Sajhamanch Archive

अफगानिस्तानको घाज्नीमा बम हमला, सात जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अफगानिस्तानको घाज्नीमा बम हमला, सात जनाको मृत्यु.

एजेन्सी । अफगानिस्तानको घाज्नी प्रान्तमा शनिबार प्रहरी चौकीलाई लक्षित गरी भएको कार बम बिस्फोटमा सात जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता तारेक एरियनका अनुसार सशस्त्र विद्रोहीहरुले बिस्फोटक पदार्थले भरिएको कार घाज्नी शहरको बाहिरी इलाकामा रहेको कोटाल रावा प्रहरी चौकीमा साँझ ७:४५ बजे बिस्फोट गराएका थिए । प्रवक्ता तारेकले […]

भारतीय विदेश मन्त्रालयले भन्यो: बुद्ध नेपालमै जन्मिएका हुन्

Published: in विश्व समाचार by . Leave a Comment on भारतीय विदेश मन्त्रालयले भन्यो: बुद्ध नेपालमै जन्मिएका हुन्.

काठमाडौं । भारतीय विदेश मन्त्रालयले मन्त्री एस जयशंकरको भगवान गौतम बुद्धको जन्मभूमिबारे विवादास्पद अभिव्यक्ति सच्याएको छ । शनिबार एक भर्चुअल सम्मेलनमा जयशंकरले बुद्ध महान भारतीय भएको बताएका थिए । तर, आइतबार मन्त्रालयले जयशंकरको अभिव्यक्ति सच्याएको हो । मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको छ( ‘बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन […]

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ७ लाख २९ हजार नाघ्यो

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ७ लाख २९ हजार नाघ्यो.

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख २९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका हालसम्म कोरोनाले विश्वमा ७ लाख २९ हजार ५६८ को मृत्यु भइसकेको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । त्यस्तै,विश्वमा कोरोना संक्रमित हुनेको संख्या एक […]

टिकटक र विच्याटमाथिको प्रतिबन्ध महत्त्वपूर्ण कुरा होइन– विज्ञहरु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on टिकटक र विच्याटमाथिको प्रतिबन्ध महत्त्वपूर्ण कुरा होइन– विज्ञहरु.

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अमेरिकी विज्ञहरुले यो कुरा महत्त्वपूर्ण नभएको प्रतिक्रिया दिएका समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा बिहीबार मात्र हस्ताक्षर गरेका थिए । त्यसको एकदिन पछि अमेरिकी विज्ञहरुबाट यो प्रतिक्रिया आएको सो समाचारमा उल्लेख […]

श्रीलङ्कामा राजापाक्षको पार्टी अत्यधिक मतका साथ विजयी

Published: in विश्व समाचार by . Leave a Comment on श्रीलङ्कामा राजापाक्षको पार्टी अत्यधिक मतका साथ विजयी.

एजेन्सी । श्रीलङ्कमा बुधबार भएको संसदीय निर्वाचनबाट सत्तारुढ दल अत्यधिक मतका साथ विजयी भएको छ । प्रधानमन्त्री महेन्दा राजापाक्ष नेतृत्वको श्रीलङ्का पुडुजाना पेरामुना (एसएलपीपी) ले संसदमा अत्यधिक बहुमत ल्याएको निर्वाचन आयोगले शुक्रबार घोषणा गरेको छ । सो पार्टीले कुल २२५ सिटमध्ये १४५ सिटमा सफलता हासिल गरेको आयोगको जनाएको छ । यो जित सङ्ख्या सर्वेक्षणकर्ताहरुले देखाएको […]

एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनाग्रस्त

Published: in विश्व समाचार, समाज by . Leave a Comment on एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनाग्रस्त.

एजेन्सी । एयर इन्डिया एक्सप्रेसको एक विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । भारतको केरलाको कोझिकोड एयरपोर्ट छेउमा भएको उक्त विमान दुर्घटनामा कम्तिमा पाइलटसहित १६ जनाको मृत्यु भएको हो । मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । दुर्घटना १२३ जनाभन्दा बढी घाइते भएको जनाइएको छ । दुवईबाट आइरहेको सो विमानमा चालक दलका […]

बेरूत विस्फोटका कारण ८० हजार बालबालिका विस्थापित

Published: in विश्व समाचार by . Leave a Comment on बेरूत विस्फोटका कारण ८० हजार बालबालिका विस्थापित.

एजेन्सी । गत मङ्गलबार लेबनानको राजधानी बेरूतमा भएको विस्फोटका कारण करिब ८० हजार बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) ले शुक्रबार जनाएको छ । विस्फोटका कारण धेरै बालबालिकामा मनोवैज्ञानिक प्रभाव परेकोप्रति चिन्ता व्यक्त गर्दै पिडित बालबालिका तथा उनीहरूको परिवारलाई सहयोग पु¥याउने प्रयास भइरहेको यूनिसेफले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । “विगत ४८ घण्टादेखि यूनिसेफले […]

फिल्म पाउन कसैसँग अफेयर गरिनँ : रवीना

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on फिल्म पाउन कसैसँग अफेयर गरिनँ : रवीना.

रवीना टन्डन ९० को दशककी सबैभन्दा सफल अभिनेत्रीमध्ये एक हुन् । उनले ‘मोहरा’, ‘पत्थर के फुल’, ‘अन्दाज अपना अपना’, ‘लाडला, ‘दूल्हे राजा’ सहित कयौं सफल फिल्ममा काम गरेकी छन् । पिंकविलासँगको कुराकानीको क्रममा उनले बलिउडमा आफ्नो कोही गडफादर नभएको, कुनै ग्रुपसँग नजिक नभएको र आफूलाई प्रमोट गर्ने कुनै हिरो पनि नभएको बताएकी छन् । उनले […]

रियासहित ६ जना विरुद्ध सीबीआइले गर्यो एफआइआर दर्ता

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on रियासहित ६ जना विरुद्ध सीबीआइले गर्यो एफआइआर दर्ता.

बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्याको मुद्दा अब सीबीआइले हेर्ने भएको छ । पटना सरकारको आग्रहमा भारतको केन्द्र सरकारले सीबीआइलाई यो घटनाको छानबिन गर्न अनुमती दिएसँगै घटनाले नयाँ मोड लिएको छ । सीबीआइले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती सहित ६ जना विरुद्ध एफआइआर दर्तागरेको छ । जसमा रियाका भाई, पिता, आमा, सुशान्तका घरमा काम गर्ने २ […]

कोरोना खतरनाक ! चीनमा निको भएका ९० प्रतिशतको अझै फोक्सोको प्वाल टालिएको छैन

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना खतरनाक ! चीनमा निको भएका ९० प्रतिशतको अझै फोक्सोको प्वाल टालिएको छैन.

एजेन्सी । कोरोना भाइरसको माहामारी एवं संक्रमण विश्वभर भयावह रुपमा फैलिइ रहेको छ । सबैभन्दा पहिले चीनमा सुरु भएको भाइरसको त्यहाँ नियन्त्रणमा समेत आइसकेको छ । यद्यपी चीनको वुहानमा कोरोना संक्रमण भएर निको भएका ९० प्रतिशत मानिसको फोक्सो ड्यामेज भएको अध्ययन सार्वजनिक भएको छ। संक्रमण भएर निको भएकाहरुको स्वास्थ्य अवस्थामाथि अनुसन्धान गरिरहेको वुहान विश्वविद्यालय अन्र्तगतको […]