Sajhamanch Archive

सरकारले पेट्रोलियमबाट वार्षिक थप २० अर्ब कर उठाउने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारले पेट्रोलियमबाट वार्षिक थप २० अर्ब कर उठाउने.

काठमाडौं । कोरोनाका कारण आम्दानीका स्रोतहरु खुम्चिएपछि सरकारले पेट्रोलियम पदार्थमा करको दर बढाएको छ । अर्थमन्त्री डा।युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमार्फत पेट्रोल, डिजेल र मटितेलमा लाग्दै आएको भन्सार शुल्कमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेका छन् । यो वृद्धिपछि शुक्रबारदेखि नेपाल भित्रिने पेट्रोलमा २५.२० रुपैयाँ, डिजेल र मटितेलमा १२ रुपैयाँ प्रतिलिटर भन्सार शुल्क […]

बजेटमा एमसीसी परेपछि नेकपामा विवाद, फिर्ता लिन दबाव

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बजेटमा एमसीसी परेपछि नेकपामा विवाद, फिर्ता लिन दबाव.

काठमाडौं । अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) को कार्यक्रमलाई बजेटमा राखेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद सुरु भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा घुसाएकोमा आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड शुक्रबार साँझ बालुवाटार पुगेका थिए […]

डेढ महिनासम्म तयारीमा ध्यान नदिएको गाउँपालिका मान्छे आउन थालेपछि अत्तालियो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on डेढ महिनासम्म तयारीमा ध्यान नदिएको गाउँपालिका मान्छे आउन थालेपछि अत्तालियो.

झापा । झापाको दक्षिणी क्षेत्रको कचनकवल गाउँपालिकाले कोरोना महामारी रोकथामका लागि एउटा क्वारेन्टिन स्थल निर्माण गरेको थियो । गाउँपालिकाले क्वारेन्टिनमा २०–२५ जना बस्न सक्ने अनुमान गरेको थियो । वैशाख दोस्रो सातासम्म अवस्था सामान्य थियो । तर भारतमा रेलसेवा सुरु भएसँगै नेपाल फर्कनेको संख्या बढ्यो । डेढ महिनासम्म तयारीमा ध्यान नदिएको गाउँपालिका मान्छे आउन थालेपछि अत्तालियो […]

काेराेना सङ्क्रमणकाे ‘अर्काे झट्का’काे लागि तयार रहाैँ : विश्व स्वास्थ्य सङ्गठन

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on काेराेना सङ्क्रमणकाे ‘अर्काे झट्का’काे लागि तयार रहाैँ : विश्व स्वास्थ्य सङ्गठन.

एजेन्सी । कोरोना सङ्क्रमणको बढ्दो महामारीलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) का वरिष्ठ अधिकारी डाक्टर डेभिड नबारोले भने, ‘हामी कोरोना भाइरस सङ्क्रमणको अर्को झट्काको लागि तयार रहनुपर्छ । लकडाउन खुकुलो हुँदै जाँदा कोरोना सङ्क्रमण बढ्दै झन् तीव्र गतिमा बढ्दै जान सक्छ, जसको लागि हामी तयार रहनुपर्छ ।’ ल्याटिन अमेरिकी देश ब्राजिलमा एकैदिन २६ हजारभन्दा धेरैमा […]

बजेटमा कांग्रेसको टिप्पणी : आम्दानी अठन्नी खर्च रुपैयाँ जस्तै भयो

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बजेटमा कांग्रेसको टिप्पणी : आम्दानी अठन्नी खर्च रुपैयाँ जस्तै भयो.

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले जनताको हित विपरित बजेट आएको भन्दै स्वीकार्य नहुने बताएको छ । सरकारले बिहीबार १४ खर्ब ७४ अर्ब १६ करोडको बजेट पेश गरेपछि कांग्रेसले पार्टी निकट अर्थशास्त्रीहरुलाई बोलाएर सांसदहरुसँग छलफल गरेको थियो । पूर्व अर्थमन्त्री डा. रामशरण महत, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. जगदिशचन्द्र पोखरेल, डा. गोविन्द राज पोखरेल […]

कोरोना परीक्षणको क्रममा बौद्धमा झडप

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on कोरोना परीक्षणको क्रममा बौद्धमा झडप.

काठमाडौँ । उपत्यकाको बौद्धस्थित सिमलटारमा कोरोना परीक्षणका क्रममा झडप भएको छ । पीसीआर टेष्ट गर्ने कीट कम हुँदा विवाद भएको र झडप भएको प्रहरीले जनाएको छ । प्रतिनिधिसभा सदस्य (सांसद) छक्कबहादुर लामा सो क्षेत्रमा रहेका हुम्लाका स्थानीयबासीको परीक्षणका लागि पाँच सय पीसीआर कीटसहित पुगेका थिए । पीसीआर टेष्ट गर्न कीट नपुग्ने भएपछि कसको परीक्षण गराउने […]

पर्याप्त र गहिरो निद्राका लागि

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on पर्याप्त र गहिरो निद्राका लागि.

किन मान्छेको निद्रा विथोलिदैछ ? यसमा खराब जीवनशैली मूख्य कारण बनेको छ । केही समयअघि निद्राकै सम्बन्धमा एक सर्वेक्षण भएको थियो, जसअनुसार खासगरी यी पाँच कारणले निद्रा विथोलिने देखिन्छ । चिन्ता, तनाव (५४ प्रतिशत), पर्यावरण (४० प्रतिशत), कार्य वा विद्यालयको शेड्युल (३७ प्रतिशत), मनोरञ्जन (३६ प्रतिशत) र स्वास्थ्य कारण (३२ प्रतिशत) छ । निद्रा एक […]

चट्याङले लागेर दुई जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on चट्याङले लागेर दुई जनाको मृत्यु.

रोल्पा । रोल्पामा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ। रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी २१ वर्षीया आशा बुढा र ७५ वर्षीया खिरमाली बाँठाको मृत्यु भएको रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए। घरमै बसेको समयमा बिहान सवा ११ बजेतिर चट्याङले हानेपछि उनीहरू दुबै अचेत भएका थिए। डिएसपी गुरुङका अनुसार अचेत अवस्थाका दुबै […]

दुई फड्को मार्न दुई पाइला पछि हट्नुपर्छ : अर्थमन्त्री खतिवडा

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on दुई फड्को मार्न दुई पाइला पछि हट्नुपर्छ : अर्थमन्त्री खतिवडा.

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यमान परिस्थितिलाई ध्यानमा राखेर नै बजेटको आकार घटाइएको बताएका छन् । बजेटबारे जानकारी दिन आयोजित भर्चुअल पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले अहिले जनताको जीवनरक्षा नै प्राथमिक विषय रहेकको भन्दै यो बजेटले आगामी वर्षका लागि शक्ति सञ्चयको काम गर्ने बताए । ‘दुई फड्को अघि मार्न दुई पाइला पछि हट्नुपर्छ,’ अर्थमन्त्री […]

मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो.

काठमाडौँ । बिहीबार राति नयाँ बसपार्कस्थित बिजी मल अगाडि विपरित दिशाबाट आउँदै गरेको मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी उमेश लम्सालकाअनुसार ट्रकको ठक्करबाट मृत्यु हुनेमा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढा रहेका छन् । ठक्करपछि गम्भीर घाइते भएका एकको त्रिवि […]