मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडले स्थापनाको १० वर्षे अवधिमा आज सबैभन्दा धेरै सदस्य मृत्यु राहत सुविधा प्रदान गरेको छ । संस्थाको धुलाबारी सेवा केन्द्र अन्तरगतका सदस्य दिपककुमार क्षेत्रीको भदौ १४ गते ५७ वर्षको अल्पायुमा आकस्मिक निधन भएको थियो । क्षेत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्न सिम्रिक साकोसका अध्यक्ष […]
काठमाडौं । राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी खर्च हुने गरेको पाइएको छ। महालेखा परीक्षक कार्यालयले अनुत्पादक खर्च नियन्त्रण गर्न सरकारलाई निर्देशन […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई चलायमान बनाउँदै कोभिड १९ नियन्त्रण गर्दै जाने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका अध्यक्ष एवं पदाधिकारीसँग छलफल गर्दै उनले अर्थतन्त्रलाई डुब्न नदिने बताए । “नीतिगत सुधार गर्नुपर्ने छ भने पनि हामी गर्छौं । अर्थतन्त्रलाई डुब्न दिदैनौँ, […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँग छलफल गर्न लागेका छन् । अर्थ मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री ओलीले आज साँझ नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघसँग बालुवाटारमा छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले कोरोनाका कारण आक्रान्त बनेको निजी क्षेत्रसँग लामो समयपछि छलफल गर्न लागेका हुन् । […]
भद्रपुर । झापामा समुदायस्तरमा कोभिड–१९ संक्रमण सुरू भएयता महामारी नियन्त्रणका लागि सरकारका विभिन्न तहले प्रहरी प्रशासनलाई सीमामा कडाइदेखि हाट, बजार तथा चौकचौकमा हुने भीड नियन्त्रणको जिम्मेवारी दिएका छन् । प्रदेश १ को भारतबाट नेपाल आउने पहिलो प्रवेशद्वार काँकडभिट्टा नाकामा भारतीय सीमा क्षेत्रसम्म सहज आवागमन तथा चौकचौकमा खुलेआम भारू तथा नेरूको सटही हुने गरेको पाइएको छ […]
काठमाडौं। सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको तोलाको ९६ हजार १ सय रुपियाँमा कारोबार भएको हो । आईतबारनै तेजावी सुनको मूल्य तोलाको ९५ हजार ६ सय रुपियाँ निर्धारण भएको छ । चाँदी प्रतितोला १३ सय २० रुपैयाँ पुगेको छ । शुक्रबार छापावाल सुन प्रति […]
झापा । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले वर्तमान असहज परिस्थितिमा वार्षिक साधारणसभा र नयाँ नेतृत्व चयन कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न तीन सदस्यीय कार्यदल बनाएको छ । संस्थाको विधानअनुसार यो वर्ष नयाँ नेतृत्व चयन गनुपर्ने हुन्छ । कोरोना भाइरस संक्रमणको महामारीले नियमित काम गर्नसमेत असहज बनिरहेको समयमा आर्थिक वर्षको पहिलो ६ महिनाभित्र […]
कोरोना महामारीका कारण मुलुकको समग्र अर्थतन्त्र इतिहासकै सबैभन्दा गम्भीर संकटमा रहेका वेला अर्थतन्त्रको ऐना मानिने सेयर बजारमा भने हरियाली छाएको छ । लकडाउनका वेला बन्द रहेको सेयर बजार खुलेपछिका दुई महिनामा सेयर बजार ३३२ अंकले बढेको छ । १५ असारमा ११ सय ७८ अंकमा रहेको नेप्से बिहीबार १५ सय १० बिन्दुमा पुगेको छ । नेप्से सूचकमा मात्रै होइन, […]
नेपाली जनजीवनमा सहकारी व्यवसायलाई समृद्धिको पहिलो आधार बनाउन सकिने अवस्था छ । सहकारी संस्थाहरु नै सदस्य केन्द्रित उपभोग्य बस्तुहरुको उत्पादन, प्रशोधन, प्रवर्धन तथा बजारीकरणको कार्यमा लागेका छन् । बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएको संस्था बाहेक अन्य विषयगत वा बहुउद्देश्यीय संस्थाले ७० प्रतिशत कारोबार विनियममा उल्लेखित उद्देश्य अनुरुप गर्नुपर्ने सहकारी ऐन २०७४ […]
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । बुधबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ७०० ले घटेर ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ९६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार […]