Sajhamanch Archive

सुशान्तले आत्महत्या अघि गुगलमा यो कुरा सर्च गरेका थिए, मोबाइलको फरेन्सिक रिपोर्ट सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on सुशान्तले आत्महत्या अघि गुगलमा यो कुरा सर्च गरेका थिए, मोबाइलको फरेन्सिक रिपोर्ट सार्वजनिक.

भारतीय सञ्चार माध्यम जीन्यूज इन्डियाका अनुसार सुशान्तले १४ जूनमा आत्महत्या गर्नुअघि करिब सवा १० बजे आफ्नो मोबाइलको गुगल सर्च इन्जिनमा आफ्नै नाम सर्च गरेका थिए । उनले मोबाइलको सर्च हिस्ट्रिमा ‘सुशान्त सिंह राजपूत’ नाम सर्च गरेका थिए । त्यसपछि खुलेका केही न्यूज पोर्टल पनि खोलेर हेरेका थिए ।स्रोतले दाबी गरे अनुसार सुशान्त सिंह राजपूतसँग नजिक […]

कोरोना संक्रमणको आशंकामा ४७ बाख्रालाई क्वारेन्टिनमा राखियो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कोरोना संक्रमणको आशंकामा ४७ बाख्रालाई क्वारेन्टिनमा राखियो.

एजेन्सी । भारतको कर्नाटकको एक गाउँमा कोरोना संक्रमणको आशंकामा ४७ वटा बाख्रालाई क्वारेन्टिनमा राखिएको छ । कर्नाटकको तुमाकुरी जिल्लास्थित गोडेकेरे गाउँमा एकजना बाख्रा गोठालोलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनका चारवटा बाख्राको मृत्यु पनि भयो । यसबारे स्थानीय प्रशासनलाई जानकारी दिइयो । स्थानीय प्रशासनले पशु चिकित्सकहरुलाई बाख्रामा कोरोना परीक्षण गर्न नमूना संकलन गर्न पठायो […]

हङकङमा २३ औँ स्वतन्त्रता दिवस मनाउन भेला भएका कैयाैँ प्रदर्शनकारी पक्राउ

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on हङकङमा २३ औँ स्वतन्त्रता दिवस मनाउन भेला भएका कैयाैँ प्रदर्शनकारी पक्राउ.

एजेन्सी । हङकङमा २३ औँ स्वतन्त्रता दिवस मनाउन भेला भएका कैयौँ प्रदर्शनकारी पक्राउ परेका छन् । बेलायतले हङकङ चीनलाई फिर्ता दिएको २३ वर्ष पुगेको अवसरमा खुसीयाली मनाउन निस्केका स्वतन्त्रताको झण्डा बोकेका एक जनासहित कैयौँलाई प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ । उनीहरुले चीनले हङकङमा यही मङ्गलबारदेखि लागू गरेको नयाँ कानुन विपरीत क्रियाकलाप गरेको प्रहरीले जनाएको […]

रामदेवको पतञ्जलीले भन्यो – कोरोनाको औषधि बनेको दाबी गरेका छैनौं, हामीमाथि षडयन्त्र भयो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on रामदेवको पतञ्जलीले भन्यो – कोरोनाको औषधि बनेको दाबी गरेका छैनौं, हामीमाथि षडयन्त्र भयो.

एजेन्सी । योग गुरु रामदेवको पतञ्जली आयुर्वेदले यसअघि कोरोना भाइरसको औषधि बनाएको दाबी गरेको थियो । तर अहिले बोली फेरिएको छ । उत्तराखण्ड आयुष विभागले स्पष्टीकरण सोधेपछि त्यसको जवाफमा पतञ्जलीले कोरोनाको औषधि बनेको दाबी नगरेको जवाफ फर्काएको छ । यसअघि बाबा रामदेवले २३ जुनमा भनेका थिए, ‘पतञ्जलीले जयपुरको निम्स विश्वविद्यालयसँग मिलेर कोरोनाको औषधि बनाएको छ […]

मरेपछि पनि बिजोग : संक्रमितको शव खाडलमा फालिँदै

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on मरेपछि पनि बिजोग : संक्रमितको शव खाडलमा फालिँदै.

भारतमा कोरोना संक्रमितको शव व्यवस्थापन र दाहसंस्कार गर्नुको साटो खाडलमा फाल्न थालिएको छ। आफ्नै परिवारका सदस्यले अन्तिम संस्कार गर्न नमानेपछि प्रशासनले संक्रमितको शवलाई जथाभावी फ्याँक्न थालेको बीबीसीले जनाएको छ। कर्नाटकमा त संक्रमितको यसरी शव फालिएको तस्बिर र भिडियोहरू नै सार्वजनिक भएको छ। त्यहाँको बिल्लारी जिल्लाको बाहिरी इलाकामा शव अलपत्र फ्याँकेपछि इन्टरनेट सामाजिक सञ्चालमा सरकारको निकै […]

क्लिनिकमा बिस्फोट हुँदा १३ को मृत्यु, थुप्रै घाइते

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on क्लिनिकमा बिस्फोट हुँदा १३ को मृत्यु, थुप्रै घाइते.

एजेन्सी । इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको बिस्फोटमा कम्तीमा १३ को ज्यान गएको छ । यो बिस्फोट सिना अतहर क्लिनिकमा भएको हो । अधिकारीका अनुसार दुर्घटनामा १३ को मृत्यु भएको छ र थुप्रै घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने आशंका जताइएको छ । इरानको सरकारी मिडियाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बिस्फोट […]

बेहुलाको मृत्यु, विवाहमा सरिक भएका ९० बढी कोरोनाद्वारा संक्रमित

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बेहुलाको मृत्यु, विवाहमा सरिक भएका ९० बढी कोरोनाद्वारा संक्रमित.

एजेन्सी । भारतको पटनास्थित एक विवाह समारोहमा सरिक भएका ९० जना बढीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । गुरुग्रामका सफ्टवेयर इन्जिनियर ३० वर्षका बेहुलाको विवाहको दुई दिनपछि मृत्यु भएको छ । संक्रमणको लक्षण देखिएता पनि उनको कोभिड–१९ परीक्षण बिना नै अन्तिम संस्कार गरिएको छ । पटनाको जिल्ला प्रशासनलाई बेहुलाको मृत्यु भएको थाहा भएपछि उनका नजिकका आफन्तको […]

महामारीकाे सबैभन्दा खराब चरण आउन बाँकी नै छ: डब्ल्युएचओ

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on महामारीकाे सबैभन्दा खराब चरण आउन बाँकी नै छ: डब्ल्युएचओ.

काठमाडौं । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० का महासचिव डा। ट्रेडोस अधोनम घेब्रेससले कोभिड–१९(कोरोना) महामारीको सबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेको बताएका छन्। गत वर्षको डिसेम्बरदेखि फैलिइरहेको कोरोना भाइरस विश्वभरका एक करोडभन्दा धेरै मानिसमा संक्रमण भइसकेको छ भने पाँच लाख चार हजार ३४५ संक्रमितको ज्यान गएको छ। यही महामारीका कारण धेरै देशमा स्वास्थ्य प्रणाली निकै […]

महिलाले विवाहको ९ वर्षपछि आफू पुरुष भएको थाहा पाइन्, डाक्टरसमेत चकित

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on महिलाले विवाहको ९ वर्षपछि आफू पुरुष भएको थाहा पाइन्, डाक्टरसमेत चकित.

एक महिला ३२ वर्षदेखि सामान्य जीवन बाँचिरहेकी थिइन् । उनको विवाह भएको ९ वर्ष बितिसकेको थियो र वैवाहिक जीवन पनि राम्रो चलिरहेको थियो तर अचानक उनलाई थाहा भयो कि उनी एक पुरुष हुन् र उनलाई टेस्टिक्यूलर क्यान्सर छ । भारतको पश्चिम बंगालमा बीरभूममा बस्ने यी महिला शारीरिक रुपमा त महिला हुन् तर आनुवंशिक रुपमा उनी […]

बङ्गलादेशमा डुङ्गा दुर्घटना, २३ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बङ्गलादेशमा डुङ्गा दुर्घटना, २३ जनाको मृत्यु.

एजेन्सी । बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् । यस दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट […]