सुशासन भनेको के हो ? यसका बारेमा सायद धेरैलाई राम्ररी थाहा छ । तर व्याख्या गर्दा भने केही फरक हुन सक्छ । शासन शब्दको अगाडि सु जोडिएर सुशासन भएको हो । सु भन्नाले असल, राम्रो हुनुपर्ने अर्थ लगाइन्छ । सुशासन एकदमै चल्तीको शब्द हो । परिवार, संस्था, समाज, समुदाय, संघ, संगठन, देश सबैमा शासनको अभ्यास […]
सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवासीलाई सम्बोधन देशवासी दिदीबहिनी तथा दाजुभाइहरु, आमन्त्रित महानुभावहरु – गएकोजेठ १२ गते सरकार सञ्चालनको एकसय दिन पुगेको सन्दर्भमा मैले भनेको थिएँ– २०७४साल फागुन ३ गते सम्माननीय राष्ट्रपतिज्यूबाट प्रधानमन्त्री पदको सपथ लिइरहँदा मैले कसैलाई हैन तपाईहरुलाई सम्झिरहेको थिएँ । तपाईहरुकै स्नेह, विश्वास र भरोसाका कारण र तपाईहरुकै […]
दृष्य १ : एउटा प्रतिभावान व्यक्ति दुःख गरेर पढ्छ । स्नातक वा स्नातकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण हुन्छ । कामको खोजीमा ऊ लोकसेवा आयोगको परीक्षा दिन्छ । दुईवर्ष लगाएर पढेर परीक्षा पछि ऊ शाखा अधिकृत पास हुन्छ । सरकारी नोकरीको क्रममा मालपोत कार्यालयमा पदस्थापन हुन्छ । दृष्य २ : विद्यार्थी जीवनमा ऊ भ्रष्टाचारको तीब्र विरोध गर्दथ्यो । […]
एउटा अधबैँसे व्यक्ति बिहान खाना खाएर खेतमा काम गर्ने खेताला खोज्न गाउँतिर लाग्छ । दिनहुँजसो त्यही घरको जवान छोरो पनि खाना खाएर शैक्षिक योग्यताका प्रमाणपत्रहरु बोकेर काम खोज्न शहर बजार पस्छ । बेलुका दुवैजना रित्तोहात घर फर्कन्छन् । न बावुले खेतमा काम गराउने श्रमिक पाउँछन् न त छोराले जागिर वा काम नै पाउँछ । हिजो […]
नेपाल सहकारी अभियानका लागि उर्वर भूमि बनेको छ । नेपाल सरकारले सहकारीको अवधारणा अघिसारेको ६५ वर्ष बितेपनि सहकारी संस्था खुलेको मितिले ६२ वर्षमा अभियान यात्रारत छ । यो अवधिको सहकारी यात्रामा अनेकन उतार चढावहरु अभियानले भोगेको इतिहास हामीसँग छ । सहकारी कहिले पञ्चहरुको कमाई खाने साधन बन्यो त कुनै समयमा पारिवारिक व्यापारको औजार पनि । […]
बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवलाई सफल बनाउन आफूहरु लागिपर्ने झापाका राजनीतिक दलका अगुवाले प्रतिबद्धता व्यक्त गरेका छन् । महोत्सवका लागि आफूहरु जस्तो पनि सहयोग गर्न तत्पर रहेको उनीहरुको भनाइ थियो । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ११ देखि २३ माघसम्म अन्तर्राष्ट्रिय स्तरको महोत्सव सञ्चालन हुँदैछ । महोत्सव आयोजक समितिले शुक्रबार जिल्लाका राजनीतिक दलका प्रमुख […]
के लेख्ने ? किन लेख्ने ? कसका लागि लेख्ने ? यी प्रश्नहरुले लखेटिरहन्छन् । नेपालका विख्यात वनस्पति शास्त्री, साहित्य, समाज र संस्कृतिमा अद्भुत ज्ञान राख्ने विद्वान डा. तीर्थबहादुर श्रेष्ठको एउटा पुरानो भाषणको भिडियोमा रोकिन्छु । भन्छन्, “सबै नेपाली नेपालमा छैनन् । कोही प्रवासमा छन् । कोही गैर आवासीय नेपाली भनेर विदेशमा छन् । कोही श्रमिक […]
नेपाली नेपालको राष्ट्र भाषा हो । यो सरकारी कामकाजको भाषा पनि हो । यो भाषा प्रशासनिक कामकाजको आधिकारिक भाषा मात्र होइन, देशैभर जहाँसुकै बोलिने नेपालको एकमात्र भाषा हो । यो सञ्चार माध्यमको भाषा हुनुका साथै साझा सम्पर्कको भाषा हो । अलग अलग भाषाभाषी बीच सम्पर्क र सम्बन्ध गाँस्ने पूल नेपाली भाषाले नै गर्छ । नेपाली […]
आज नेपालले संघीय लोकतान्त्रिक संविधान पाएको छ । यो नयाँ संविधान धेरै ठूलो र लामो सङ्घर्षबाट प्राप्त संविधानसभाले बनाएको हो । जसले नेपाललाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा रूपान्तरण गर्यो । आजको स्थानीय सरकार आफैंमा धेरै शक्तिशाली छ । त्यस्तै स्थानीय गाउँ वा नगर प्रमुख र वडा प्रमुखसँग धेरै अधिकार प्राप्त हुनका साथै […]
काठमाडौं । नेपालमा अहिले ‘भीआइपी’हरुको जीवनी प्रकाशित गर्ने लहर नै चलेको छ । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवालबाट सुरु भएको यो लहर पछिल्लो समयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की हुँदै पूर्वआईजीपी अच्युतकृष्ण खरेलसम्म आइपुगेको छ । पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको ३८० पृष्ठको आत्मकथा यसैसाता बजारमा आएको छ । यो पुस्तकमा खरेलले तत्कालीन गृहमन्त्री वामदेव गौतमका मानिसले आफूसँग २५ लाख […]