Sajhamanch Archive

कुटपिटपछि युवाको हत्या आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on कुटपिटपछि युवाको हत्या आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ.

काठमाडौं । रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नंं.८, सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता तीन युवाको शव फेला परेको छ । बेपत्ता ४ युवाको अवस्था भने अझै अज्ञात छ । प्रहरीका अनुसार, जाजरकोटको भेरी नगरपालिका वडा नंं.४ का २१ वर्षीय युवक नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन […]

चोरहरूको नयाँ दाउ, टाउकोमा खरबुजाको मुकुण्डो

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on चोरहरूको नयाँ दाउ, टाउकोमा खरबुजाको मुकुण्डो.

चोरका अनेक शैली हुन्छन् । तर बढी बाठो बन्न खोज्दा कहिलेकाहीँ नराम्रोसँग फस्छन् चोरहरू ।अमेरिकाको भर्जिनियामा एउटा यस्तै घटना भएको छ । भर्जिनियामा एउटा पसल लुट्नका लागि अनौठो पहिरनमा दुईजना चोरहरू पसलमा छिरे । शनिबार लुइसा पुलिस विभागले फेसबुकमा ती दुई चोरको फोटो सार्वजनिक गर्‍यो । त्यसपछि चोरको त्यो फोटो भाइरल बन्यो सामाजिक सञ्जालमा । […]

क्वारेन्टाइनमा बसेकै बेला प्रेमीसँग टाप कसेपछि……

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on क्वारेन्टाइनमा बसेकै बेला प्रेमीसँग टाप कसेपछि…….

बारा ।  निजगढ नगरपालिकाका–१२ कोलगाउँस्थित सरस्वती आधारभूत विद्यालयमा क्वारेनटाइन बसेकी एक युवती हराइन्। क्वारेनटाइनमा दिदी फूलमाया लुङबासँगै तीन बहिनीलाई एउटै कोठामा राखिएको थियो। बेलुकीको खाना खाएर सुतेकी फूलमायाको बिहानपख निद्रा खुल्यो। हेर्दा बहिनी त्यहाँ थिइनन्। ढोका खुल्लै थियो। उनले शौचालय गएकी होलिन् भनेर एक छिनसम्म बाटो हेरिन्। खोज्दै शौचालय पुगिन्। बहिनी नभेटिएपछि मनमा चिसो पस्यो। […]

२ मिनेटको नियमले यसरी बद्लिन सक्छ जीवन

Published: in रोचक कुरा / टिप्स, विविधा by . Leave a Comment on २ मिनेटको नियमले यसरी बद्लिन सक्छ जीवन.

हरेकपल केही न केही काम गर्नैपर्ने हुन्छ । यस्ता कुरा गर्न धेरै बेर लाग्दैन तर तपाईंलाई दिनदिनै गर्नुपर्दा झ्याउ चाहिँ लाग्न सक्छ । तर यहाँ बताउन लागिएको दुई मिनेटको नियम सजिलो छ । यसलाई अपनाउँदा तपाईंले कम तनावपूर्ण जीवन जिउन सक्नुहुन्छ । यसलाई फलो गर्दा तपाईंले कम कुराको चिन्ता लिए पुग्छ र आरामको प्रशस्त मौका […]

कोरोनाभाइरसः विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि…

Published: in विविधा by . Leave a Comment on कोरोनाभाइरसः विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि….

मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक एउटा अकल्पित सङ्कटमा परे। आफ्नो ‘आविष्कार’ को परीक्षण गर्न खोज्दा चुम्बकहरू उनको नाकमा अड्किएपछि उनी अस्पताल जानुपर्ने स्थिति उत्पन्न भयो। डा. ड्यान्यल रिएर्डन नामका ती खगोलभौतिकशास्त्री मानिसले हात अनुहारनजिक पुर्‍याउँदा प्रतिकार गर्ने एउटा हारजस्तो उपकरण बनाउने योजनामा थिए। तर उनले सोचे जस्तो […]

कोरोना भाइरसले डिभोर्सका घटनामा वृद्धि !

Published: in राष्ट्रिय समाचार, विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on कोरोना भाइरसले डिभोर्सका घटनामा वृद्धि !.

विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरसले झण्डै ६ हजार जनाको ज्यान लिइसकेको छ । झण्डै पौने दुई लाख मानिस यसबाट संक्रमित भइसकेका छन् । विश्वको अर्थतन्त्र, आवागमन तथा जनजीवन तहसनहस बनिरहेको छ । कोरोना भाइरसले केवल आर्थिक सामाजिक असर मात्र होइन, केही गम्भीर पारिवारिक असर पनि पार्न थालेको छ । अर्थात् कोरोना भाइरसका कारण दम्पतीहरूमा सम्बन्धविच्छेदका […]

दुलही लिन आएका जन्ती बाटोबाटै फर्किए

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on दुलही लिन आएका जन्ती बाटोबाटै फर्किए.

सल्यान । सल्यानमा दुलही लिन आएका जन्तीहरू बेहुलाको उमेर कम भएको जानकारी पाएपछि आधा बाटोबाटै फर्किएका छन्। रोल्पाको गंगादेव गाउँपालिकाबाट सल्यानको दार्मा गाउँपालिकामा दुलही लिन आएका जन्तीहरू बेहुलाको उमेर नपुगेका कारण आधा बाटोबाटै फिर्ता भएका हुन्। दुलही लिन करिब ४५ जना जन्तीसहित बस सल्यान प्रवेश गरेको थियो। ‘प्रहरीलाई दुलाहाको विवाह गर्ने उमेर नपुगेको खबर आयो,’ […]

यो हो दुनियाँको सबैभन्दा डरलाग्दो बिरालो

Published: (Updated: ) in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on यो हो दुनियाँको सबैभन्दा डरलाग्दो बिरालो.

के तपाईंलाई बिरालो देख्दा डर लाग्दछ ? सायद डर लाग्दैन होला । तर यदि तपाई‌ंले यो बिरालोको तस्वीर मात्र पनि देख्नुभयो भने अवश्य डराउनु हुनेछ । नडराउने पनि कसरी? आखिर यो विश्वकै सबैभन्दा डरलाग्दो बिरालो न पर्‍यो । उक्त बिरालोको नाम ह्जभचमबल हो । स्विजरल्याण्डको रुटी भन्ने ठाउँमा रहेको यो बिरालोको उमेर ६ वर्षको छ […]

नेपालको बजेटको आधा रकम भारतका ट्रक ड्राइभरले घुस खुवाउँछन्

Published: in अर्थतन्त्र, विविधा, विविधा by . Leave a Comment on नेपालको बजेटको आधा रकम भारतका ट्रक ड्राइभरले घुस खुवाउँछन्.

हाम्रो देश नेपालको वार्षिक बजेट नै झण्डै १५ खर्ब ३० अर्ब रुपैयाँ छ । यही रकमले हाम्रो देशको पूरै अर्थतन्त्र वर्षदिनका लागि धान्नु पर्दछ । उता, छिमेकी मुलुक भारतमा चाहिँ हाम्रो देशको वार्षिक बजेटको झण्डै आधा रकम त्यहाँका ट्रक ड्राइभरहरुले घुस खुवाउने गरेका छन् । भारतमा ट्रक ड्राइभरहरुले त्यहाँका सरकारी कर्मचारीलगायतलाई वार्षिक झण्डै ५ खर्ब […]

७० वर्षका यी वृद्ध, जसले ४२ वर्षदेखि दिनहुँ चिठी लेखिरहेका छन्

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on ७० वर्षका यी वृद्ध, जसले ४२ वर्षदेखि दिनहुँ चिठी लेखिरहेका छन्.

बेलायतको लिभरपुलमा बस्ने ७० वर्षका एकजना वृद्ध आजकल निकै चर्चामा छन् । बर्नी क्यारोल नामका ती व्यक्तिले पछिल्लो ४२ वर्षदेखि हरेक दिन एउटा पत्र लेखेर पठाउँदछन् । उनले आफ्ना पत्रमा हरेक दिन आफ्नो छरछिमेक तथा आसपासका गुनासाहरु लेख्ने गरेका छन् । क्यारोलले यसरी हरेक दिन गुनासो गरेर लेख्ने चिठी स्थानीय प्रशासनमा पठाउने गरेका छन् । […]