Sajhamanch Archive

प्रधानमन्त्री ओली पनि एमसीसी सम्झौता परिमार्जन गर्ने पक्षमा : प्रचण्ड

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली पनि एमसीसी सम्झौता परिमार्जन गर्ने पक्षमा : प्रचण्ड.

नवलपुर । नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसमेत एमसीसी सम्झौता परिमार्जन गर्ने पक्षमा रहेको बताएका छन् । नेकपा गण्डकी प्रदेशको आन्तरिक कार्यक्रममा सहभागी हुन आज बिहान नवलपुर आइपुगेका अध्यक्ष प्रचण्डले आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीसमेत एमसीसीलाई परिमार्जन गर्ने पक्षमा रहेको बताए । विहीबार बालुवाटारमा अमेरिकी सांसदहरुको टोलीलाई एमसीसी सम्झौता परिमार्जन नै गर्न नसकिने बाइबल […]

विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गर्ने अहेब पक्राउ

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गर्ने अहेब पक्राउ.

रौतहट । आफ्नै क्लिनिककी एक महिला सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोपमा रौतहटका कार्यरत एक अहेबलाई प्रहरीले पक्राउ गरेको छ । मौलापुर नगरपालिका वडा नं.५ घरभई हाल गरुडा ४ स्थित अर्चना पोेलिक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दै आएका ३५ बर्षिय श्यामशुन्दर पटेललाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाको जाहेरीको आधारमा अहेव पटेलमाथि […]

बसको ठक्करबाट घाइते भएका भट्टको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बसको ठक्करबाट घाइते भएका भट्टको ज्यान गयो.

कैलाली । कैलालीमा बसको ठक्करबाट घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते डडेल्धुराको आलिताल गाउँपालिका वडा नं.८ का २२ वर्षीय डम्बर भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शुक्रबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका बडैपुरमा ना ५ ख ९६ नम्बरको बसले से ६ प ६८२२ नम्बरको मोटरसाइकललाई […]

दलित युवामाथि कुटपिट, गुप्ताङ्गमा पेट्रोल हालियो

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on दलित युवामाथि कुटपिट, गुप्ताङ्गमा पेट्रोल हालियो.

एजेन्सी । राजस्थानको नागौर जिल्लामा चोरी गरेको आरोपमा दुई दलित दाजुभाइलाई बर्बर तरिकाले पिटेको र गुप्ताङ्गमा पेट्रोल हालेको भिडियो बाहिर आएको छ । यो घटना गत फेब्रुअरी १६ मा पाँचौडी क्षेत्रमा भएको हो । भिडियो भाइरल भएपछि प्रहरीले पीडित युवकहरुलाई सम्पर्क गरी ७ आरोपीहरु विरुद्ध मुद्दा दर्ता गरेको छ । यस मामिलामा पाँच जनालाई प्रहरीले […]

संवेदनशील अङ्गमा हात लगाउने प्रधानाध्यापक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on संवेदनशील अङ्गमा हात लगाउने प्रधानाध्यापक पक्राउ.

पाँचथर । छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेका पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नंं. १ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । कक्षा ३ मा पढ्ने १४ वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक मोहनप्रसाद दुलाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोहनराज अर्यालले बताए । पीडित बालिकाकी आमाले दुलाल विरुद्ध प्रहरीमा उजुरी […]

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको ज्यान गयो.

सुनसरी । सुनसरीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका वडा नंं.३ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट ७२ बर्षीय मोतिलाल यादवको को मृत्यु भएको हो । बिहिवार अपरान्ह पउने ३ बजे को १२ प ३५८९ नम्बरको मोटरसाईकलले पैदल यात्री सोही स्थान बस्ने यादबलाइ ठक्कर दिदा गम्भिर घाईते भएका थिए । घाईते उनको […]

अनुहार लुकाएर ‘प्रेम पुजा’को पोस्टर रिलीज

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on अनुहार लुकाएर ‘प्रेम पुजा’को पोस्टर रिलीज.

शिवरात्रीको अवसर पारी नयाँ फिल्म ‘प्रेम पुजा’को पोस्टर रिलीज भएको छ । अमरदीप सापकोटाले निर्देशन गर्ने यस फिल्ममा मूख्य भूमिकामा रहने अभिनेता भने खुलाईएको छैन । शिवरात्री बिशेष पोस्टरमा अभिनेताको पुरा अनुहार लुकाईएको छ । निधारमा त्रिपुण्ड लगाएका तथा धार्मिक वस्त्रमा रहेका अभिनेतालाई फिल्मको औपचारिक घोषणा कार्यक्रममा मात्र चिनाउने तयारी रहेको निर्देशक सापकोटाले बताए । […]

सुनको भाउ हालसम्मकै उच्च

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on सुनको भाउ हालसम्मकै उच्च.

झापा । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ तोकेको छ । यस्तै चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँ पुगेको संघले जनाएको छ । बिहीबारको तुलनामा सुनको […]

 चल्लासहित मिनीट्रक नियन्त्रणमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on  चल्लासहित मिनीट्रक नियन्त्रणमा.

लहान । प्रहरीको गस्ती टोलीले अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गएराति गोलबजार नगरपालिका वडा नं.४ बाट करिब रु एक लाख ४१ हजार १२० मूल्य बराबरको करिब दुई हजार अवैध चल्लासहितको ट्रक नियन्त्रणमा लिएको हो । बा २ च ३५४१ नम्बरको मिनी ट्रकबाट चल्ला ल्याइरहेको गोप्य सूचनाको […]

‘आमा’ र ‘सेन्टी भाईरस’ एकैसाथ

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘आमा’ र ‘सेन्टी भाईरस’ एकैसाथ.

यसपटक दुई नेपाली फिल्म ‘आमा’ र ‘सेन्टी भाईरस’ एकसाथ रिलीज भएका छन् । ‘आमा’लाई दिपेन्द्र के. खनालले निर्देशन गरेका छन् भने ‘सेन्टी भाईरस’लाई रामबाबु गुरुंगले निर्देशन गरेका छन् । अलग पृष्ठभुमिको कथामा बनेका यि दुबै फिल्मलाई लिएर दर्शकमाझ उत्साह रहेको छ । आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्ने ‘आमा’मा मिथिला र सुरक्षाका अलावा सरिता […]