Sajhamanch Archive

भारतमा आज शैक्षिक संस्था,कल कारखाना र व्यापार व्यावसाय ठप्प

Published: in विश्व समाचार by . Leave a Comment on भारतमा आज शैक्षिक संस्था,कल कारखाना र व्यापार व्यावसाय ठप्प.

 भारतमा आन्दोलनरत किसानहरुले आज देशब्यापी बन्द आव्हान गरेका छन् । बन्दका कारण बिहानैदेखि सडक, शैक्षिक संस्था, कल कारखाना र व्यापार व्यावसाय पूर्णरुपमा ठप्प छ । क्रान्तिकारी किसान युनियनको आव्हानमा भएको बन्दलाई विभिन्न ११ राज्य सरकारले पनि समर्थन गरेका छन् । पन्जाब, दिल्ली, राजस्थान, बंगाल, केरला, झारखण्ड, आन्द्र प्रदेश, तेलंगना, महाराष्ट्र, छत्तिसगढ र पुडुचेरीका राज्य सरकारले […]

विवादित बयानपछि सैफले मागे माफी

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on विवादित बयानपछि सैफले मागे माफी.

टी–सिरिजले निर्माण गर्न लागेको चलचित्र ‘आधीपुरुष’मा रावणको भूमिका निर्वाह गर्न लागेका नायक सैफअली खानले आफ्नो विवादस्पद बयानलाई लिएर माफी मागेका छन् । उनले सीताको अपहरणलाई सही कदम भनेका थिए । सैफले माफी माग्दै भनेका छन्–‘मलाई थाहा भयो कि, मेरो एक अन्तरवार्ताले केही मानिसहरुको भावनामा ठेस पुगेको छ । मेरो यस्तो कुनै सोच थिएनँ । म […]

अमेरिकाको क्यालिफोर्निया र सन्फ्रान्सिस्कोमा पुन: लकडाउन

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकाको क्यालिफोर्निया र सन्फ्रान्सिस्कोमा पुन: लकडाउन.

काठमाडों । अमेरिकाको क्यालिफोर्नियामा आजबाट लागु हुने गरी ३ साताका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएपछी क्यालिफोर्निया राज्य सरकारले लकडाउनको घोषणा गरेको हो । क्यालिफोर्निया राज्यका गभर्नर न्युजमले लकडाउनको अवधिभर ब्यापार ब्यबसायहरु बन्द हुने जानकारी दिंदै लकडाउनको नियम पालना गर्न सबैमा अपील गरे । यसअघि गत मार्चमा लकडाउन घोषणा […]

क्षुद्र ग्रहबाट ल्याइएको चट्टान अध्ययनका लागि जापान पठाइयो

Published: in विश्व समाचार by . Leave a Comment on क्षुद्र ग्रहबाट ल्याइएको चट्टान अध्ययनका लागि जापान पठाइयो.

एजेन्सी । ड्युगु नामक क्षुद्र ग्रहबाट संकलन गरिएको चट्टानको नमुना बोकेको जापानी अन्तरिक्ष यानको एक भाग दक्षिण अस्ट्रेलियाबाट संकलन गरी अध्ययनका लागि निरीक्षणपछि जापान पठाइएको छ। जापानी अन्तरिक्ष यान हायाबुसा–२ ले ड्युगुबाट संकलन गरेका ती नमुनालाई यानबाट छुट्टाएर शनिबार पृथ्वीतर्फ झारिएको थियो। सो यानले एक वर्ष सो क्षुद्र ग्रहको अध्ययन गरेको थियो। हासावुसा–२ लाई सन् […]

चीनमा कोइला खानीमा परेर २३ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on चीनमा कोइला खानीमा परेर २३ जनाको मृत्यु.

चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । चीनको चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको बताइएको हो । उक्त क्षेत्रको सो कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले ग्याँस विस्फोट भएको थियो । त्यस दुर्घटनामा परेर २३ जनाको ज्यान गएको थियो । त्यस दुर्घटनामा परेका […]

चीनले चन्द्रमामा झण्डा गाड्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on चीनले चन्द्रमामा झण्डा गाड्यो.

