Sajhamanch Archive

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ.

काठमाडौं । वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई दुर्व्यवहार गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रगिरी घर भएका उत्तम कार्कीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । शुक्रबार हेटौँडाबाट काठमाण्डौं आउँदै गरेका वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई उत्तम कार्कीले गाडीबाट झर्न लगाएर उनको झोला र गाडी जाँच गर्दै […]

औषधि व्यवसायीको शंकास्पद मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on औषधि व्यवसायीको शंकास्पद मृत्यु.

विराटनगर । विराटनगरका एक औषधि व्यावसायी मृत भेटिएका छन् । विराटनगर महानगरपालिका वडा नं.१० मधुमारा बस्दै आएका सुनसरीका ३३ वर्षीय देवीप्रसाद दुलाल मृत भेटिएका हुन । आज बिहान मृत भेटिएका दुलालको शरीरमा निलडाम छ । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । मृतकको शरीरमा निलडाम भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक […]

कोरोनासंक्रमितले झुठो बोल्दा ट्रेसिङमा समस्या

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोरोनासंक्रमितले झुठो बोल्दा ट्रेसिङमा समस्या.

धनुषा । धनुषामा शनिबारराति संक्रमण देखिएका धनुषाका दुई जना व्यक्तिले झुठो विवरण दिँदा कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको छ । ति दुई जना संक्रमितले सुरुमा आफुहरु चितवनबाट आएको बताएपनि जनकपुरस्थित कोभिड विशेष अस्पतालमा आउँदा उनीहरुले आफुहरु मुम्बईबाट आएको स्वीकार गरेका छन् । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित प्रादेशिक क्वारेन्टाइनमा रहेका दुवै संक्रमितले स्वास्थ्यकर्मी र […]

भारतद्वारा ३० हजार व्यक्तिको जाँच क्षमताको कोभिड–१९ पीसीआर टेस्ट कीट प्रदान

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on भारतद्वारा ३० हजार व्यक्तिको जाँच क्षमताको कोभिड–१९ पीसीआर टेस्ट कीट प्रदान.

काठमाडौं । भारतले नेपाललाई ३० हजार व्यक्तिको जाँच क्षमताको कोभिड–१९ पीसीआर टेस्ट कीट सहयोग गरेको छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आइतवार कोभिड–१९ पीसीआर किट हस्तान्तरण गरेका हुन् । पुनाका माइल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । […]

 ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on  ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद.

जनकपुरधाम । सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आज बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो । जिल्लाको विष्णु गाउँपालिका वडा नं.३ विश्वनाथ टोलस्थित बाँसघारीबाट बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको […]

कोरोना संक्रमितको उपचार गरेर फर्किंदा भद्रपुरकी प्रमिलाको परिवारमा रुवाबासी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितको उपचार गरेर फर्किंदा भद्रपुरकी प्रमिलाको परिवारमा रुवाबासी.

झापा । झापाको भद्रपुर नगरपालिका वडा नं. ५ कि प्रमिला ढकाल ( परी ) पेसाले नर्स हुन् । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र एक साता कोरोना संक्रमितको उपचार र १४ दिनको क्वारेन्टाइन बसाइपछि हालै उनी घर फर्किएकी छन् । स्कूल हेल्थ नर्सिङमा कार्यरत उनको दरबन्दी विर्तामोडको दुर्गा माविमा थियो । तर लकडाउनका कारण […]

उपरखुट्टी लगाएर बस्दा स्वास्थ्यमा पर्छ यस्तो असर

Published: (Updated: ) in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on उपरखुट्टी लगाएर बस्दा स्वास्थ्यमा पर्छ यस्तो असर.

के हाम्रो बसाईको स्थितीले पनि स्वास्थ्यमा असर गर्छ ? पक्कै गर्छ । स्वस्थ जीवनका लागि बसाईको आसन पनि सही हुनुपर्छ । जस्तो हामीमध्ये धेरैजसो एउटा खुट्टामाथि अर्को खुट्टा चढाएर बस्ने गर्छौं, जसलाई चलनचल्तीको भाषामा उपरखुट्टी लगाएको भनिन्छ । यसरी बस्नुलाई हाम्रो समाजमा त्यती शोभनिय मानिदैन । खासमा खुट्टा क्रस गरेर वा उपरखुट्टी लगाएर बस्नुसँग शिष्टचारको […]

मदन-आश्रितबारे पार्टीले सत्यतथ्य बाहिर ल्याउँछ : ओली-प्रचण्ड

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मदन-आश्रितबारे पार्टीले सत्यतथ्य बाहिर ल्याउँछ : ओली-प्रचण्ड.

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरू मदन भण्डारी र जीवराज आश्रितबारे पार्टीले सत्यतथ्य बाहिर ल्याउने बताएका छन्। चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा तत्कालीन नेकपा एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको निधन भएको थियो। मदन-आश्रितको दुर्घटना हो कि हत्या भन्ने अहिलेसम्म खुलेको छैन। घटना भएको […]

लाखौं मूल्यका धनमाल चोरी, ६ जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लाखौं मूल्यका धनमाल चोरी, ६ जना पक्राउ.

काठमाडौं । राजधानीको तीनथानास्थित एक घरबाट लाखौं रुपैयाँबराबरको धनमाल चोरी भएको छ । स्थानीय राजेश मानन्धरको घरबाट १७ लाख ६१ हजार मूल्यबराबरको धनमाल चोरी भएको हो । चोरीमा संलग्नको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त थानकोट र वृत्त कीर्तिपुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरिएको छ […]

कामदारसहित गाडी चालकलाई क्‍वारेन्टाइनमा राखियो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कामदारसहित गाडी चालकलाई क्‍वारेन्टाइनमा राखियो.

संखुवासभा । संखुवासभाको खाँदबारी आइपुगेका अरुण तेस्रोमा कार्यरत कामदारसहित गाडी चालकलाई क्‍वारेन्टाइनमा राखिएको छ । लकडाउनको समयमा तरकारी बोक्न अनुमति लिएको गाडीमा ती जना मानिस लुकाएर ल्याउने चालक धीरज चौधरीसहित चार जनालाई खाँदबारी क्‍वारेन्टाइनमा राखिएको छ। चौधरीले यसअघि पनि यात्रु ओसारप्रसार गर्ने गरेका स्थानीयले बताए। फलफूल तथा तरकारीसहित तीन जनालाई जिल्ला बाहिरबाट आएको अवस्थामा प्रहरीले […]