स्कटल्याण्डको मेक्डफ सहरमा एउटा अनौठो घटना भएको छ । ३८ वर्षकी मेल ब्रेमनर नामकी महिलाले बाथरुमभित्र नुहाइरहेको बेला उनको पेट फाटेर आन्द्रा बाहिर निस्किएको छ । ती महिला सुत्केरी भएको ५ दिन मात्र भएको थियो । बाथरुम भित्र नुहाइरहेको बेला भुइँमा रहेको स्याम्पु समाउनका लागि उनी जब निहुरिइन् तब अकस्मात उनको पेट च्यातियो र आन्द्रा […]
एकछिनलाई कल्पना गर्नुहोस्, तपाईंले आफ्नो बैंक खातामा कति पैसा होला भनेर चेक गर्नुभयो। कहिल्यै १०–१५ हजारभन्दा बढी ब्यालेन्स नहुने तपाईंको खातामा तीन अर्बभन्दा बढी रुपैयाँ भएको थाहा पाउनुभयो भने के हुन्छ ? निःसन्देह यो चमत्कारले तपाईंलाई स्तब्ध बनाउनेछ। यस्तै भयो, अमेरिकाको टेक्सास राज्यनिवासी रुथ बलुनको हालत पनि। उनी केही घण्टाका लागि करोडपति बनिन्। गएको डिसेम्बर […]
काठमाडौं । मन्दिरमा प्रसादको रुपमा दूध, मिठाई, फलफूल आदि चढाइन्छ । तर भारतको पश्चिम बंगालमा एउटा यस्तो मन्दिर पनि छ जहाँ प्रसादको रुपमा चाउचाउ चढाइन्छ । उक्त मन्दिरलाई चाइनिज काली मन्दिर भनिन्छ । उक्त मन्दिरमा हिन्दूसँगै ठूलो संख्यामा चिनियाँ र बौद्ध धर्माबलम्बीसमेत पूजा आराधनाका लागि आउँदछन् । रोचक त के भने काली मातालाई प्रसादको रुपमा […]
काठमाडौं । आकर्षक देखिनु अहिले फेशनजस्तै भएको छ । आकर्षक विज्ञापन र लोभलाग्दा अफरहरु सुनेर सुन्दर हुने चाहनामा कहिलेकाहिँ हामी जोखिम उठाउन तयार हुन्छौँ । तर यस्तो जोखिम उठाउन अघि सर्तक रहनुहोला कतै तपाईको निर्णयले ज्यानै जोखिममा त पार्दैन । यस्तै खबर अहिले अमेरिकाबाट बाहिर आएको छ । अमेरिकाको कोलोराडोकी एक किशोरीमाथि घटेको एक घटनाले […]
काठमाडौं । तपाईंले दुनियाका ठूला-ठूला साम्राज्यका इतिहास तथा कहानीहरु पढ्नु तथा सुन्नुभएकै होला । इतिहासमा बेलायती साम्राज्य यति विशाल थियो कि त्यहाँ कहिल्यै सूर्य अस्ताउँदैनथ्यो । चंगज खाँको साम्राज्यले पनि विश्व भूगोलको ठूलो हिस्सामा आधिपत्य कायम गर्न सफल भएको थियो । इतिहासका यी विशाल साम्राज्यहरु आज अस्तित्वमा छैनन् । दुनिया आफ्नो काबुमा पार्ने बादशाहहरु सायदै […]
हामीकहाँ मेयर बन्नका लागि चुनावमा कस्तो रस्साकस्सी हुन्छ भन्ने कुरा देखिएकै छ । तर अमेरिकाको ह्वाइटहल सहरमा भने एकजना ७ महिनाको बच्चालाई मेयर बनाइएको छ । विलियम चार्ल्स म्याकमिलन उर्फ चार्ली नामको बच्चा उक्त सहरको मेयर बनेको हो । योसँगै चार्ली विश्वकै सबैभन्दा कम उमेरको मेयर बन्न सफल भएको छ । गतहप्ता ह्वाइटहल सामुदायिक केन्द्रमा […]
नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको डिभोर्सको मुद्दा अदालतमा चलिरहेको छ । अर्कोतिर, उनीहरुलाई बहुबिबाहको मुद्दा समेत चलेको छ । कुनै पनि मुद्दाको छिनोफानो भैसकेको छैन । यसैले, पनि अहिले शिल्पा र छविविच जित र हारको लडाई चलिरहेको छ भन्दा हुन्छ । यसले, शिल्पाको करिअरमा नै संकट उत्पन्न त गरिदिएको छ । अर्कोतिर, शिल्पा […]
जमिनमा रहेको सबैभन्दा गहिरो भाग पत्ता लागेको छ । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूको एक समूहले अन्टार्कटिकाको डेनमान हिमनदी क्षेत्रमा जमिनको सबैभन्दा गहिरो भाग फेला पारेको हो । उक्त होचो भागको गहिराइ समुद्री सतहबाट साढे ३ किलोमिटर अर्थात् ११ हजार ५ सय फिट रहेको छ । शोधकर्ताहरूका अनुसार, अन्टार्कटिकामा योबोहक अन्य धेरै रहस्यमय चिजहरू रहेका छन् […]
विराटनगर । घरमा विवाहको सबै तयारी पूरा भइरहेको थियो । टाढाटाढाबाट आफन्त आइसकेका थिए । बेहुला धरान उपमहानगरपालिका वडा नं.१५ का २१ वर्षीय कमल धमला (वि .क) बिहेको अघिल्लो दिन पक्राउ परे । प्रहरीका अनुसार लागूऔषध प्रयोगकर्ता उनी शनिबार सीमावर्ती जोगवनी पुगे । त्यहाँ लागूऔषध सेवन मात्र गरेनन्, घरका लागि भन्दै लिएर आए । जोगबनीबाट […]
कसैको मृत शरीरलाई केही दिन वा महिनासम्म फ्रिजमा राखेर सुरक्षित पार्न सकिन्छ तर साइबेरियामा एउटा १८ हजार वर्ष पुरानो कुकुरको शव बरफमुनी दबिएको अवस्थामा भेटिएको छ । यद्यपि, उक्त शव कुकुरको हो वा ब्वाँसोको भनेर अनुसन्धानकर्ताले अनुसन्धान गरिरहेका छन् ।वैज्ञानिकले कुकुरको मृत्यु हुँदा त्यो दुई वर्षको हुनसक्ने अनुमान गरेको छ । रेडियोकार्बन थेरापीमार्फत् मृत्युको समय, […]