अमेरिकी सफलताको ५० वर्षपछि चीनले पनि चन्द्रमामा आफ्नो झन्डा गाडेको छ । चीनको नेशनल स्पेस विभागले चन्द्रमाको सतहमा चिनियाँ झन्डा गाडिएको तस्बिर सार्वजनिक गरेको हो । तस्बिर चीनको चाङइ ५ यानले खिचेको र जुन अहिले चन्द्रमाको ढुंगाको नमूना सहित पृथ्वीमा फर्कदैछ ।यसअघिका दुईवटा चिनियाँ अन्तरिक्ष मिसनमा झन्डा लगाउने प्रयास गरिएकोमा तिनीहरु सतहमा अडिन सकेका थिएनन् […]

चीन–अमेरिका सम्बन्ध बाइडेन कार्यकालमा कसरी अघि बढ्ला ?

Published: in विश्व समाचार by . Leave a Comment on चीन–अमेरिका सम्बन्ध बाइडेन कार्यकालमा कसरी अघि बढ्ला ?.

एजेन्सी । चीनलाई नियन्त्रित गर्नका लागि अमेरिकाले अघि सारेका अति कडा नियमहरु जे बाइडेनको कार्यकालमा घट्दै जाने विज्ञहरुले अनुमान गरेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सको वार्षिक फोरममा बोल्दै उनीहरुले चीनप्रतिको अमेरिकी रणनीति आधारभूत रुपमा भने निकट भविष्यमै परिवर्तन नहुने धारणा राखे । ‘बाइडेनले कार्यकाल सुरु गरेपछि अनिश्चिततालाई चिर्दै चीन–अमेरिका सम्बन्ध स्थिर अवस्थामा पुुग्नेछ […]

एक फिल्मका लागि रजनीकान्तको पारिश्रमिक कति ?

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on एक फिल्मका लागि रजनीकान्तको पारिश्रमिक कति ?.

साउथ फिल्मका सुपरस्टार रजनीकान्त चाँडै राजनीतिमा होमिने तयारीमा छन् । उनले एक ट्विट गर्दै यही ३१ डिसेम्बरमा आफ्नो राजनीतिक पार्टी घोषणा गर्ने जानकारी दिएका छन् । गएको केही वर्ष अगाडिदेखि नै उनी राजनीतिमा आउने अड्कल काटिएको थियो । तर, अहिलेसम्म उनी अभिनयमा सक्रिय छन् । राजनीतिमा आएपछि उनले फिल्मबाट सन्यास लिनसक्ने चर्चा छ । रजनीकान्तले […]

बेलायतमा कोरोनाविरुद्धको खोप अस्पतालहरुमा वितरण

Published: in विश्व समाचार by . Leave a Comment on बेलायतमा कोरोनाविरुद्धको खोप अस्पतालहरुमा वितरण.

काठमाडौं । बेलायतमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तयार भएको छ । आगामी हप्ताबाट विभिन्न अस्पतालमा उपलब्ध हुने भनिएको उक्त खोप पहिलो चरणमा प्रयोगका लागि तयार भएको बीबीसीले जनाएको छ । यस्तै थप प्रयोजनका लागि ४० करोड डोज खोपको अर्डर भइसकेको समाचारमा जनाइएको छ । करिब २० करोड मानिसलाई लगाइने खोपको पहिलो चरण अस्पतालहरुमा पुर्‍याएसँगै क्रमश […]

चीनको चांग ई–फाइभ यानले पठायो चन्द्रमाका रंगीन तस्बिर

Published: (Updated: ) in विविधा, विश्व समाचार by . Leave a Comment on चीनको चांग ई–फाइभ यानले पठायो चन्द्रमाका रंगीन तस्बिर.

काठमाडौं  । चीनको चांग ई–फाइभ मून मिसनले चन्द्रमाको सतहको पहिलो रंगीन तस्बिर पठाएको छ । चीनको यो मून ल्यान्डरले चन्द्रमाको सतहमा आफ्नो खुट्टा नजिकैदेखि क्षितिजसम्मको तस्बिर खिचेको छ । चन्द्रमाबाट माटो र ढुङ्गाका नमूना पृथ्वीमा पठाउनका लागि तयार पारिएको यो मिशनले मंगलबार सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको थियो । अवतरण गरेलगत्तै यसले चन्द्रमाको सतहबाट नमूना […]