काठमाडौं । सुनको मूल्य बिहीबार एकैदिन तोलाको ९ सय रुपैयाँले घटेको छ । बुधबार ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ९६ हजार ६ सय रुपैयाँ कायम भएको हो । छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि ९ सय रुपैयाँले नै घटेर तोलाको ९६ हजार १ सय रुपैयाँ पुगेको छ । आज चाँदी […]
काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य एक-एक रुपैयाँले घटेको छ । पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य यथावत रहेको नेपाल आयल निगमले जनाएको छ । डिजेल र मट्टीतेलको मूल्य एक-एक रुपैयाँले घटेको छ । निगमले डिजेल-मट्टीतेलको नयाँ मूल्य ९०-९० रूपैया कायम गरिएको निगमले जनाएको छ। नयाँ मूल्य सूची आजै रातिदेखि लागु हुनेछ ।
काठमाडौं । सरकारले नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको हो । नयाँ नक्सा राखेर सिक्का निष्कासन गर्नका केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरिएको नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघिका नोट […]
काठमाडौँ । कोभिड–१९ महामारीका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार वटा आयोजनाको निर्माण सम्पन्न भएको छ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार योजना अन्तर्गत ३०० मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय जहाज पार्किङ्ग स्थल, अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय प्रस्थान हल (स्टेराइल हल गेट लाउन्ज), अन्तर्राष्ट्रिय आगमन ‘एराइभल कभर्ड वल्क वे’ र कभर्ड हल निर्माणको काम सम्पन्न […]
बिर्तामोड । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विमितको मृत्युपछि दाबी भुक्तानी रकम सम्बन्धित परिवारलाई सोमबार हस्तान्तरण गरेको छ । अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा सुनचाँदी व्यवसाय गरिरहेका सुजन रसाइलीले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिर्तामोड शाखाबाट गत मंसिर ४ गते ५० लाखबराबरको जीवन विमा गरेका थिए । विमावापतको पहिलो प्रिमियम बुझाएका उनको एक महिना १९ […]
काठमाडौं । भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमासमेत प्याज पाइन छाडेको छ । कुनै पसलमा पाइने प्याजको मूल्य पनि एक्कासी बढेको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले भारतले प्याज निर्यात रोकेको जानकारी दिए । भारतबाट २९ भदौदेखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरु बताउँछन् । कुनै व्यापारीहरुसँग भएको प्याज पनि महँगोमा बिक्री भइरहेको छ […]
बिर्तामोड । यहाँस्थित धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले हालसालै दुई ठाउँमा सेवा केन्द्र विस्तार गरेको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा जिल्लाको बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, हल्दिवारी गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकामा कार्यक्षेत्र रहेको संस्था २०६४ सालमा स्थापना भएको हो । २०७२ सालमा धौलागिरी साकोस र पारिजात सहकारी संस्था लि. साविक गोलधाप […]
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिर्तामोड नगर क्षेत्रमा व्यापार व्यवसाय गर्ने पार्टी सम्बद्ध कार्यकर्ताहरु संगठित गरेको छ । जिल्ला पार्टी कार्यालयमा आज सम्पन्न भेलाले २१ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक बिर्तामोड उद्योग वाणिज्य नगर कार्यसमिति गठन गरेको हो । पार्टीका केन्द्रीय सदस्य राजकुमार पोखरेलको प्रमुख आथित्यतामा पार्टी सम्बद्ध व्यवसायीहरुको भेलाले कृष्ण पौडेलको अध्यक्षतामा २१ सदस्यीय नगर […]
कमल । शिवसताक्षी ८ को लावती परिवारलाई ५ लाख ५० हजार रुपैयाको चेक हस्तान्तरण गरिएको छ । वैदेशिक रोजगारीको क्रममा शिवसताक्षी ८ का सानुराजको मृत्यु भएपछि वीमा कम्पनीले सो परिवारलाई रकम हस्तान्तरण गरेको हो । आज युनियन लाइफ इन्स्युरेन्स कम्पनीका प्रदेश प्रमुख र एरिया जेनरल मेनेजर भुपराज पराजुली र उपप्रदेश प्रमुख ताराबहादुर दाहालले लावतीको घरमै […]
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड सेवा केन्द्रले आज आफ्ना ११ जना सदस्य र तिनका परिवारलाई उपचार सहयोग हस्तान्तरण गरेको छ । संस्थाका विभागीय प्रमुख विजय बस्नेत र बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश खनालको नेतृत्वमा अन्य कर्मचारी र बजार प्रतिनिधिहरु सम्मिलित टोलीले २६ सयदेखि १५ हजार रुपैयाँसम्म उपचार सहयोग हस्तान्तरण गरेको […]