Sajhamanch Archive

यी १२ देशमा अझै देखिएको छैन कोरोना भाइरस, छैन कसैलाई रोगको चिन्ता

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on यी १२ देशमा अझै देखिएको छैन कोरोना भाइरस, छैन कसैलाई रोगको चिन्ता.

काठमाडौं । सन् २०१९ को डिसेम्बरसम्म कोरोना भाइरस चीनमा सीमित देखिएको थियो । तर, त्यसको केही हप्तापछि नै कोभिड–१९ वैश्विक महामारीमा परिणत भयो । यस रोगको संक्रमण १८८ देशमा फैलिसकेको छ । जोन होप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभर यस भाइरसबाट एक करोड ४२ लाख जना संक्रमित भइसकेका छन् भने ६ लाख बढीले ज्यान गुमाइसकेका छन् […]

विश्वमा लगातार दोश्रो दिन कीर्तिमानी संख्यामा कोरोना संक्रमित फेला परे

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on विश्वमा लगातार दोश्रो दिन कीर्तिमानी संख्यामा कोरोना संक्रमित फेला परे.

विश्व स्वास्थ्य संगठनले लगातार दोश्रो दिन विश्वमा कीर्तिमानी संख्यामा कोरोना भाइरस संक्रमित फेला परेको जनाएको छ। रोयटर्समा प्रकाशित समाचारमा बितेका २४ घण्टामा २ लाख ५९ हजार ८ सय ४८ जना संक्रमित फेला परेपछि संक्रमित संख्यामा लगातार दोश्रो दिन नयाँ कीर्तिमान कायम भएको हो। शनिबारमात्र विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना संक्रमितको दैनिक वृदधिमा नयाँ रेकर्ड कायम […]

नागरिक अधिकारका लागि सिंह मानिने अमेरिकी सांसद लेविसको निधन

Published: in राजनीति, विश्व समाचार by . Leave a Comment on नागरिक अधिकारका लागि सिंह मानिने अमेरिकी सांसद लेविसको निधन.

अट्लान्टा । अमेरिकामा नागरिक अधिकारका लागि सिंह मानिने सांसद जोन लेविसको निधन भएको छ । नागरिक अधिकारको लडाइँका लागि अमेरिकामा अनुकरणीय, प्रशंसनीय र उच्च आदरणीय व्यक्तिको रुपमा चिनिने लेविसको ८० वर्षको उमेरमा शुक्रबार निधन भएको हो । अमेरिकाका सभामुख नान्सी पेलोसीले लेविसको निधनको पुष्टि गरेका हुन् । सभामुख पेलोसीले स्वर्गीय लेविसलाई नागरिक अधिकारका लागि लडेको […]

कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख नाघ्यो.

एजेन्सी । कोरोना संक्रमितको संख्या विश्वमा एक करोड ४२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ४२ लाख ११ हजार ६५२ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको […]

कोरोनाले विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ९२ हजार नाघ्यो

Published: in विश्व समाचार by . Leave a Comment on कोरोनाले विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ९२ हजार नाघ्यो.

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ९२ हजार नाघेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ९२ हजार ७९१ जना पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल रहेको छ । चीनबाट […]

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ५ लाख ८७ हजार नाघ्यो

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ५ लाख ८७ हजार नाघ्यो.

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ८७ हजार नाघेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ८७ हजार ३२७ जना पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल रहेको छ । चीनबाट […]

भारतको आसाममा बाढी, मृत्यु हुनेको संख्या ५९ पुग्यो

Published: in विश्व समाचार, समाज by . Leave a Comment on भारतको आसाममा बाढी, मृत्यु हुनेको संख्या ५९ पुग्यो.

एजेन्सी । भारतीय राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीका कारण यहाँ जनधनको ठूलो क्षति भएको बताइएको छ । आसाममा मात्र बुधबार रातिसम्म मृत्यु हुनेको संख्या ५९ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आसामका कम्तीमा पनि ३० जिल्लाका ४५ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका बताइएको छ […]

कोरोनाद्वारा संक्रमित अमिताभ बच्चनले गरे अस्पतालबाट पोस्ट, यी ६ काम नगर्न सुझाए

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाद्वारा संक्रमित अमिताभ बच्चनले गरे अस्पतालबाट पोस्ट, यी ६ काम नगर्न सुझाए.

कोभिड–१९ अर्थात् कोरोनाभाइरसद्वारा संक्रमित भएपछि अमिताभ बच्चन नानावती अस्पताल भर्ना भएका छन् । अस्पतालमा रहँदा पनि उनी सोसल मिडियामार्फत् आफ्ना प्रशंसकसँग टचमा छन् र उनलाई लगातार अपडेट दिइरहेका छन् । उनले आफ्नो पछिल्लो इन्स्टाग्राम पोस्टमा संस्कृतको श्लोक पोस्ट गरेका छन् । अमिताभले आफ्नो एउटा तस्बिर पोस्ट गर्दै ज्ञानको कुरा साझा गरेका छन् । उनले फोटोको […]

ओबामा र बिल गेट्ससहित विश्वका चर्चित व्यक्तीहरुको ट्वीटर एकाउण्ट ह्याक

Published: in विश्व समाचार by . Leave a Comment on ओबामा र बिल गेट्ससहित विश्वका चर्चित व्यक्तीहरुको ट्वीटर एकाउण्ट ह्याक.

एजेन्सी । विश्वका प्रख्यात धनाढ्य एवं चर्चित व्यक्तीहरुको सामाजिक सञ्जाल ‘ट्वीटर’ एकाउण्ट ह्याक भएको छ । अर्बपतिहरु बिल गेट्स, एलन मस्क, जेफ बेजोस, पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा, गायक केन्या वेष्टलगायतको ट्वीटर एकाउण्ट ह्याक भएको हो । यी ब्यक्तिहरुको एकाउण्ट ह्याक गर्नेले क्रिप्टोकरेन्सी भनेर चिनिने अभौतिक मुद्रा बिटक्वाइनको प्रयोगबारे अफबाह फैलाएका थिए । ह्याकरहरुले बिल […]

कोरोना संक्रमितको संख्या एक करोड ३४ लाख नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितको संख्या एक करोड ३४ लाख नाघ्यो.

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा एक करोड ३४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ३४ लाख ७८ हजार ५९४ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल र तेश्रो नम्बरमा छिमेकी देश भारत रहेको छ […]