Sajhamanch Archive

कोरोना ‘पोजेटिभ’लाई नै डिस्चार्ज

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना ‘पोजेटिभ’लाई नै डिस्चार्ज.

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालबाट पोजेटिभ बिरामीलाई नै डिस्चार्ज गरिएको छ। १४ दिन आइसोलेसनमा बस्दा समेत कुनै लक्षण नदेखिएको भन्दै अस्पतालले डिस्चार्ज गरेको हो। बुटवलस्थित धागो कारखानाको कोरोना विशेष अस्पतालमा रहेका २७ जनालाई शुक्रबार डिस्चार्ज गरिएको हो। जेठ २० गते जारी गरिएको निर्देशिका अनुरुप नेगेटिभ रिपोर्ट नआए पनि उनीहरुलाई डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका […]

चक्रवातको प्रभाव, हिमपातको सम्भावना

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चक्रवातको प्रभाव, हिमपातको सम्भावना.

नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा निसर्ग चक्रवात कमजोर हुँदै न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ, जसबाट शुक्रबार देशभर मौसम प्रभावित भयो ।चक्रवातको प्रभाव शनिबार पनि रहने मौसमविद्हरूले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको महाराष्ट्र राज्यको तटीय क्षेत्रको जमिनमा प्रवेश गरेको न्यून चापीय क्षेत्र निसर्ग चक्रवात कमजोर हुँदै नेपालमा प्रवेश गरेको छ । […]

विश्व स्वास्थ्य संगठनले जारी गर्यो मास्क लगाउनेबारे नयाँ निर्देशिका

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on विश्व स्वास्थ्य संगठनले जारी गर्यो मास्क लगाउनेबारे नयाँ निर्देशिका.

एजेन्सी । विश्व स्वास्थ्य संगठनले मास्क लगाउनेबारे आफ्नो निर्देशिकामा ठूलो परिवर्तन ल्याएको छ । पछिल्लो केही महिनादेखि विश्व स्वास्थ्य संगठनका विशेषज्ञबीच मास्क लगाउँदा मानिसहरुले आफू कोरोनाभाइरसबाट सुरक्षित भएको ठान्ने हुन् कि जसका कारण स्वास्थ्यकर्मीका लागि मास्कजस्ता आवश्यक उपकरणमा कमी आउने हो कि भन्ने चिन्ता छाएको थियो । विश्व स्वास्थ्य संगठनका विशेषज्ञबीच यो तर्क अहिले पनि […]

सांसदको आक्रोश : सबै बजेट झापा, चितवन र मन्त्रीको क्षेत्रमा लानु, हामीलाई चाहिँदैन

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सांसदको आक्रोश : सबै बजेट झापा, चितवन र मन्त्रीको क्षेत्रमा लानु, हामीलाई चाहिँदैन.

काठमाडौं । सांसद देवप्रसाद तिमल्सेनाले अहिले सरकारले ल्याएको बजेट कुनै हिसाबले पनि समर्थन गर्न लायक नभएको बताएका छन्। संसदमा शुक्रबार सातवटा मन्त्रालयको विनियोजनमाथि छलफल गर्दै उनले अहिलेको बजेट झापा, चितवन र मन्त्रीहरुको निर्वाचन क्षेत्र केन्द्रित भएको भन्दै आपत्ति जनाएका हुन। ‘यो बजेट देखाउनको लागि हामीलाई किताब दिइएको हो कि। किताब उहाँहरुले पार्टी कार्यालयमा राखेर सरसर […]

सयभन्दा कम संक्रमण भएका जिल्लामा यसरी खुल्दैछ लकडाउन

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सयभन्दा कम संक्रमण भएका जिल्लामा यसरी खुल्दैछ लकडाउन.

काठमाडौं । सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने गरी व्यवसायलाई पाँच भागमा विभाजन गरिने भएको छ । उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर […]

गोरखापत्रका तत्कालीन महाप्रबन्धकसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on गोरखापत्रका तत्कालीन महाप्रबन्धकसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानले कागज खरिद गर्दा भन्सार छुटका लागि सिफारिस गरी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन महाप्रबन्धक सुशील कोइरालासहित चारजनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। तत्कालीन महाप्रबन्धक कोइरालाले भन्सार छुटको सम्पूर्ण दायित्व प्रिन्टसेल कम्पनीको हुने भन्‍ने सम्झौताविपरीत गोरखापत्र संस्थानकोतर्फबाट भन्सार छुटका लागि गलत सिफारिस गरी आपूर्तिदाता कम्पनीलाई केही रकम […]

रोनाल्डो बने विश्वकै पहिलो बिलेनियर फुटबलर

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on रोनाल्डो बने विश्वकै पहिलो बिलेनियर फुटबलर.

एजेन्सी । फुटबल दुनियाँमा चर्चित नाम हो, क्रिष्ट्रियानो रोनाल्डो । उनै रोनाल्डो एक बिलियनभन्दा बढी कमाइ गर्ने पहिलो फुटबलर बनेका छन् । विजनेस म्यागजिन फोब्र्सको सूचीमा ३५ वर्षीय रोनाल्डो २०२० मा सर्वाधिक आम्दानी गर्ने सेलिब्रेटीमध्ये चौथो नम्बरमा छन् । उनीभन्दा अगाडि अमेरिकी मोडल तथा विजनेस पर्सन्यालिटी केली जेन्नर, अमेरिकी ¥यापर कान्य वेस्ट र स्विस टेनिस […]

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on ट्याक्टर दुर्घटनामा एकको मृत्यु.

उदयपुर । उदयपुरमा शुक्रबार ट्याक्टर दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । बेलका नगरपालिका ८ भिमफेदीबाट सेतिखोलातर्फ जाँदै गरेको को २ त ९१५२ नं. को ट्याक्टर सेतिखोला पुलछेउमा दुर्घटना हुँदा बेलका ८ का ३१ वर्षीय इन्द्रबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । आफै अनियन्त्रित भई दुर्घटनामा परेको ट्याक्टरमा सवार राईको घट्नास्थलमै मृत्यु भएको इलाका […]

भोलि पित्तथैलीको अपरेशन थियो, आज कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on भोलि पित्तथैलीको अपरेशन थियो, आज कोरोना संक्रमण पुष्टि.

काठमाडौं । काभ्रेको पनौती नगरपालिका–८ मा शुक्रबार एक जना ३९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणका क्रममा उनीमा संक्रमण पुष्टि भएको हो । पित्तथैलीमा पत्थरी देखिएपछि भोलि (शनिबार) उनको अपरेशन गर्ने तयारी अस्पतालले गरेको थियो । अस्पतालले पित्तथैलीको अपरेशन गर्नुअघि पीसीआर परीक्षणका लागि बुधबार स्वाब संकलन गरेको थियो । […]

बच्चा रोयो ? फकाउनु पर्दैन

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on बच्चा रोयो ? फकाउनु पर्दैन.

जब बच्चा रुन थाल्छ, आमाबुबालाई पो पिरलो । कसरी फकाउने ? मोबाइल खेलाउन दिने कि, चाउचाउ खान दिने कि, बोकेर घुमाउने कि, कथा सुनाउने ? जबसम्म बच्चा शान्त हुँदैनन्, आमाबुबाले अनेक गर्नुपर्छ । जबकि बालबच्चालाई रुनका लागि ठूलो निहुँ चाहिँदैन । स-साना कुरामा पनि उनीहरू बेपत्तासँग रोइदिन्छन् । भोक लाग्यो रुन्छन् । खेल्नेकुरा पाएनन् रुन्छन् […]