Sajhamanch Archive

डब्लूएचओको चेतावनी– युवा पनि कोरोना भाइरसको उच्च जोखिममा

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on डब्लूएचओको चेतावनी– युवा पनि कोरोना भाइरसको उच्च जोखिममा.

काठमाडौं । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले युवाहरु पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । डब्लूएचओले जथाभावी हिँडडुल नगर्न र बालबालिका तथा पाका व्यक्तिसँग घुलमिल नगर्न युवाहरुलाई सुझाव दिएको छ । डब्लूएचओका डाइरेक्टर टेडरोज एडहानोम गिब्रियसोसले भनेका छन्, ‘युवाहरुको रोग प्रतिरोधात्मक क्षमता कोरोना भाइरसबाट मुक्त छैन । उनीहरु कसैको मृत्यु र जीवनको […]

कोरोनाबाट इटलीमा एकैदिन ६२७ जनाको मृत्यु ,सचेत हौ

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on कोरोनाबाट इटलीमा एकैदिन ६२७ जनाको मृत्यु ,सचेत हौ.

काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । इटलीमा कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित छन् भने तीमध्ये २ हजार ६ सय ५५ […]

भारतमा एकै दिन कोरोना संक्रमित ४० जना थपिए

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा एकै दिन कोरोना संक्रमित ४० जना थपिए.

काठमाडौं । नेपालसँग खुला सिमाना रहेको भारतमा कोरोना भाइरसको संक्रमण एकै दिन ४० जनामा देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुको संख्या २५० पुगेको छ । भारतका २२ राज्यमा कोरोना फैलिएको छ । सबैभन्दा धेरै संक्रमित महराष्ट्रमा छन् । महाराष्ट्रका चार शहर मुम्बई, पुणे, नागपुर र पिंपरी चिंचवड तथा छत्तीसगढको राजधानी रायपुरलाई […]

कोरोनाबाट ज्यान जानेको संख्या १० हजार नाघ्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट ज्यान जानेको संख्या १० हजार नाघ्यो.

काठमाडौं । महामारीको रूप लिएको कोरोना (कोभिड–१९) संक्रमणबाट ज्यान जानेको संख्या १० हजार नाघेको छ । चीन उद्गम भएर गत डिसेम्बरको अन्तिम साताबाट फैलिएको कोरोनाले आज बिहानसम्म १० हजार ४८ मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोरोनाको उद्गमस्थल मानिने चीनमा भन्दा इटलीमा बढी मानिसको ज्यान गएको छ । चीनमा हालसम्म ३ हजार २ […]

तिब्बत केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on तिब्बत केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प.

काठमाडौं । चीनको तिब्बत केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। आज बिहान ७ बजेर २० मिनेटमा ६.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं आसपासका क्षेत्रमा पनि महसुस भएको थियो। थाहाखबर

कोरोना रोकथामको प्रयास : इरानले थप कैदीबन्दी रिहा गर्ने

Published: (Updated: ) in विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना रोकथामको प्रयास : इरानले थप कैदीबन्दी रिहा गर्ने.

काठमाडौं । कोरोना भाइरस रोकथामको प्रयासमा गत मंगलबार झण्डै ८५ हजार कैदी बन्दीलाई रिहा गरेको इरानले थप १० हजार जनालाई पनि जेलमुक्त गर्ने तयारी गरेको त्यहाँको सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् । सर्वोच्च नेता आयतुल्लाह खमेनीले माफी दिएपछि कैदी–बन्दीहरू रिहा हुनेछन् । सबै प्रक्रिया पूरा गरेर शुक्रबारसम्म थप कैदीबन्दी रिहा हुने समाचारमा उल्लेख छ । […]

अमेरिकाभर फैलियो कोरोना भाइरस, ११५ को मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकाभर फैलियो कोरोना भाइरस, ११५ को मृत्यु.

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ अमेरिकाको सबै राज्यमा फैलिएको छ । मंगलबार अमेरिकाको वेस्ट भर्जिनियामा यो भाइरसको बिरामि फेला परेसँगै यो भाइरस अमेरिकाको ५० वटै राज्यमा फैलिएको हो । अहिलेसम्म यो भाइरसको कारण अमेरिकामा मृत्यु हुनेको संख्या ११५ पुगिसकेको छ । साथै संक्रमितको संख्या पनि ६५०० नाघिसकेको छ । विश्वभर यो भाइरसबाट करिब २ लाख […]

बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा

Published: in टिप्स/जानकारी, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा.

बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा बसेकी छिन् । बेलायतबाट फर्किएलगत्तै उनी आइसोलसनमा बस्ने निर्णय गरेकी हुन्।  लण्डनबाट फर्किँदै गर्दा समाजिक सञ्जाल इन्स्टाग्रामबाट आफू पतिसहित घर फर्किन लागेको सन्देश दिएकी थिइन्। विमानस्थलमा जाँच गरिएको र घर पुगेर परिवारसँगको भेटपछि सोनम दम्पती आइसोलेसनमा बसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस अघि हिजो मात्रै ९७ वर्षीय अभिनेता दिलिपकुमारले सेल्फ आइसोलेसनमा […]

कोरोना भाइरसले डिभोर्सका घटनामा वृद्धि !

Published: in राष्ट्रिय समाचार, विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on कोरोना भाइरसले डिभोर्सका घटनामा वृद्धि !.

विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरसले झण्डै ६ हजार जनाको ज्यान लिइसकेको छ । झण्डै पौने दुई लाख मानिस यसबाट संक्रमित भइसकेका छन् । विश्वको अर्थतन्त्र, आवागमन तथा जनजीवन तहसनहस बनिरहेको छ । कोरोना भाइरसले केवल आर्थिक सामाजिक असर मात्र होइन, केही गम्भीर पारिवारिक असर पनि पार्न थालेको छ । अर्थात् कोरोना भाइरसका कारण दम्पतीहरूमा सम्बन्धविच्छेदका […]

स्पेनी प्रधानमन्त्रीकी पत्नीलाई कोरोना भाइरस

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on स्पेनी प्रधानमन्त्रीकी पत्नीलाई कोरोना भाइरस.

 स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण भएको छ। स्पेनी प्रधानमन्त्रीको कार्यालयले यसको जानकारी दिएको हो। स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको छ। स्पेनी सरकारले संक्रमणलाई ध्यानमा राख्दै देशमा आंशिक लकडाउनु सुरु गरेको छ। उसको यो निर्णय […]