म प्रत्यक्ष साक्षी छु । हालको एनएमसी स्थापना हुनुपूर्व काँकरभिट्टामा सर्वसाधारणले, बचत गर्न चाहने व्यक्तिले, रकम बचत गर्न पाउँदैनथे । हाम्रो यस्तो अवस्थालाई नजिकबाट नियालेका भारतीयहरुले फाइदा उठाइरहेका थिए । भारतको पानीटैंकीबाट आएर हामी काँकरभिट्टाबासीको रुपैयाँ बचत गरिदिने भनेर लैजाने गर्थे । हामीले बचत गरेको रुपैयाँ हाम्रो सोझोपनको फाइदा उठाएर सबै लिएर भागे । हाम्रो […]
काठमाडौ, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०सम्बन्धी सम्झौता आइतबार प्रतिनिधिसभाको बैठकबाट अनुमोदित भएको छ । एमसीसी अनुमोदन भएसँगै अब अमेरिकी अनुदान ५० करोड डलर कार्यान्वयनमा आउने भएको छ । पछिल्ला केही महिना नेपाली राजनीतिको हटकेक बनेको थियो, एमसीसी । एमसिसीको पक्ष र विपक्षमा सांसददेखि देशका बुद्धिजीवी तथा पूर्वकर्मचारीहरुले फरक फरक मत दिइरहेका थिए । […]
वैशाख ३० गते हुनेगरी तयारी गरिँदै गरेको स्थानीय तहको चुनावबारे बिर्तामोडमा भेटिएका सर्वसाधारण नागरिकहरु साझामञ्चसँग भन्छन्ः अपेक्षाकृत काम नभई एक कार्यकाल बित्योः नरेन्द्र पराजुली स्थानीय तह वा प्रदेश सरकारको वर्तमान कार्यकाल नीति र कानून बनाउँदा बनाउदै सकिन लाग्यो । यो पाँच वर्षमा विकास निर्माणतर्फ खासै काम नभई वा आमजनताले अपेक्षा गरेको जस्तो विकास भएन । […]
हुन त शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई गुण र दोषको तुलोमा सँगसँगै राखेर जोख्ने हो भने नतिजामा खासै अन्तर नदेखिएला । तर व्यवहार, कार्यशैली र धरातलका पछिल्ला मापनमा देउवा र ओलीको भन्दा प्रचण्ड र नेपालको ओज घटेको देखिन्छ । प्रचण्ड : के सोचेँ मैले, के भयो अहिले ! ‘भित्रभित्र […]
राजनीतिक दलहरुका बीचमा हुने गठबन्धनको विशेष पृष्ठभूमि र धरातल हुन्छ। राजनीतिक शक्तिको सहयकार्य, पृष्ठभूमि र धरातल विना गठबन्धन सम्भव हुँदैन। राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि विभिन्न विचारधारा भएका राजनीतिक दलहरु मिलेको देखिन्छ र मिल्छन् पनि। संसारभर त्यस्तो हुने गरेको छ। राजनीतिक दलहरु किन मिल्छन् भन्ने विषयलाई पनि गहिरिएर हेर्नुपर्ने हुन्छ। राष्ट्रियता, देशको अस्मिता, […]
बिर्तामोड । पूर्वको ठूलो बजार बिर्तामोड आसपासको सडक क्षेत्र तथा भित्री बाटो र टोलमा जताततै फालिएको फोहोरले सहर नै दुर्गन्धित हुने गरेको छ । यसले मानिसहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पुर्याएको पाइन्छ । सहरी क्षेत्र नै भए पनि यहाँ प्रायः सडकमा धुलो जमेको भेटिन्छ । प्लास्टिकजन्य फोहोरहरु जताततै देखिन्छ । सडक छेउछाऊमा रहेका फलफूल पसल, […]
हाम्रो सुन्दर नेपाली सँस्कृति अचेल विकृतिमा रुपान्तरित हुँदै गएको अनुभव हुन्छ । हाम्रो सँस्कृतिका विभिन्न पक्ष र पाटोमा हिजोआज विकृति झ्याँगिंदो अवस्थामा छ । पश्चिमी सँस्कृतिबाट आक्रान्त नेपाली समाज दिन प्रतिदिन विकृतिबाट जकडिँदै गइरहेको पाइन्छ । विशेषगरी खर्चालु बानी, अति भोगविलासी जीवनशैली, तडकभडक, राप रवाफपूर्ण आडम्बरी प्रवृति बढ्दै गएको छ । देखावटी वा बहानाबाजी शैली […]
मानिसहरुमा अहिले स्वास्थ चेतना बढ्दै जान गालेको छ । कोदाको पीठो, मकैको चामल, फापरको पीठो, चना वा जौको सातुजस्ता बस्तुको बिक्री पनि बढ्न थालेको छ । २० वर्ष पहिले हामीले खाने खानामा भातको मात्रा धेरै हुन्थ्यो । तरकारी, दाल, अचार र अन्य बस्तु थोरै । तर अहिले थालमा भात घटेको छ तरकारी, दाल, अचारसहितका परिकारको […]
रिस, हामी मान्छे हौं सबैलाई उठ्छ । रिस, प्रत्येक व्यक्तिभित्र हुने एक किसिमको प्राकृतिक उपज हो । त्यसकारण मान्छेलाई रिस उठ्नु स्वभाविक नै हो । रिसले आफैंलाई हानी गर्छ । थाहा पनि छ, थाहा हुँदाहुँदै पनि हामी रिसाउँछौ । कहिले काहीँ हामीलाई बाहिरी कारणले पनि हामी भित्रको रिसलाई जगाइदिन्छ । कहिले काहीँ हामी आफ्नै कारण […]
नेपालका आदिवासी जनजाति महिलाहरुले महिला आन्दोलन भित्रको विविधतालाई स्वीकार गर्न मूलधारका महिलाहरुलाई आग्रह गरेका छन् । ‘महिला केवल महिलामात्र नभनेर महिला भित्र विविधता पनि हुन्छ ।’ राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष यशोकान्ति भट्टचनले भन्नुभयो– हाल चलिरहेको मूल प्रवाहको महिला आन्दोलनले यो विविधता स्वीकार गर्न सकेको छैन । ‘जैविकरुपमा संसारभरका हामी महिलाहरु एकैै हौँ । […]