Sajhamanch Archive

बढी मूल्य लिने पसललाई दुई लाख रूपैयाँ जरिमाना

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on बढी मूल्य लिने पसललाई दुई लाख रूपैयाँ जरिमाना.

नेपालगञ्ज । बढी मुनाफा लिएर धानको बीउ बिक्री गरेपछि नेपालगञ्जको एक एग्रोभेट पसललाई दुई लाख रूपैयाँ जरिमानासहित कारवाही गरिएको छ। संयुक्त बजार अनुगमन समितिले आज गरेको बजार अनुगमनमा स्थानीय खजुरारोडस्थित मुनाल एग्रोभेट पसलले प्रतिकिलो दुई सय रूपैयाँ पर्ने ‘मुकाबला—२३ सुखी’ नामको धानको बीउलाई तीन सय रूपैयाँभन्दा बढीमा बिक्री गरेको पाइएपछि कारवाही गरिएको हो। बन्दाबन्दी समयमा […]

विश्व स्वास्थ्य संगठनको चेतावनीः कोरोना नियन्त्रणमा आएका मुलुकमा दोस्रो लहर आउनसक्छ

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्व स्वास्थ्य संगठनको चेतावनीः कोरोना नियन्त्रणमा आएका मुलुकमा दोस्रो लहर आउनसक्छ.

एजेन्सी । विश्व स्वास्थ संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमण नियन्त्रण भएका मुलुकहरुमा संक्रमणको दोस्रो लहर फैलिन सक्ने चेतावनी दिएको छ। ती देशहरुले संक्रमण नियन्त्रण भयो भन्दै लगाइएका प्रतिबन्धहरु हटाउन हतार गरे महामारीको दोश्रो लहर आउने चेतावनी डब्लुएचओले दिएको हो। ‘विश्व अझै पनि कोरोना भाइरसको प्रकोपको पहिलो लहर बीचमा छ,’ डब्ल्युएचओका आपतकालिन प्रमुख डाक्टर माइक रायनले […]

जोगबनी नाका हुँदै विराटनगर भित्रिए ३०४ नेपाली

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on जोगबनी नाका हुँदै विराटनगर भित्रिए ३०४ नेपाली.

काठमाडौं । मोरङको विराटनगरमा भारतको जोगबनी नाका हुँदै ३ सय ४ जना नेपालीहरु भित्रिएका छन् । उनीहरुलाई गएराति उद्धार गरिएको मोरङ प्रहरीले जनाएको छ । भारतबाट आएकाहरुलाई विराटनगर–१३ स्थित डीएभी स्कुलको होल्डिङ स्टेसनमा राखिएको छ । ३०४ जनामध्ये २३ जना सुनसरीका थिए । उनीहरुलाई दुहबी नगरपालिका वडा नं.४ का वडा अध्यक्षले सुनसरीतर्फ लगेको मोरङ प्रहरीले […]

थप २१ जनाले जिते कोरोना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप २१ जनाले जिते कोरोना.

काठमाडौं । कोरोना निको हुनेको संख्या १७६ पुगेको छ। मंगलबार थप २१ जना निको भएसँगै नेपालमा कोरोना जित्नेको संख्या १७६ पुगेको हो । नारायणी अस्पताल कोरोना विषेश अस्थायी अस्पताल गण्डकको आइसोलेशनमा उपचाररत २१ जनाले कोरोना जितेका हुन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ४ महिलासहित २१ जनाले कोरोना जितेको बताए । उनीहरु सबै वीरगन्ज महानगरपालिकाको […]

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण हुने

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण हुने.

कैलाली । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए । ५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा […]

रुखले च्यापिएर दुई जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on रुखले च्यापिएर दुई जनाको मृत्यु.

हेटौंडा । मकवानपुरमा पानीसँगै आएको हावाहुरीले ढलेको रुखले च्यापिएर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ्ग गाउँपालिका वडा नंं. ५ चैनपुरमा ५६ वर्षीय वीरमाया प्रजा र वडा नम्बर ३ का ६ वर्षीय आयुश मगर रहेका छन् । घरमा नजिकै बारीमा हिँड्दै गरेकी प्रजाको सिमलको रुखले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी […]

राष्ट्रिय सहमति जुटाएर मात्रै संविधान संशोधन हुने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय सहमति जुटाएर मात्रै संविधान संशोधन हुने.

काठमाडौं । नयाँ नक्सा जारी भएपछि गरिने भनेको संविधान संशोधन तत्काल नहुने भएको छ । मंगलबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले केही दिन समय मागेकाले तत्काल संविधान संशोधन नहुने भएको हो । बैठकमा संविधान संशोेधनका लागि प्रधानमन्त्रीले राष्ट्रिय सहमति जुटाउन प्रस्ताव गरेका थिए । जवाफमा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठकमा […]

दाङको बेलझुण्डी अस्पतलामा २७ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on दाङको बेलझुण्डी अस्पतलामा २७ कोरोना संक्रमित.

दाङ । दाङ तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा मंगलबारसम्म २७ जना संक्रमितलाई राखिएको छ। दाङसहित, बाँके, बर्दिया, कपिलबस्तु, अर्घाखाँची, लगायत जिल्लाका गरी २७ जनालाई उपचारका लागि राखिएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए। कोरोना अस्पतालमा दाङका ३, बाँकेका ८, कपिलबस्तुका ६, बर्दियाका ४, रुपन्देहीका ४ र अर्घाखाँचीका २ जनाको उपचार भइरहेको चन्दले बताए। […]

स्वास्थ्यमन्त्री ढकालको कोरोना रिपोर्ट नेगेटिभ

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्यमन्त्री ढकालको कोरोना रिपोर्ट नेगेटिभ.

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। उनको मंगलबार नै स्वाब संकलन गरी परीक्षण गरिएको थियो। प्रेस सल्लाहकार माधव तिवारीले मन्त्रीको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। यसअघि मन्त्री ढकालले भेट गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको हो। ‘उहाँसँग जम्काभेट भएको मानिसलाई कोरोना देखिएको रहेछ। त्यो भेट पनि धेरै […]

सुनौलीबाट उद्धार गरिएका थिए स्याङ्जाका कोरोना संक्रमित

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on सुनौलीबाट उद्धार गरिएका थिए स्याङ्जाका कोरोना संक्रमित.

पोखरा । भारतीय सीमा नाकाबाट उद्धार गरिएका स्याङ्जाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँडले सुनौली नाकाबाट ल्याइएका दुई जनमा कोरोना संक्रमणढ भएको पुष्टि गरे । उनीहरुको पोखराको प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । वालिङ नगरपालिकाले सुनौली नाकाबाट चार दिनअघि ७ जनालाई गाडी पठाएर उद्धार गरेको […]