Sajhamanch Archive

कोरोना नियन्त्रणमा नआएपछि फ्रान्सका ९ वटा शहरमा कफ्र्यू

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना नियन्त्रणमा नआएपछि फ्रान्सका ९ वटा शहरमा कफ्र्यू.

फ्रान्सले कोरोना संक्रमण दर उच्च हुँदै गएपछि स्वास्थ्य आपतकाल लागू गर्दै राजधानी पेरिससहित ९ वटा शहरमा ४ साताका लागि कफ्र्यू आदेश जारी गरिएको छ । फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले टेलिभिजन सन्देशमार्फत राति ९ बजेदेखि बिहान ६ बजेसम्मका लागि कफ्र्युृ आदेश जारी गरिएको जानकारी दिए। सन्देशमा उनले कफ्र्यूको समयमा कोही पनि ब्यक्ति घरबाट बाहिर ननिस्कन आग्रह […]

चेक रिपब्लिकमा तीन साताको लागि लकडाउन गर्ने घोषणा

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on चेक रिपब्लिकमा तीन साताको लागि लकडाउन गर्ने घोषणा.

काठमाडौं । कोरोना संक्रमण दर उच्च हुँदै गएपछि चेक रिपब्लिकमा तीन साताको लागि लकडाउन गर्ने घोषणा गरेको छ ।जसका कारण त्यहाँको शिक्षण संस्था, होटल, रेष्टुराँ र क्लबहरु पूर्णरुपमा बन्द रहने छन् । त्यसैगरी मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाइएको छ । कोरोना संक्रमितको संख्या १ लाख नाघेपछि संक्रमण नियन्त्रणका लािग सरकारले लकडाउन गर्न लागेको अन्तर्राष्ट्रिय समाचार […]

झुठो बयान दिएपछि छिमेकी विरुद्ध रियाको उजुरी

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on झुठो बयान दिएपछि छिमेकी विरुद्ध रियाको उजुरी.

ड्रग्सको मुद्दामा जमानमा रिहा भएकी बलिउड नायिका रिया चक्रवर्तीले झुटो बयान दिएको भन्दै आफ्नो छिमेकी विरद्ध सीबीआइमा उजुरी दिएकी छिन् । आफ्नी छिमेकी डिम्पल थवानीले सीवीआइलाई झुटो रिपोर्ट दिएर मुद्दा भड्काउने कोशिश गरेको आरोप रियाको छ । रियाले सीवीआइको नाममा लेखेको पत्रमा आफ्नी छिमेकी डिम्पलले मिडियामा सुशान्त र आफ्नो बारेमा झुटो बयान दिएको उल्लेख गरेकी […]

बंगलादेशमा अब बलात्कारीलाई मृत्युदण्ड दिइने

Published: in विश्व समाचार by . Leave a Comment on बंगलादेशमा अब बलात्कारीलाई मृत्युदण्ड दिइने.

बंगलादेशमा बलात्कारीलाई फाँसीको सजाय दिने गरी कानुन संशोधन गरिएको छ । बलात्कारका घटनामा लगातार बढोत्तरी हुन थालेपछि बंगलादेश सरकारले कानुन संशोधन गर्दै दोषीलाई कठोर सजायको व्यवस्था गरेको हो । बंगलादेशका कानुनमन्त्री अनिसुल हकका अनुसार राष्ट्रपतिले हस्ताक्षर गरेपछि मंगलबारबाट यो कानुन लागू हुनेछ । केही अघि बंगलादेशमा सामुहिक बलात्कारको एउटा घटनाको विरोधमा देशव्यापी प्रदर्शन भएको थियो […]

प्रभास र दीपिकाको फिल्ममा अमिताभ बच्चनको इन्ट्री

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on प्रभास र दीपिकाको फिल्ममा अमिताभ बच्चनको इन्ट्री.

