Sajhamanch Archive

उत्तर कोरियाली नेता किम जोङ्ग उनबारे ताजा खबर

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on उत्तर कोरियाली नेता किम जोङ्ग उनबारे ताजा खबर.

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ्ग उनको जीवनबारे फैलिएका अनेकन अफवाहलाई चिर्दै उनी सार्वजनिक कार्यक्रममा देखिएका छन् । नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका हुन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका छन् । उनले रिबन काटेर सो कारखाना […]

भारतमा लकडाउन दुई हप्ता थपियो

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा लकडाउन दुई हप्ता थपियो.

नयाँदिल्ली । भारत सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लकडाउनको अवधि मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । आज शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेडजोन’मा रहेका १३० जिल्लामा कुनै छुट दिइने छैन । ‘अरेन्ज जोन’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाहरुलाई […]

विश्वभर कोरोना संक्रमित ३२ लाख १७ हजार नजिक, दुई लाख २७ हजार ९२५ को मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on विश्वभर कोरोना संक्रमित ३२ लाख १७ हजार नजिक, दुई लाख २७ हजार ९२५ को मृत्यु.

काठमाडौं । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट विश्वभर ज्यान गुमाउनेका संख्या दुई लाख २७ हजार ९२५ पुगेको छ । बिहीबार साढे ६ बजेसम्मको तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या ३२ लाख १६ हजार ९६७ पुगेको छ । विश्वभर संक्रमितमध्ये १० लाख ३३ जना निको भएको वल्र्डओमिटरले जनाएको छ । त्यस्तै संक्रमितमध्ये १९ लाख ९० हजारभन्दा धेरैको […]

सिरियामा भिषण ट्रक बम आक्रमण, कम्तीमा ४६ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on सिरियामा भिषण ट्रक बम आक्रमण, कम्तीमा ४६ जनाको मृत्यु.

बेरुत । द्वन्द्वग्रस्त सिरियाको उत्तरी क्षेत्रको एक बजारमा इन्धन बोक्ने ट्रकमा बिष्फोटक पदार्थ राखेर बिष्फोट गराउँदा कम्तीमा ४६ जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । विश्व कोरोना भाइरसविरुद्ध लडिरहेका बेला सिरियामा यस्तो भिषण आक्रमण भएको हो । संयुक्त राष्ट्र संघले कोरोना महामारीको अवस्थामा सबैलाई युद्ध स्थगित गर्न आग्रह गर्दै आएको थियो […]

मिनाक्षी गांगुलीः नेपाललाई माया गर्ने अधिकारकर्मी

Published: in विश्व समाचार, समाज, by . Leave a Comment on मिनाक्षी गांगुलीः नेपाललाई माया गर्ने अधिकारकर्मी.

नेपालमा सशस्त्र द्वन्द्वको अवधिमा मानव अधिकार उल्लंघनका घटनाका सम्बन्धमा अभिव्यक्ति दिनेमध्ये एक भारतीय अधिकारकर्मी अग्रपंक्तिमा थिइन् । उनले ज्यादतीमा संलग्न सरकारी तथा सुरक्षा अधिकारीको चर्को विरोधमात्र गरिनन्, तत्कालीन माओवादीका चरम हिंसात्मक गतिविधिलाई समेत उदाङ्गो पारेकी थिइन् । उनी हुन् ह्युमन राइट्स वाच, दक्षिण एसिया क्षेत्रीय निर्देशक मिनाक्षी गांगुली । उनी भारतमा रहेर नेपाललाई अत्यन्त सुक्ष्म […]

अमेरिकी रक्षा मन्त्रालयले जारी गर्यो उडनतस्तरका तीन भिडियो

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अमेरिकी रक्षा मन्त्रालयले जारी गर्यो उडनतस्तरका तीन भिडियो.

