझ्छन्, लुगाफाटो धुन्छन्, तरकारी काट्छन् । उनीहरूले यी सबै काम रहरमा गरेका हुन्छन् । त्यसैले पूर्णताका साथ वा कुशलतापूर्वक घरायसी काम गर्न सक्दैनन् वा जान्दैनन् । त्यही कारण कतिपय अभिभावकले उनीहरूलाई यस्तो काम गर्न छुट दिँदैनन् । जबकि घरायसी कामले बालबच्चालाई […]
काठमाडौं । सर्वोच्च अदालतले कर तिर्न भन्दै सरकारले करदातालाई दिएको असार १५ गतेसम्मको म्याद सूचना कार्यान्वयन नगर्न र यो म्याद लकडाउन खुलेपछिसम्मलाई सार्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता सिर्जना अधिकारीसहितले दायर गरेको रिटमा सुनुवाई गर्दै बुधबार सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हा र मनोजकुमार शर्माको इजलासले यस्तो आदेश गरेको हो। ‘आन्तरिक राजश्व विभागबाट २०७७ असार ७ […]
काठमाडौं । गृह मन्त्रालयले लकडाउनको समयमा प्रदर्शन गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय सरकारविरुद्धको आन्दोलनमा धेरैको सहभागिता बढ्न थालेपछि गृहले यस्तो चेतावनी दिएको हो । बिहीबारमात्र पनि बालुवाटारमा दुई हजारभन्दा बढी मानिस जम्मा भएर प्रदर्शन गरेका थिए । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट आह्वान गर्ने, जुलस तथा शान्तिपूर्ण धर्नाका […]
एजेन्सी । शल्यक्रियाका बेला धेरै मानिसहरु बेहोस हुन्छन् । तर एक महिलाले आफ्नो दिमागको शल्यक्रियाका क्रममा पारम्परिक इटालियन ओलिभ पकौडा बनाएकी छिन् । ११ जना स्वास्थ्यकर्मीको संलग्नतामा साढे दुई घण्टा चलेको शल्यक्रियामा महिलाले ९० वटा पकौडा बनाइन् । इटीलीमा यी पकौडालाई एपरिटिफ्स भनिन्छ । इटलीको एंकोनामा ६० वर्षकी एक महिलालाई मस्तिष्कसम्बन्धि रोग लागेको थियो । […]