सहकारी, समाज, प्रशासन लगायतका क्षेत्रका ज्ञाता र अनुभवी प्रशासकका रुपमा राष्ट्रिय रुपमा परिचित विद्वान, नेपाल सरकारका पूर्व सचिव, लेखक एवं विश्लेषक गोपीनाथ मैनालीले तयार पार्नु भएको सहकारीको नियमन र प्रवर्धनमा नियामक निकायको भूमिका विषयक कार्यपत्रका बारेमा नियम पुर्याउन मात्रै म टिप्पणीकारको रुपमा उभिएको छु । यति धेरै विद्वता र अनुभव भएका कार्यपत्र प्रस्तोताप्रति हार्दिक नमन […]
बाल सहयोगी कार्यकर्ता तालिम झापाको बिर्तामोडमा केही दिन अगाडि सम्पन्न भयो । जहाँ झापाका १५ वटै स्थानीय तहबाट नयाँ बाल सहयोगी सहजकर्ता आउनु पर्ने थियो । महिलालाई नै प्राथमिकता दिइएको तालिममा विभिन्न विद्यालयबाट छनोटमा परेर सहभागी हुन सबैजसो महिलाहरु नै आइपुग्नु भयो । सेकेन्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, वर्ष, दशक हुँदै हाम्रो समय व्यतित […]
भू–उपयोग ऐन २०७६ बनेको करिव तीन वर्ष पछि बल्ल बल्ल २०७९ साल जेठ २३ गते भू–उपयोग नियमावली २०७९ जारी गरिएको छ । तर भू–उपयोग नियमावली २०७९ मा भएको व्यवस्थालाई कार्यान्वयनमा सहजीकरण गर्न नेपाल राजपत्रमा सूचना प्रकाशन गरी भू–उपयोग कार्यक्रम संञ्चालन नहुन्जेलसम्म अहिले जमिनको कारोबारमा बाधा उत्पन्न भएको छ । भूमिको वर्गीकरण, समुचित उपयोग र प्रभावकारी […]
नेपाली किसानले किन उत्पादनमा रुचि देखाएनन् ? नेपालमा नै सहजै उत्पादन गर्न सकिने कृषिजन्य वस्तुको आयातमा निरन्तर वृद्धि भएको छ । यस बारेमा अब पनि नसोच्ने हो भने हाम्रो अधोगति र यसबाट हुने दुर्घटनाको अवस्थाबाट देशलाई कसैले बचाउन सक्दैन । हाम्रो ढिकुटीमा भएको विदेशी मुद्राको संचितिमा परेको दबाव अझै बढ्दै गएमा दैनिकरुपमा चाहिने कुनै पनि […]
लोकतन्त्रको ‘हिमायती’ नेपाली कांग्रेस संसदीय अभ्यासमा चुक्दै मात्रै आएको छैन, अलोकतान्त्रिक कदमलाई पनि सघाउँदै आएको छ। २०७४ सालको प्रतिनिधि सभानिर्वाचनपछि नेपाली कांग्रेसका सांसद भरतकुमार शाह संसद्को सार्वजनिक लेखा समिति सभापति चुनिए। संसद्का सबै समितिमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले भागबण्डा गरेको भए पनि लेखा समिति प्रमुख प्रतिपक्षी दलको नाताले कांग्रेसको भागमा पर्यो। लेखा समिति गठन […]
दिमाख चक्राएर आम्च । मनभित्र खुलदुलीको भेल उर्लिन्च । राजनीतिमा लागियो, सफल पनि भइयो । यत्रो बडेमाको गणतन्त्र पनि हाम्ले नै ल्यायौं । हाम्रो पार्टी हेर्दै रहर लाग्दो, सप्रेको, हलक्क बढेको मुलाजस्तो भा’थ्यो ।तर, दुःखको कुरो सुमसुम्याउँदा सुमसुम्याउँदै जिङग्रिएर आयो । हेर्दाहेर्दै हाम्रो त्यत्रो बढेमाको माओवादी पार्टी त खिनौटे, दुब्लो, कुपोषणले ग्रसित हुँदै खुम्चिएर इत्रु […]
नेपालको सहकारी अभियानसमेत यो बेला जोखिममा छ भन्दा अत्युक्ति हुँदैन । किनकि नेपालको समग्र आर्थिक अवस्था नै जोखिममा भएको समयमा सहकारी क्षेत्रमा कुनै नकारात्मक प्रभाव परेको छैन भनेर ढाकछोप गर्न आवश्यक छैन भन्ने मेरो बुझाई हो । समग्र अर्थतन्त्रका सुचाङ्कहरु नकारात्मक छन् । एक वर्ष पहिले झण्डै १४ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा संचिति […]
बिर्तामोड । आइतबारदेखि यहाँ उर्जा द ट्रेनिङ फर इन्टरप्रेनरसिप शुरु भएको छ । युवाको बढ्दो चासो उद्यमशिलता रहेको र सोही कुरालाई मध्यनजर गर्दै अझ सो विषयमा बृहत ज्ञान दिन र अवसरको ढोका खोल्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको हो । तालिममा व्यवस्थापन संकायमा अध्ययन गर्ने, भविष्यमा उद्यमी बन्न चहाने करिव २०० युवाको उपस्थिति रहेको आयोजक […]
प्रजनन क्षमता तथा नपुंसकताका सम्बन्धमा भइरहेको अनुसन्धानले कोभिड(१९ भएका पुरुषहरूको यौन स्वास्थ्यमा गम्भीर प्रभाव परेको संकेत गरिरहेको छ। यही प्रभावका कारण कोभिड(१९ भएका पुरुषमा इरेक्टाइल डिसफङक्शन (ईडी) पनि हुन सक्छ जसलाई सामान्य भाषामा नपुंसकता भनिन्छ। टर्कीका अनुसन्धानकर्ताहरूले एउटा नयाँ अनुसन्धानमा एंडोथीलियम अर्थात रक्तधमनीमा जोडिएका झिल्लीहरूमा हुने शिथिलता, कोभिडका कारण शुक्रवाहिनी नलीलगायतका ग्रन्थीमा भएको प्रत्यक्ष क्षति, […]
नेपालले दुई दिनको अन्तरालमा घरेलु मैदानमा खेलेको दुईवटा एक दिवशीय खेलमा पराजय भोगेको छ। भोलिबाट काठमाडौंमा शुरू हुने त्रिकोणात्मक टी–२० खेल्न आएको पपुवान्युगिनी (पिएनजी) विरुद्ध खेलिएको दुवै खेलमा नेपालको प्रदर्शन सन्तोषजनक त रह्यो, तर दुवै खेलमा नेपालले जित्न भने सकेन। नेपालले नजिते पनि यी दुवै खेलमा केही विशेषताहरू भने पक्कै रहेका थिए। दुवै खेल ‘हाइस्कोरिङ […]