Sajhamanch Archive

कोइराला बनिन् भारतिय मीडियाको तारो

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on कोइराला बनिन् भारतिय मीडियाको तारो.

भारतले अतिक्रमण गरी सडक समेत बनाएको भूभागलाई समेटेर सरकारले नयाँ नक्सा पास गरेपछि भारतमा हलचल मच्चिएको छ । यहि सन्दर्भमा नेपाली तथा बलीउड नायिका मनिषा कोइरालाले नेपालको पछमा ट्वीट गरेकी थिइन् । सोहि कारण कोइरालाले भारतिय मीडियाको तारो बनेकी छन् । कोइरालाले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीट रिप्लाई गर्दै नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन् […]

मुम्बईबाट आएका थिए कपिलवस्तुका कोरोना संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on मुम्बईबाट आएका थिए कपिलवस्तुका कोरोना संक्रमित.

बुटवल । कपिलवस्तुमा बुधबार पहिचान भएकाहरु हालै भारतबाट फर्किएकाहरु रहेका छन् । कोरोना संक्रमितमध्ये महाराजगञ्जका ९ जना एकै टोलका रहेको खुलेको छ । त्यहाँका पाँच परिवारमा कोरोना संक्रमण भएको छ । एक परिवारका तीन जनामध्ये आमा र दुई छोरी र अर्को घरमा आमाछोरीलाई कोरोना संक्रमण भएको हो । उनीहरु सबै दुई साताअघि ट्रक र पैदल […]

घरभित्रै गाडेको अवस्थामा शव भेटियो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घरभित्रै गाडेको अवस्थामा शव भेटियो.

विराटनगर । विराटनगरमा घरभित्रै गाडेको अवस्थामा शव भेटिएको छ । विराटनगर महानगरपालिका वडा नंं.१४ का ५५ वर्षीय सत्यनारायण चौहानको शव घरभित्र गाडिएको अवस्थामा बुधबार साँझ भेटिएको हो । प्रहरीका अनुसार सत्यनारायणको घरमा उनी र उनका २९ वर्षका छोरा बस्दै आएका थिए । कान्छा छोरा नगेन्द्र चौहान विराटनगर बजारमा बस्थे । चार दिनयता सत्यनारायणले कान्छा छोराको […]

कांग्रेसले सार्वजनिक गर्‍यो रेस्क्यु नेपाली र वेब एप

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसले सार्वजनिक गर्‍यो रेस्क्यु नेपाली र वेब एप.

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ‘रेस्क्यु नेपाली’ एप र ‘वेब एप’ सार्वजनिक गरेको छ। कांग्रेसले नेपालसहित ४३ देशबाट बुधबार दिउँसो एकसाथ ‘एप’ र ‘वेब एप’ सार्वजनिक गरेको प्रवत्ता विश्वप्रकाश शर्माले जानकारी दिए। ‘संकटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष साथ नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले एक ‘एप’ निर्माण गरेको हो । पार्टी सभापति शेरबहादुर […]

बोलेरो जिप सुनकोसी नदीमा खस्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बोलेरो जिप सुनकोसी नदीमा खस्यो.

काभ्रे । काभ्रे जिल्लाको भुम्ल गाउँपालिका वडा नं.८ स्थित सापिङको भित्री सडक खण्डअन्तर्गत दोलालघाटबाट सापिङ जाँदै गरेको बोलेरो जिप सुनकोसी नदीमा खसेको छ। नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन्। आज दिउँसो बा१६च ८८३८ नं.को सिमेन्ट दाना र प्लाई लोड गरेको बोलेरो जिप अचानक पछाडिको दुई वटा टायर सडकबाट तल खसी कोल्टो पर्दा सुनकोसी […]

दुई नक्कली स्वास्थ्यकर्मी पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुई नक्कली स्वास्थ्यकर्मी पक्राउ.

डडेलधुरा । डडेलधुरामा दुई नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन्। भिमदत्तपन्त राजमार्ग अन्तर्गत स्याउलीमा चेकिङ गर्ने क्रममा मोटरसाइकलमा नक्कली कार्ड लगाएर हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले अर्कै व्यक्तिको कार्ड लगाएर हिँडेको पाइएको प्रहरीले जनाएको छ। ‘दुई जना मोटरसाइकलमा आउनुभयो, हामीलाई कार्ड देखाउनुभयो पछि अर्कै व्यक्ति परेपछि पक्राउ गरेका छौं’ डिएसपी दधिराम न्यौपानेले भने। […]

क्वारेन्टाइनको अवस्था सुधार्न प्रधानमन्त्री ओलीको निर्देशन

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on क्वारेन्टाइनको अवस्था सुधार्न प्रधानमन्त्री ओलीको निर्देशन.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरका क्वारेन्टाइनको अवस्थाबारे चासो राखेका छन् । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) को कार्यालयमा आज पहिलो पटक पुगेका ओलीले क्वारेन्टाइनको अवस्था सुधार्नका लागि निर्देशन दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव समेत रहेका सीसीएमसी अप्सका संयोजक महेन्द्रप्रसाद गुरागाईँले ओलीलाई अहिलेको अवस्थाबारे ब्रिफिङ गरेका थिए । सीसीएमसीको तीन […]

जेठ २ गते भारतबाट आएका थिए बाँकेका ६ नयाँ संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on जेठ २ गते भारतबाट आएका थिए बाँकेका ६ नयाँ संक्रमित.

बाँके । बाँकेमा फेला परेका ६ जना नयाँ संक्रमित जेठ २ गते छिमेकी देश भारतबाट घर फर्किएको खुल्न आएको छ। बाँके जिल्लाको नरैनापुर ५ का १७, २०, २८, ३९ र ४० वर्षीय पुरुष जेठ २ गते महाराष्ट्रबाट फर्किएकाहरु रहेको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक नागेन्द्र कुमार शाहले जानकारी दिए। उनीहरुलाई वडा नं. ५ स्थित नमुना प्रावि मोतिपुरको […]

कोरोना परीक्षणको शुल्क निर्धारण भएको छैन : स्वास्थ्य मन्त्रालय

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना परीक्षणको शुल्क निर्धारण भएको छैन : स्वास्थ्य मन्त्रालय.

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना भाइरसको जाँच गराउँदा लाग्ने शुल्क नतोकिएको स्पष्ट पारेको छ । सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा मन्त्रालयले शुल्क तोकेको हल्ला भएपछि मन्त्रालयले कुनै शुल्क नतोकिएको जनाएको हो । सरकारले कोरोना परीक्षण गर्नुपर्ने व्यक्तिबारे निर्देशिका बनाएको छ । कोरोना परीक्षण गर्नुपर्नेहरुको सरकारले नै नि:शुल्क परीक्षण गर्दै आएको छ […]

नक्सा सार्वजनिक भएको विषयमा कसैको देवत्वकरण नगरौं : बामदेव

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नक्सा सार्वजनिक भएको विषयमा कसैको देवत्वकरण नगरौं : बामदेव.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले मुलुकको नयाँ नक्सा सार्वजनिक भएको विषयमा कुनै व्यक्तिको देवत्वकरण गर्न आवश्यक नभएको टिप्पणी गरेका छन् । आज बिहान विज्ञप्ति जारी गरी उनले नक्सा सार्वजनिक हुनु पार्टीको सामूहिक निर्णयप्रक्रियाअनुसार भएको बताएका छन् । ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । […]