Sajhamanch Archive

हतारोमा भ्याक्सिन, उल्टै निम्तन सक्छ जोखिम

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on हतारोमा भ्याक्सिन, उल्टै निम्तन सक्छ जोखिम.

कोरोना भाइरसको भ्याक्सिनका विषयमा विश्वभर विभिन्न अनुमान लगाइएको छ । मानिसहरुलाई आशा छ कि कोभिड–१९ भ्याक्सिनले मास्क र सामाजिक दूरीको आवश्यकतालाई समाप्त गर्नेछ र उनीहरु पहिले जसरी नै सामान्य जीवनमा फर्कनेछन् । संसारभरका वैज्ञानिक चाडोभन्दा चाडो भ्याक्सिन बनाउने दौडमा छन् । यद्यपी, स्वास्थविद्हरु यो हतारोलाई लिएर चिन्तित पनि छन् । हतार गर्नु ठिक छैन विज्ञहरुको […]

कोरोना संक्रमित बढेसँगैं अक्सिजन अभाव हुनसक्ने डब्लुएचओको चेतावनी

Published: in विश्व समाचार by . Leave a Comment on कोरोना संक्रमित बढेसँगैं अक्सिजन अभाव हुनसक्ने डब्लुएचओको चेतावनी.

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितको संख्या १ करोड पुग्न लागेसँगै विश्वभर अक्सिजनको अभाव हुन सक्ने चेतावनी दिएका छन् । बुधबार टेड्रोस एडहानोम गेबेरियसले विश्वभर अक्सिजन कंस्नट्रेटर ९अक्सिजन दिने मेशिन०को समेत अभाव हुनसक्ने चेतावनी दिएका हुन् । उनले भने, ‘कति देश अक्सिजन दिने मेशिनको अभाव झेलिरहेका छन् यो समय माग आपूर्ति भन्दा धेरै भएको […]

मेक्सिकोमा शक्तिशाली भूकम्प, मानिसको भागाभाग

Published: in विश्व समाचार by . Leave a Comment on मेक्सिकोमा शक्तिशाली भूकम्प, मानिसको भागाभाग.

मेक्सिको । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७।४ म्याग्नीच्यूडको भूकम्प गएको छ । प्रारम्भिक विवरण अनुसार भूकम्पका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । स्थानीय अधिकारीहरुले भूकम्पबाट जोगिन सयौं मानिस घर बाहिर भाग्नुका साथै स्थानीय तेल प्रशोधन कारखाना पनि बन्द गर्नु परेको बताएका छन् । मेक्सिकोको राजधानी मेक्सिको सिटीभन्दा […]

कोभिड-१९ {अपडेट} डब्लुएचओले भन्यो: कोरोना महामारी गइसकेको छैन, संक्रमण अझै फैलिन्छ

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on कोभिड-१९ {अपडेट} डब्लुएचओले भन्यो: कोरोना महामारी गइसकेको छैन, संक्रमण अझै फैलिन्छ.

काठमाडौं । विश्‍व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड १९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि कोभिड १९ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गरेका हुन। लकडाउन खुकुलो बनाएसँगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, कार्यालय सञ्चालन भएको […]

भारत-पाकिस्तान गोलाबारीमा नेपाली गोर्खा सैनिकको निधन

Published: in विश्व समाचार by . Leave a Comment on भारत-पाकिस्तान गोलाबारीमा नेपाली गोर्खा सैनिकको निधन.

काठमाडौं । पाकिस्तानी सेनाले गरेको गोलाबारीमा एक नेपाली गोर्खा सैनिकको ज्यान गएको छ । गुल्मी जिल्ला छत्रकोट गाउँपालिका–५, खर्ज्याङ घर भएका भारतीय सेनाका गोर्खा जवान दीपक कार्की पाकिस्तानको गोलाबारीमा मारिएका हुन् । सोमबार बिहान ५ः३० बजे पाकिस्तानी सेनाले गरेको गोलाबारीमा उनी गम्भीर घाइते भएका थिए । केही घण्टापछि उनको मृत्यु भएको जनाइएको छ । उनी […]

कोरोना फैलन नदिन अब क्वारेन्टाइन जरूरी छैन: बेलायती वैज्ञानिक

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on कोरोना फैलन नदिन अब क्वारेन्टाइन जरूरी छैन: बेलायती वैज्ञानिक.

काठमाडौं । बेलायतका वैज्ञानिक प्राध्यापक पीटर पाएट कोरोना भाइरसको संक्रमण फैलन नदिन अब क्वारेन्टाइनको जरूरी नभएको बताएका छन् । इबोला र एचआईभीमा खोजका लागि विश्वमा नै चर्चित बनेका लन्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका प्राध्यापक पाएटले सुरूवाती अवस्थामा क्वारेन्टाइन जरूरी भए पनि अव अवस्था फेरिएको बताएका छन् । अबको विकल्प २ मिनटरको भौतिक दूरी […]

ब्राजिल बन्यो कोरोनाबाट विश्वमै बढी मृत्यु हुने दोस्रो देश

Published: in विश्व समाचार by . Leave a Comment on ब्राजिल बन्यो कोरोनाबाट विश्वमै बढी मृत्यु हुने दोस्रो देश.

काठमाडौं । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । ब्राजिल अमेरिकापछि सबैभन्दा बढी संक्रमित र मृत्यु हुने देश बनेको छ । कोरोना भाइरसको महामारीबाट ब्राजिलमा साढे ५० हजार मानिसको मृत्यु हुँदा संक्रमित भने १० लाख ८७ हजार पुगेको छ । विश्वभर भने संक्रमितको संख्या ९० लाख ४४ […]

के अमेरिकी राष्ट्रपति ट्रम्पको लोकप्रियता घटेको हो ?

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on के अमेरिकी राष्ट्रपति ट्रम्पको लोकप्रियता घटेको हो ?.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोश्रो चुनावीसभा रद्द भएसँगै उनको लोकप्रियतामाथि प्रश्न उठ्न थालेको छ । राष्ट्रपति ट्रम्पको लोकप्रियतामाथि किन पनि प्रश्न उठ्न थालेको हो भने उनी सहभागी हुने सभाहरुमा मानिसहरुको उपस्थिति निकै कम देखिन थालेको छ । चुनावी सभा आयोजकहरुले मानिसहरु उपस्थित नहुने भएपछि सभा रद्द गर्न थालेका छन् । ट्रम्पको अभियानका प्रमुख […]

साउदी अरबले राष्ट्रव्यापी कर्फ्यू हटाउँदै

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on साउदी अरबले राष्ट्रव्यापी कर्फ्यू हटाउँदै.

एजेन्सी । साउदी अरबले आइतबारदेखि राष्ट्रव्यापी कर्फ्यू हटाउने घोषणा गरेको छ । कर्फ्यू हटेपनि अझै पनि थुप्रै प्रतिबन्ध भने लागू गरिने बताइएको छ । प्रशासनका अनुसार हालका लागि आर्थिक र व्यावसायिक गतिविधि सुरु हुने तर अन्तरराष्ट्रिय यात्रा र धार्मिक यात्रामाथि लागेको प्रतिबन्ध भने जारी रहनेछ । साउदी अरबले अहिलेसम्म जुलाईमा सुरु हुने हज यात्राका लागि […]

कोरोना नियन्त्रणमा भ्रष्टाचार गरेको आरोपमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री पक्राउ

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कोरोना नियन्त्रणमा भ्रष्टाचार गरेको आरोपमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री पक्राउ.

एजेन्सी । कोरोना भाइरस नियन्त्रणका सामग्री किन्दा भष्टाचार गरेको आरोपमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री पक्राउ परेका छन् । कोरोना रोकथाम र नियन्त्रणको लागि बन्दोबस्ती र मेडिकल सामग्रीमा भ्रष्टाचार गरेको अभियोगमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री ओबादी मोयो गएराति पक्राउ परेका हुन् । जिम्बाब्वेको भ्रष्टाचार नियन्त्रण आयोगले उनलाई पक्राउ गरेको हो । मन्त्री मोयोलाई पक्राउ गरिएको र अदालतमा उपस्थित […]