Sajhamanch Archive

छिमेकीको खुकुरी प्रहारबाट घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on छिमेकीको खुकुरी प्रहारबाट घाइते.

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नं. ३ छाँपडाडा निवासी टान बहादुर थापा आइतबार साँझ छिमेकीको खुकुरी प्रहारबाट शक्त घाइते भएका छन। थापालाई छन्द बहादुर कुमाल (मुखियाँ) ले खुकुरीले टाउकोमा हानेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ। थापा र मुखियाँ बिच लेनदेनको बिषयमा बिबाद भएको प्रहरीले जनाएको छ। घाइते थापालाई अर्घाखाँची अस्पतालमा प्राथमिक उपचार पछि […]

वर्षाले डढेलो निभायो, बाढीले जनजीवन अस्तव्यस्त

Published: in विश्व समाचार by . Leave a Comment on वर्षाले डढेलो निभायो, बाढीले जनजीवन अस्तव्यस्त.

एजेन्सी । अष्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै ठूलो पानी परेपछि डढेलो निभेको छ । ७४ दिनदेखि फैलिरहेको करोवान नामको डढेलो पानी परेपछि निभेको बीबीसीले जनाएको हो । पाँचसय हेक्टरको जङ्गलमा फैलिएको डढेलोमा ३ सय १२ वटा घर जलेर नष्ट भएका थिए । चार दिनमा झण्डै चार सय मिलिमिटर पानी पर्दा आगो निभे पनि बाढीका कारण सिड्नीको […]

काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै.

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले उपसभापति विजय गच्छदारमाथि दायर मुद्दाको विषयमा नयाँ रणनीति लिनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री गच्छदारसहित १७५ जनालाई मुद्दा दायर गर्दा राजनीतिक पूर्वाग्रह राखिएको भन्दै काँग्रेस गत […]

बँदेलको आक्रमणबाट आठ जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बँदेलको आक्रमणबाट आठ जना घाइते.

बाजुरा र डोटीमा बँदेलको आक्रमणबाट आठ जना घाइते भएका छन् । बाजुराको गौमूल गाउँपालिका वडा नं.३ माझपालिको धर्मोदय आधारभूत विद्यालयमा सरसरफाई गरिरहेका सात जनालाई बँदेलले आक्रमण गरी घाइते बनाएको हो । घाइते हुनेमा ५० वर्षीय जगत विश्वकर्मा, ४० वर्षीय पूर्ण वि.क, ५० वर्षीय डवल रोकाया, ४५ वर्षीय धनबहादुर रोकाया, ४० वर्षीय प्रेम रोकाया, ४० वर्षीय […]

कांग्रेसद्वारा माइतीघरमा प्रदर्शन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसद्वारा माइतीघरमा प्रदर्शन.

काठमाडौं । नेपाली कांग्रेसले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायत भातृ संगठनले प्रदर्शन गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई उन्मुक्ति दिइएको र अन्यलाई राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाएको आरोप कांग्रेसको […]

विद्यार्थीले नै गर्ने हो राजनीति !

Published: (Updated: ) in विचार/ब्लग, by . Leave a Comment on विद्यार्थीले नै गर्ने हो राजनीति !.

विद्यार्थी को हो ? यो बुझ्न जरुरी छ । विद्यार्थी भनेको भविष्य कोर्ने कलम बोकेको कर्मवीर हो । विद्यार्थी विकासको अपार सम्भावना हो । विद्यार्थीको विकास, देशको विकास हो । विद्यार्थीले पहाड फोरेर मैदान बनाउने क्षमता राख्दछ । आर्जन गरेको विद्यालाई अर्थ दिने व्यक्ति मात्रै विद्यार्थी हो । विद्यार्थीले पढ्नु मात्रै पर्छ, अन्य अतिरिक्त क्रियाकलापमा […]

मेची सहकारीको १६ दिवसीय सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on मेची सहकारीको १६ दिवसीय सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न.

दमक । मेची सहकारी संस्था लिमिटेड दमकले आफ्नो वार्षिक कार्यतालिका अनुसार गत माघ १० गतेदेखि सुुरु गरेको सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ । संस्थाले आयोजना गरेको १६ दिवसीय सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम उर्लाबारीमा ३०० जना बढीको सहभागितामा शनिवार सम्पन्न गरेको हो । यसैवर्ष मेची सहकारीसँग एकीकरण गरिएका दमकको जालपादेवी साकोस […]

अन्धाधुन्ध गोली चलाउँदा ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on अन्धाधुन्ध गोली चलाउँदा ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो.

काम देशको रक्षा गर्नुपर्ने, जनताको सेवक एक सैनिक जवान। तर‚ उनैले थाइल्याण्डमा नरसंहार मच्चाए। सन्की स्वाभावका उनले थाइल्याण्डमा २५ जनाको ज्यान लिनुका साथै ३१ जना गम्भीर घाइते बनाएका छन्। शनिबार थाइल्याण्डको एक शहरमा मानिसहरु किनमेल गर्न सपिङ महलमा व्यस्त थिए। उनीहरुलाई थाहा थिएन कि आफुहरुले अनाहकमा ज्यान गुमाउनु पर्ला भनेर। जब एक सैनिक जवानले सैनिक […]

मनाङ मर्स्याङ्दी क्लब र एनआरटी भिड्दै

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on मनाङ मर्स्याङ्दी क्लब र एनआरटी भिड्दै.

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र एनआरटीबीच खेल हुँदैछ । ११ औं चरणको अन्तिम खेल अन्तर्गत आज दुई टिमबीच खेल हुन लागेको हो ।यसअघि शनिबारै हलचोकस्थित एपीएफ मैदानमा मनाङ र एनआरटीबीच खेल हुने एन्फाले जनाएको थियो । तर प्राविधिक कारणले तोकिएको सयमा खेल हुन नसकेको भन्दै एन्फाले […]

प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण देखाउँदै नेकपाको सचिवालय बैठक स्थगित

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण देखाउँदै नेकपाको सचिवालय बैठक स्थगित.

काठमाडौँ । पार्टी एकताका बाँकी कामलगायतबारे छलफल गर्न आज बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यका कारण देखाउँदै सचिवालय बैठक स्थगित भएको हो । प्रधानमन्त्रीले शनिबार नियमति डायलाइसिस गरेका थिए । ‘प्रधानमन्त्रीको स्वास्थ्यका कारण आज बस्ने भनिएको बैठक बस्न नसक्ने जानकारी आयो,’ प्रवक्ता नारायणकाजी […]