Sajhamanch Archive

बेलायती राजकुमार विलियम ७ महिना पहिले कोरोना सङक्रमित भएको खुलासा

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बेलायती राजकुमार विलियम ७ महिना पहिले कोरोना सङक्रमित भएको खुलासा.

काठमाण्डौ । बेलायती राजकुमार विलियम गएको ७ महिना पहिले अर्थात् अप्रिलमा कोरोना भाइरसबाट सङक्रमित भएको खुलेको छ । प्रिन्स अफ वेल्स अर्थात आफ्ना पिता कोरोना भाइरसबाट सङक्रमित भएकै बेला प्रिन्स विलियम पनि सङक्रमित भएको बीबीसीको खबरमा उल्लेख छ । ३८ वर्षका राजकुमारले आफ्नो सङक्रमणबारे थप चिन्ता नबढोस् भनेर गोप्य राखेका द सन पत्रिकालाई उद्दृत गर्दै […]

१२ लाख नाघ्यो कोरोनाले मृत्यु हुनेको संख्या

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on १२ लाख नाघ्यो कोरोनाले मृत्यु हुनेको संख्या.

एजेन्सी । विश्वभर कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ । जोन्स हप्किन्सि युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर १२ लाख ५ हजार ८४९ जनाको कोरोनाबाट मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा धेरै दुई लाख ३६ हजार भन्दा धेरैको मृत्यु भएको छ भने ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६० […]

४७ बर्षमा पनि उस्तै ऐश्वर्य रायको सौन्दर्य

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on ४७ बर्षमा पनि उस्तै ऐश्वर्य रायको सौन्दर्य.

उमेरले ४७ बर्षकी भइन् ऐश्वर्य राय वच्चन । उनी एक छोरीकी आमा हुन् । यद्यपि यो उमेरमा पनि उनको चमक उस्तै छ, जस्तो कि वैंशालु उमेरमा थियो । उनी आफ्नो सौन्दर्य र स्वास्थ्यका लागि निकै सर्तक छिन् । भनिन्छ, ऐश्वर्यको सौन्दर्यको राज उनले जीउने प्राकृतिक जीवनशैली नै हो । ऐश्वर्य प्राकृतिक खानपानमा रुची राख्छिन् । […]

सपनामा पनि एमसीसीमा हस्ताक्षर हुँदैन: श्रीलंकाली राष्ट्रपति

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on सपनामा पनि एमसीसीमा हस्ताक्षर हुँदैन: श्रीलंकाली राष्ट्रपति.

काठमाडौं  । श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले आफ्नो सरकारले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा सपनामा पनि हस्ताक्षर नगर्ने बताएका छन् । राजापाक्षेले एक पत्रिकासँग कुरा गर्दै सपनामा समेत एमसीसीमा हस्ताक्षर नगर्ने स्पष्ट पारेका हुन् । ‘सपनामा पनि एमसीसीमा हस्ताक्षर हुने छैन,’ राजापाक्षेले भनेका छन् । राजापाक्षेले हालै भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री माइक पम्पेओसँग सौहार्द्र वार्ता […]

टर्की भूकम्प: मृत्तकको संख्या ४२ पुग्यो

Published: in विश्व समाचार by . Leave a Comment on टर्की भूकम्प: मृत्तकको संख्या ४२ पुग्यो.

टर्की । टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको यहाँका अधिकारीहरुले जनाएका छन् । यो भूकम्पको धक्का अन्य छिमेकी देशहरुमा पनि महसुस भएको बताइएको थियो । तर पनि ती देशहरुमा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । टर्कीको […]

चीनले लाखौंलाई लगाइसक्यो कोरोना भ्याक्सिन, तर बोल्न निषेध

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on चीनले लाखौंलाई लगाइसक्यो कोरोना भ्याक्सिन, तर बोल्न निषेध.

चीनले अहिलेसम्म लाखौं जनतालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन दिएको खुलेको छ। तर कोरोनाविरुद्धको भ्याक्सिन लिएकाहरुलाई त्यहाँको सरकारले यो कुरालाई गोप्य नै राख्न कडा निर्देशन दिएको छ। चीन सरकारले कयौँ कम्पनीका कर्मचारीलाई भ्याक्सिन लगाएको बारेमा कम्पनीको व्यवस्थापनका अलावा अरुलाई यसबारेमा थाहा भएमा कडा कारवाही गर्ने चेतावनी दिएको छ। लस एन्जेलस टाइम्सको एक रिपोर्ट अनुसार केही […]

बेलायतमा पुनः लकडाउन

Published: in विश्व समाचार by . Leave a Comment on बेलायतमा पुनः लकडाउन.

एजेन्सी । बेलायतले दोस्रो पटक देशव्‍यापी बन्दीबन्दी (लकडाउन) घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि आगामी विहीबारदेखि चार हप्ताका लागि बन्दाबन्दी घोषणा गरिएको हो । यसअघि बेलायतमा यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो । प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी यो पटकको बन्दाबन्दीमा पहिले जस्तो […]

विश्वमै कठोर शासक मानिने किमले श्रीमतीका लागि पनि बनाएका छन् यस्ता नियम

Published: in विश्व समाचार by . Leave a Comment on विश्वमै कठोर शासक मानिने किमले श्रीमतीका लागि पनि बनाएका छन् यस्ता नियम.

एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उन विश्वमै शक्तिशाली आणविक क्षमता भएका शासक हुन् । उनले अमेरिकालाई समेत बारम्बार क्षेप्यास्त्र परीक्षण गरेर चुनौति दिँदै आएका छन् । त्यति मात्र होइन उत्तर कोरियामा निकै डरलाग्दा कानुनहरु रहेका छन् । आफ्ना देशका जनताका लागि अलग–अलग कानुन बनाउने किमले आफ्नी श्रीमतीका लागि पनि निकै कडा नियमहरु बनाएका […]

दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीलाई भ्रष्टाचार मुद्दामा पुनः जेल सजाय

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीलाई भ्रष्टाचार मुद्दामा पुनः जेल सजाय.

काठमाडौं । दक्षिण कोरियाली पूर्वराष्ट्रपति ली म्युङ वाकलाई सर्वोच्च अदालतले बिहीबार भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो । फैसलाको पर्खाइमा रहेका लीले आफ्ना विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप लागेको थियो । यो फैसलाले […]

रोमानियामा पाँच सय नेपालीलाई कोरोना संक्रमण, दुई दर्जनको अवस्था गम्भिर

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on रोमानियामा पाँच सय नेपालीलाई कोरोना संक्रमण, दुई दर्जनको अवस्था गम्भिर.

पेरिस  । युरोपेली मुलुक रोमानियामा करीब पाँच सय नेपाली कोरोना भाइरस संक्रमित भएका छन् । संक्रमितमध्ये दुई दर्जनको अवस्था गम्भीर छ । केही नेपाली उपचारपछि फर्किएका तथा करिब डेढ सय नेपालीहरू घरैमा आइसोलेसनमा छन् । रोमानियाका अस्पतालहरू कोभिड–१९ का बिरामीले भरिएपछि उनीहरू आफ्नै घरमा बस्न बाध्य भएका हुन् । रोमानियाको राजधानी बुखारेस्टका अधिकांश अस्पतालहरू कोभिड–१९ का बिरामीले भरिएका छन् । […]