Sajhamanch Archive

कोरोनाको कारण मंगलबार मात्रै यूएईमा दुई नेपालीको मृत्यु

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाको कारण मंगलबार मात्रै यूएईमा दुई नेपालीको मृत्यु.

यूएई । यूएईमा कोरोनाको कारण आज मात्रै दुई जना नेपालीको ज्यान गएको छ । यूएईको आबुधाबीमा एक रेष्टुरेन्टमा काम गर्ने अर्घाखाँचीका ३९ वर्षका र यूएईकै अलऐनमा नेपालको ठेगाना नखुलेका अर्का एक युवाको ज्यान गएको हो । कोरोना सङ्क्रमणका कारण लामो समय उपचाररत अर्घाखाँचीका युवालाई कोरोना सङ्क्रमण हुनासाथ आबुधावीको ब्रुजेल अस्पतालमा भर्ना गरिएको थियो । अवस्था […]

सभामुखद्वारा नेपाली भूमि अतिक्रमणबारे सरकारको ध्यानाकर्षण

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सभामुखद्वारा नेपाली भूमि अतिक्रमणबारे सरकारको ध्यानाकर्षण.

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सरकारका नाममा रुलिङ गरेका छन् । सांसदहरुले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेर उद्घाटन समेत गरेको सन्दर्भमा लगातार आवाज उठाएपछि सभामुख सापकोटाले सरकारको ध्यानाकर्षण गराउँदै रुलिङ गरेका हुन् । आज बैठकको शून्य समयमा सत्ता र विपक्षी दलका सांसदहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले मानसरोवर जाने सडक […]

कोरोना अस्पतालमा आगलागी, ५ जनाको मृत्यु

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on कोरोना अस्पतालमा आगलागी, ५ जनाको मृत्यु.

एजेन्सी । रुसको सेन्ट पिटर्सवर्ग शहरमा रहेको एक कोरोना भाइरस (कोभिड–१९) अस्पतालमा आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । रुसको आपतकालीन मन्त्रालयले आईसीयू कक्षमा उपचार गराइरहेका कोरोना संक्रमित ५ जनाको मृत्यु भएको जनाएको छ । अहिलेसम्म १ सय ५० मानिसलाई अस्पतालबाट सुरक्षित रूपमा निकालिएको छ । अस्पतालभित्र कति बिरामी छन् भन्ने खुलेको छैन […]

टाउको काटिएको अवस्थामा शव फेला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टाउको काटिएको अवस्थामा शव फेला.

जनकपुरधाम । सिरहाको लहानमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । लहान नगरपालिका वडा नं.१७ निवासी करिब ४० वर्षीय पुरुषको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ । घरदेखि ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद कुमार क्षेत्रीले जानकारी दिए […]

दूध र दुग्धजन्य वस्तुको खपतमा कमी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दूध र दुग्धजन्य वस्तुको खपतमा कमी.

काठमाण्डौ । लकडाउनका कारण दूध र दुग्धजन्य वस्तुको खपतमा कमी आएको छ । दही, पनीर, चिज र मिठाइहरुको खपत नहुँदा दुग्ध पदार्थ बिक्री वितरणमा असर देखिएको छ । सामान्य अवस्थामा दैनिक ९० हजार लिटर दूध खपत हुँदै आएकोमा अहिले ७५ हजार लिटर मात्रै खपत हुँदै आएको दुग्ध विकास संस्थान डिडिसीले जनाएको छ । समग्रमा दुग्धजन्य […]

लिपुलेक फिर्ता गर्न माग गर्दै सर्वोच्चमा रिट

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on लिपुलेक फिर्ता गर्न माग गर्दै सर्वोच्चमा रिट.

काठमाडौं । सर्वोच्च अदालतमा भारतले अतिक्रमण गरेर सडक निर्माण गरेको नेपालको भूभाग लिपुलेक फिर्ता गर्न माग गर्दै रिट निवेदन दायर भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, परराष्ट्र र भूमि व्यवस्था सहकारी मन्त्रालय गरी पाँच मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ताहरू लोकेन्द्र ओली, दीपेन्द्र अधिकारी र केशरजङग केसीले रिट निवेदन दायर गरेका हुन्। निवेदनमा कूटनीतिक वार्ता, […]

कोरोना कहरबीच भारतमा रेल सेवा सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on कोरोना कहरबीच भारतमा रेल सेवा सुरु.

एजेन्सी । कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतमा लागु गरिएको लकडाउनका कारण रोकिएको रेल सेवा आजबाट सुरु भएको छ । रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको हो । मन्त्रालयले रेल सेवाको तालिका सार्वजनिक गरेपछि सोमबारदेखि नै अनलाइनमार्फत् टिकट बुकिङ जारी छ । यसअघि लकडाउनका कारण अलपत्र परेकाहरुलाई उनीहरुको गाउँघरसम्म पुर्याउने उद्देश्यले […]

पूर्वराष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई कोरोना संक्रमण

Published: (Updated: ) in खेलकुद, स्वास्थ्य by . Leave a Comment on पूर्वराष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई कोरोना संक्रमण.

काठमाडौं । नेपालका पूर्वराष्ट्रिय फुटबल खेलाडी रञ्जित श्रेष्ठलाई कोरोनाभाइरसको संक्रमण भएको छ । हाल संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका उनले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो अपलोड गर्दै आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् । उनी हाल ‘सेल्फ आइसोलेसन’मा रहेका छन् । कोरोनाको लक्षण देखा नपरेको र खासै समस्या नभएका कारण सेल्फ आइसोलेसनमा बसेको उनले […]

प्रदेश १ सरकारले भारतसँग जोडिएका साना नाका बन्द गर्न सर्कुलर जारी

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ सरकारले भारतसँग जोडिएका साना नाका बन्द गर्न सर्कुलर जारी.

विराटनगर । प्रदेश १ सरकारले भारतसँग जोडिएका साना नाका बन्द गर्न सर्कुलर जारी गरेको छ । शुक्रबार संघीय सरकारलाई नाका बन्द गर्न आग्रह गरेको प्रदेश सरकारले आज आफैं नाकामा आवत-जावत गर्न रोक लगाउन निर्देशन दिएको हो । भारतसँग सीमा जोडिएका जिल्लाहरुमा नाकामा तत्काल कडाइ गर्न सर्कुलर जारी भएको प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला […]

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् । आज मन्त्रिपरिषद बैठकसमेत बोलाएका प्रधानमन्त्रीले शीतल निवास पुगेर राष्ट्रपतिसँग छलफल गरेका हुन् । मिर्गौला पुनः प्रत्यारोपण गरेर फर्किएपछि राष्ट्रपतिसँग प्रधानमन्त्रीको पहिलो भेट हो । भेटमा राष्ट्रपतिले सरकारले कोरोना संक्रमणविरुद्ध गरेको कामको प्रशंसा गरेको प्रमुख स्वकीय सचिव भेषराज […]