अमेरिकी रक्षा मन्त्रालयले ‘हावामा देखिने केही अस्पष्ट वस्तु’का तीन भिडियो जारी गरेको छ । पेन्टागनले आफ्नो आधिकारिक बयानमा भनेको छ, ‘हामी कुनै पनि प्रकारको गलत धारणा र भ्रम हटाउन चाहन्थ्यौं तसर्थ यो भिडियो सार्वजनिक गर्ने निर्णय गर्यौं ।’ यो भिडियो सन् २००७ र सन् २०१७ मा नै लिक भइसकेको थियो र यसबारे विभिन्न प्रकारका हल्ला […]

कोरोनाबाट नेपालीको ज्यान जाने क्रम बढेपछि बेलायत सरकारलाई दूतावासको पत्र

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on कोरोनाबाट नेपालीको ज्यान जाने क्रम बढेपछि बेलायत सरकारलाई दूतावासको पत्र.

लण्डन । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण बेलायतमा रहेका नेपालीहरुको ज्यान जाने क्रम बढेपछि बेलायतस्थित नेपाली दूतावासले बेलायत सरकारलाई नेपालीको अवस्थाबारे जानकारी गराउँदै पत्र पठाएको छ । यहाँको रक्षा मन्त्रालय, गोरखा वेलफेयर ट्रष्टलगायतका निकायबाट बेलायतमा रहेका नेपालीमध्ये कोरोना संक्रमणका कारण वृद्धवृद्धा एवं भूतपूर्व गोरखा सैनिक र उनीहरूको परिवारका सदस्य बढी प्रभावित भएको र मृत्युदर […]

कोरोनालाई जितेर काममा फर्किंदै बेलायती प्रधानमन्त्री जोन्सन

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कोरोनालाई जितेर काममा फर्किंदै बेलायती प्रधानमन्त्री जोन्सन.

काठमाडौं l कोरोना भाइरसबाट संक्रमित भई उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन सोमबारदेखि नियमित काममा फर्किने भएका छन् । लण्डनस्थित सेन्ट थोमस अस्पतालमा उपचार गराएर निको भएपछि उनी काम सुरु गर्न तयार भएको अधिकारीहरूले जनाएका छन् । उनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरूलाई सोमबारदेखि सामान्य अवस्थामा झैैँ काम गर्न थाल्ने बताएका हुन् । प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुको सल्लाहअनुसार […]

बेलायतबाट लगाउन थालियो कोरोनाविरुद्धको खोप

Published: in विश्व समाचार by . Leave a Comment on बेलायतबाट लगाउन थालियो कोरोनाविरुद्धको खोप.

काठमाडौं । विश्वलाई आक्रान्त बनाइरहेको कोरोना (कोभिड–१९) भाइरसविरुद्धको खोप मानिसमा लगाउन थालिएको छ । कोरोना भाइरसले एक लाख ९० हजार बढी मानिसको ज्यान लिइसकेको अवस्थामा पहिलोपल्ट कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण थालिएको हो । उक्त कोरोना विरुद्धको सम्भावित खोपको परीक्षण बेलायतबाट थालिएको हो । बेलायतमा मानिसमा लगाउन थालिएको कोरोनाविरुद्धको खोपले विश्वलाई एउटा आश जनाएको छ […]

ग्रिनल्याण्ड बन्यो कोरोना भाइरसमुक्त पहिलो देश

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on ग्रिनल्याण्ड बन्यो कोरोना भाइरसमुक्त पहिलो देश.

काठमाडौं  । प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणले विश्वका सबैजसो देशलाई अत्याइरहेका बेला ग्रिनल्याण्ड भने विश्वकै कोरोना भाइरसमुक्त पहिलो देश बन्न सफल भएको छ । यहाँका कोरोना संक्रमित ११ नागरिक उपचारपछि निको भएपछि ग्रिनल्याण्ड कोरोना भाइरसमुक्त पहिलो देश बन्न सफल भएको हो छ । ग्रिनल्याण्डमा अप्रिल ४ यता कोही संक्रमित फेला नपरेको त्यहाँको सरकारले जनाएको छ […]