Sajhamanch Archive

सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीनबीच पाँच बुँदे सहमति

Published: in विश्व समाचार by . Leave a Comment on सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीनबीच पाँच बुँदे सहमति.

काठमाडौं । भारत र चीनले दुई देशबीचको सीमा क्षेत्रमा देखापरेको तनावलाई कम गर्ने विभिन्न पाँच बुँदे सहमति गरेका छन् । बिहीबार दुई देशका विदेशमन्त्रीहरु बीच भएको छलफलमा सो सहमति भएको हो । ‘सीमामा देखिएको अहिलेको अवस्था दुवै पक्षको हितमा नरहेको’ मा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यी सहमत रहेको बैठकपछि जारी […]

बेरूतको बन्दरगाह नजिकै ‘ठूलो आगलागी’

Published: in विश्व समाचार by . Leave a Comment on बेरूतको बन्दरगाह नजिकै ‘ठूलो आगलागी’.

एजेन्सी । लेबनानको राजधानी बेरूतस्थित बन्दरगाहमा बिहीबार विशाल आगलागी भएको एलबीसीआई नामक स्थानीयस टेलिभिजन च्यानलले जनाएको छ । लेबनानी सेनाले एउटा भण्डारगृहमा ‘वेल्डिङ’ गर्ने क्रममा नजिकै रहेको भण्डार गरिएको तेल र टायरमा सल्किँदा आगलागी भएको बताएको छ । स्थानीय स्वयम्सेवक र सुरक्षाकर्मीहरूले आगो निभाउन जुटेका छन् भने उक्त स्थानबाट सयौँको सङ्ख्यामा स्थानीयलाई सुरक्षित स्थानमा जान […]

उत्तरी क्यालिफोर्नियाको डढेलो अझ फैलियो, तीनजनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on उत्तरी क्यालिफोर्नियाको डढेलो अझ फैलियो, तीनजनाको मृत्यु.

एजेन्सी । उत्तरी क्यालिफोर्नियाको जंगलमा सल्किएको डढेलोमा परेर बुधबार तीन व्यक्तिको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरुका अनुसार तिब्र गतिका साथ फैलिएको डढेलोका कारण वन छेउमा घरबास हुने हजारौं व्यक्ति आआफ्ना घर छाड्न बाध्य भएका छन् । पहाडी इलाकाको वन डढेलो फैलिएर घरबस्ती भएको तल्लो समथर भूभागमा आइपुगेको अधिकारीहरुले बताएका छन् । क्यालिफोर्नियाको राजमार्ग गस्ती […]

अमेरिकाले १ हजार बढी चिनियाँ विद्यार्थीहरुको भिसा रद्द गर्‍यो

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकाले १ हजार बढी चिनियाँ विद्यार्थीहरुको भिसा रद्द गर्‍यो.

काठमाण्डौ।अमेरिकाले एक हजारभन्दा धेरै चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको छ । सुरक्षा जोखिमका कारण एक हजार चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको अमेरिकी विदेश मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शङ्का देखिएको भन्दै उनीहरुको भिसा रद्द गरेको जनाएको छ । यसबारे चीनले […]

भारतमा झन् बढे कोरोना संक्रमित, प्रतिदिन लाखको नजिक पुग्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा झन् बढे कोरोना संक्रमित, प्रतिदिन लाखको नजिक पुग्यो.

बुधबार भारतमा कोरोना भाइरस संक्रमित संख्याले नयाँ बिन्दु कायम भएको छ,एकैदिन ९७ हजार बढी नयाँ संक्रमित थपिएपछि संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको हो। टाइम्स अफ इण्डियाले बुधबार भारतमा एकैदिन ९७ हजार ३ सय ९९ जना नयाँ संक्रमित फेला परेको जनाएको छ। यो संख्या महामारी सुरू भएयता एकैदिन भेटिएको उच्च संख्या हो। भारतमा कुल संक्रमित […]

यो हो विश्वकै महँगो तरकारी, १ किलोको मूल्य डेढ लाख रुपैयाँ

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on यो हो विश्वकै महँगो तरकारी, १ किलोको मूल्य डेढ लाख रुपैयाँ.