अभिनेता अमिताभ बच्चनले दीपिका पादुकोण र प्रभाससँग एउटै फिल्ममा काम गर्ने भएका छन् । व्याजयन्ती मुभिजको फिल्ममा उनीहरु एकसाथ देखिन लागेका हुन् । प्रभास र दीपिकासँग निर्माण कम्पनीले यसअघि नै सम्झौता गरेको थियो । शुक्रवार व्याजयन्ती मुभिजले यूट्युबमा एक भिडियो सार्वजनिक गर्दै फिल्ममा अमिताभ बच्चनको प्रवेश भएको जानकारी गराएको हो । भिडियोमा अमिताभ बच्चनले काम […]

संक्रमणमुक्त भएको दुई महिनापछि महिलाको आँखामा कोरोनाभाइरस भेटियो

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on संक्रमणमुक्त भएको दुई महिनापछि महिलाको आँखामा कोरोनाभाइरस भेटियो.

चीनमा कोरोनाभाइरसको एउटा अनौठो मामिला सार्वजनिक भएको छ । कोरोनाभाइरसको संक्रणबाट मुक्त भएकी ६४ वर्षीया महिलाको आँखामा २ महिनापछि पनि कोरोनाभाइरस भेटिएको हो । कयौँ अध्ययनले यसअघि नै आँखा रातो हुनु र सुन्निनुलाई कोरोनाभाइरसको लक्षण मानेको छ । लगातार ५ दिनसम्म सुख्खा खोकी र ९ दिनसम्म झाडापखालाको लक्षणपछि ती महिला गत जनवरी ३१ मा अस्पताल […]

भारतमा संक्रमित संख्या ७० लाख नाघ्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारतमा संक्रमित संख्या ७० लाख नाघ्यो.

पछिल्लो समय विश्वमै कोरोना भाइरसको संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ७० लाख नाघेको छ । एकै दिन ७४ हजार पाँच सय ३५ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ७० लाख ५१ हजार पाँच सय ४३ पुगेको हो । कोरोनाका कारण भारतमा एक लाख आठ हजार तीन सय ७१ जनाको मृत्यु भइसकेको छ […]

लिबियामा सात भारतीय नागरिकको अपहरण

Published: in विश्व समाचार by . Leave a Comment on लिबियामा सात भारतीय नागरिकको अपहरण.

काठमाण्डौ । भारतका सात जना नागरिक लिबियामा अपहरणमा परेका छन् । लिबियाको निर्माण तथा तेल प्रशोधन केन्द्रमा कार्यरत भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका सात जना नागरिक अपहरणमा परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत फर्कनका लागि त्रिपोली विमानस्थल जाने क्रममा उनीहरु अपहरणमा परेका खबरमा उल्लेख छ । भारतीय विदेश मन्त्रालयले उनीहरुलाई अपहरणमुक्त […]

उत्तर कोरियाद्वारा सबैभन्दा ठूलो सैन्य परेडको तयारी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on उत्तर कोरियाद्वारा सबैभन्दा ठूलो सैन्य परेडको तयारी.

काठमाडौं । उत्तर कोरियाले सबैभन्दा ठूलो सैन्य परेडको तयारी गरेको छ । अमेरिकाले आर्थिक प्रतिवन्ध लगाएयता लगातार सैन्य शक्ति प्रदर्शन गरीरहेको उत्तर कोरियाले आणविक हतियार परीक्षणको समेत तयारी गरेको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले आंकलन गरेका छन् । वर्कर्स पार्टीको ७५ औं वर्षगाँठ मनाउने तयारी गरेको उत्तरले थप सैन्य अभ्यास तथा आणविक हतियार प्रक्षेपण गर्न सक्ने […]

फिनल्याण्डमा १६ वर्षीया किशोरी बनिन् प्रधानमन्त्री

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on फिनल्याण्डमा १६ वर्षीया किशोरी बनिन् प्रधानमन्त्री.

काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिन देशको सबैभन्दा युवा प्रधानमन्त्री छन् । तर भर्खर मात्रै उनले प्रधानमन्त्रीको पद एक दिनका लागि १६ वर्षीया एक किशोरीलाई सुम्पिएका छन् । सन्ना मरिनले किशोरीहरुको आवाज बुलन्द गर्नको लागि यस्तो कदम उठाएका हुन् । किशोरीहरुको अधिकारलाई बढावा दिनका लागि सन्ना मरिनले दक्षिण फिनल्याण्डको वास्कीमा रहने १६ वर्षीया किशोरी आभा […]