काठमाडौं । अर्थ मन्त्रालयले कोराना बीमाको दाबी रकम तीन दिनभित्रै भुक्तानी गर्न निर्देशन दिएको छ । बीमा समितिलाई पत्र लेखेर मन्त्रालयले यसअघि सात दिनभित्रै दाबी रकम भुक्तानीको लागि निर्देशन दिए पनि यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै अब तीन दिनभित्रै रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो । यसको लागि हिजो र आज अर्थ मन्त्रालयमा मन्त्री […]
काठमाण्डौ । सुनको भाउ आज एकैदिन १६ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा पुगेको छ । गएको सोमबार भाउ घटेर तोलाको ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य फेरि बढ्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुन आज २५ डलरले महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष […]
बिर्तामोड । बिर्तामोड क्षेत्रकै पहिलो उज्यालो चिन्तन चौतारी रिसोर्ट संचालनमा आएको छ । बिर्तामोडको मुक्ति चोकदेखि साढे पाँच किलोमिटर दक्षिण हल्दीबारी जाने कालोपत्रे सडकले छुनेगरी बिर्तामोड ९ मा दुई वर्षदेखि सो रिसोर्टको निर्माण शुरु गरिएको थियो । युवा व्यवसायी प्रकाश बुढाथोकीले आफ्नो १० कठ्ठा जग्गामा करिव ४ करोडको लागतमा सो रिसोर्ट निर्माण गरेका हुन् । रिसोर्टमा […]
झापा । सुनको भाउ बुधबार पनि बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले बुधबारका लागि छापावल सुनको भाउ प्रतितोला ९१ हजार र तेजाबीको ९० हजार ५५० रुपैयाँ तोकेको छ । मंगलबार छापावल र तेजाबी सुनको भाउ प्रतितोला क्रमश ९० हजार पाँच […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० ले वृद्धि भएको छ। सोमबार प्रतितोला ९० हजारमा कारोबार भएको छापावाला सुन आज ५०० ले बढेर ९० हजार ५०० पुगेको छ। त्यसैगरी सोमबार प्रतितोला ८९ हजार ५५० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज भने ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुन […]
विराटनगर । कोरोना महामारीका कारण भारतीय कामदार नेपाल आउन नसकेपछि प्रदेश १–का अधिकांश इटा उद्योगले उत्पादन शुरु नै गर्न सकेका छैनन् । कात्तिक लागेपछि इटा उत्पादनको काम शुरु हुने गर्छ । तर, यो पटक भने कामदार अभावमा ६० वटाभन्दा धेरै उद्योग बन्द भएका छन् । प्रदेश–१ का अधिकांश इटा उद्योग भारतीय कामदारको भरमा छन् । […]
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिडले अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले ध्यान दिने बताए । त्यसका लागि निजी क्षेत्रले पनि साथ दिनुपर्ने उनले बताए । “सरकार अग्रभागमा […]
झापा । झापा घरेलु तथा साना उद्योग संघको सोमबार सम्पन्न नवौं जिल्ला सम्मेलनले आगामी तीन वर्षे कार्यकालका लागि निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । संघका अध्यक्ष जीवननाथ काफ्लेको अध्यक्षतामा सम्पन्न २८औं वार्षिक साधारणसभा तथा नवौं जिल्ला सम्मेलनले काफ्लेलाई नै पुनः एक कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । जिल्ला सम्मेलनलबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्रभुषण […]
काठमाडौं। नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो समय घट्दो क्रममा रहेको सुनको मूल्य सोमबार पनि अघिल्लो दिनको तुलनामा ७०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य तोलामा ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा […]
काठमाडौं । नेपाली सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलो दिन आइतबार भएको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो । आइतबार नेप्से परिसूचक ३.८० प्रतिशत भन्दा धेरैले बढेर १ हजार ९ सय ६० अंक भन्दा माथि परिसूचक पुगेको छ । यो […]