काठमाडौं । मान्छेले खाने तरकारी यतिसम्म महँगो हुन्छ भन्ने कुरा जो कोहीलाई पत्यार नलाग्न सक्दछ । तर यो दुनियामा एउटा यस्तो तरकारी छ, जसको मूल्य एक किलोकै झण्डै डेढ लाख रुपैयाँ पर्दछ । सोही कारण यो तरकारी विश्वकै सबैभन्दा महँगो तरकारी बनेको छ । यो तरकारीको नाम ‘हप शुट्स’ हो । उक्त तरकारीको बोटमा लाग्ने […]

इतिहासमा आज – भारतको अपहरित विमान पाकिस्तानले उद्धार गरिदियो

Published: in विश्व समाचार by . Leave a Comment on इतिहासमा आज – भारतको अपहरित विमान पाकिस्तानले उद्धार गरिदियो.

एजेन्सी । आज १० सेप्टेम्बर । सन् १९७६ मा भारतमा संकटकाल थियो । बिहान ७ बजेर ३० मिनेट जाँदा दिल्लीको पालम हवाई अड्डाबाट बोइङ ७३७ विमान ६६ यात्रुहरुलाई लिएर मुम्बईका लागि हिँड्ने तयारीमा थियो । यस समय जहाजको कमान्ड पाइलट बिएन रेड्डी र सह–पाइलट आरएस यादवको हातमा थियो । मुम्बई पुग्नअघि यो विमान पहिले जयपुर […]

८६ वर्षीया वृद्धामाथि बलात्कार

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on ८६ वर्षीया वृद्धामाथि बलात्कार.

एजेन्सी । हरेक वर्ष भारतमा हज्जारौं–लाखौं बलात्कारका मुद्दा दर्ता हुने गर्छन् तर यीमध्ये केही यस्ता घटना छन् जसले थुप्रैले ध्यान आकृष्ट गरेका हुन्छन् । भारतको राजधानी दिल्लीमा यस्तै एउटा घटना सार्वजनिक भएको छ जसमा एक व्यक्तिले ८६ वर्षकी वृद्धामाथि बलात्कार गरेका छन् । दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालिवालले दिएको जानकारी अनुसार ती वृद्धा बेलुकी […]

एउटा झिंगा मार्ने चक्करमा घरै खरानी

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on एउटा झिंगा मार्ने चक्करमा घरै खरानी.

फ्रान्समा एकजना व्यक्तिले केवल एउटा झिंगा मार्ने प्रयासमा आफ्नै घर जलाएका छन् । आगजनीबाट उनको घरमा ठूलो क्षति पुगेको छ र अधिकांश हिस्सा जलेको छ । फ्रान्सको दोर्दोनमा बस्ने करीब ८० वर्षका ती वृद्ध व्यक्ति बेलुकी खाना खाने बेलामा डाइनिङ रुममा एउटा झिंगा भन्भनाएपछि दिक्क भए । त्यसपछि उनले लामखुट्टेलगायतका स-साना किटपतंग मार्नका लागि प्रयोग […]

अफगानी उपराष्ट्रपतिलाई निशाना बनाएर बम विस्फोट, १० जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अफगानी उपराष्ट्रपतिलाई निशाना बनाएर बम विस्फोट, १० जनाको मृत्यु.

अफगानिस्तानका उपराष्ट्रपति अमुरुल्लाह सलेहलाई निशाना बनाएर गरिएको बम विस्फोटमा १० जनाको मृत्यु भएको छ । अफगानिस्तानका पूर्व गुप्तचर विभाग प्रमुखसमेत रहेका सलेहको हात र मुख जलेको छ । केही भिडियो फुटेजहरुमा धुवाँको ठूलो मुस्लो उडिरहेको देखिएको छ । तालिबान र अफगानी अधिकारीहरुले पहिलो पटक औपचारिक वार्ताको तयारीमा भएको बेला उक्त विस्फोट भएको छ । उपराष्ट्रपति […]