Sajhamanch Archive

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, दुई जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, दुई जना घाइते.

कैलाली । कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । माटोले ढिस्कोले पुरिँदा जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ३ बुटकौवाकी ३६ वर्षीया डम्मरा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घर पोत्न माटो खन्ने क्रममा पुरिएर शनिबार बिहान उनको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए […]

थप ३६ जनामा कोरोना, सं‌क्रमितको संख्या ५८४ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on थप ३६ जनामा कोरोना, सं‌क्रमितको संख्या ५८४ पुग्यो.

शनिबार अपरान्ह ३६ जना कोरोनाभाइरसका नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार  कोरोना संक्रमितको कूल संख्या पाँच सय ८४ पुगेको छ। सेती अस्पतालमा चार जना, कोशी अस्पतालमा झापाका ३३ वर्षका पुरूष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाँकेका ६ जना, नरैनापुरका १५ जना, नैनापुर १ मा ६ जना, बर्दियामा एक […]

प्रदेश सरकारले धनकुटा जिल्ला अस्पतालमा पठायो विशेषज्ञ टोली

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश सरकारले धनकुटा जिल्ला अस्पतालमा पठायो विशेषज्ञ टोली.

विराटनगर । धनकुटा जिल्ला अस्पतालमा सेवा सुरु गर्न प्रदेश सरकारले टोली पठाएको छ । प्रदेश एक सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना विशेषज्ञ सहितको टोली खटाएको हो । उनीहरुले आइतबारदेखि सेवा सुरु गर्नेछन् । आज र भोलि पनि निर्मलीकरण गरी र सेवा सुरु गर्ने तयारी भैरहेको जिल्ला अस्पताल धनकुटाका डाक्टर पुजन विश्वकर्माले […]

कोरोना संक्रमित महिला जनप्रतिनिधि

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमित महिला जनप्रतिनिधि.

भक्तपुर । स्वास्थ्य मन्त्रालयले शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरकी महिला नगरपालिकाकी जनप्रतिनिधि रहेको खुलेको छ। उनी भक्तपुर नगरपालिका वडा नं.९ की जननिर्वाचित महिला सदस्य रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। परिसरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले भक्तपुर नपा- ९ सूर्यमढी निवासी उनलाई पाटन अस्पताल लगिएको जानकारी दिए। उनका अनुसार संक्रमितको घर समुदायबाट […]

क्रिकेट खेल फेरि शुरु गर्ने आईसीसीले ल्यायो गाइडलाइन्स

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on क्रिकेट खेल फेरि शुरु गर्ने आईसीसीले ल्यायो गाइडलाइन्स.

एजेन्सी । अहिले कोरोना भाइरस (कोभिड १९) ले गर्दा विश्व खेलकुद प्रभावित बनेको छ । यस्तो बेला अब कसरी खेलमा फर्किने भने छलफल पनि भइरहेको छ । जर्मनीमा बुण्डेसलिगा यही बेला फेरि शुरु भएको छ । क्रिकेट पनि अब विस्तारै क्लोज डोरमा शुरु गर्ने बारेमा छलफल चलिरहेको छ । यसैबीच विश्व क्रिकेट ठूलो निकाय अन्तर्राष्ट्रिय […]

नेकपा अध्यक्ष प्रचण्डलाई नेपालको अद्यावधिक नक्सा हस्तान्तरण

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा अध्यक्ष प्रचण्डलाई नेपालको अद्यावधिक नक्सा हस्तान्तरण.

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अद्यावधिक नक्सा हस्तान्तरण गरेकी छन्। मन्त्री अर्यालले आज बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रदान गरेकी हुन्। उक्त अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार पार्न खटिने […]

कपिलवस्तुमा जनप्रतिनिधि र पत्रकारमा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कपिलवस्तुमा जनप्रतिनिधि र पत्रकारमा कोरोना संक्रमण.

कपिलवस्तु । कपिलवस्तुमा जनप्रतिनिधि र पत्रकारसहित कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७७ पुगेको छ। आज बिहान एक जना वडाध्यक्ष र एक जना पत्रकारसहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संख्या ७७ पुगेको हो। शुक्रबार पनि दुई जना पत्रकारमा कोरोना संक्रमण देखिएको थियो। शनिबार थपिएका आठ जनामध्ये छ जना वाणगंगा र दुई जना बुद्धभूमिका रहेको स्वास्थ्य कार्यालय […]

गाउँपालिका अध्यक्षद्धारा वडाध्यक्षमाथि कुटपिट

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गाउँपालिका अध्यक्षद्धारा वडाध्यक्षमाथि कुटपिट.

रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले वडाध्यक्षमाथि कुटपिट गरेका छन् । गाउँपालिकाको ४ नम्बर वडाका अध्यक्ष गञ्ज क्षेत्रीलाई शुक्रबार कार्यपालिका बैठकमै कुटपिट गरेको पीडित वडाध्यक्ष क्षेत्रीले बताए । कोरोना भाइरसको जोखिम कम गर्न वडा नम्बर ४ को सुलिचौर बजारमा रहेका बैंकलाई हप्तामा ३ दिन खोल्ने निर्णयका विषयमा कार्यपालिकामा बहस भइरहेका बेला अध्यक्ष घर्तीले […]

राँगाको आक्रमणबाट महिलाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राँगाको आक्रमणबाट महिलाको मृत्यु.

रौतहट । रौतहटको पूर्वीभेग बृन्दावन नगरक्षेत्र अन्तर्गत राँगाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बृन्दाबन नगरक्षेत्र अन्तर्गत आमलाल साझेदारी बनभित्र राँगाको आक्रमणबाट वडा २ की ४० वर्षीया रामकली पाश्वानको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीनजना महिलासंग वनबाट दाउरा ल्याउँदै गर्दा शुक्रबार साँझ एक्कासि वनभित्रै राँगाले आक्रमण गर्दा पाश्वानको ज्यान गएको ईलाका प्रहरी कार्यालय […]

पत्रकारको श्रीमतीलाई कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on पत्रकारको श्रीमतीलाई कोरोना संक्रमण.

वीरगञ्ज । बारामा शनिबार बिहान थपिएका एक जना कोरोना संक्रमित महिला यसअघि संक्रमित भएका पत्रकारको श्रीमती रहेको पाइएको छ । संक्रमण पुष्टि भएपछि करैमाई निवासी ३७ वर्षीया महिलालाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । उनका दुई छोरा र दुई छोरीको रिपोर्ट भने नेगेटिभ आएको छ । यसअघि […]