ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दुई वर्षको अवधिमा भक्तजनले ६८ तोला सुन चढाएका छन्। यस्तै, २९ किलो चाँदी चढाएको सुनचाँदी व्यवस्थापन उपसमिति सदस्य गोपाल न्यौपानेले जानकारी दिए। उक्त सुन र चाँदी २०७५ साउन १ देखि २०७७ साउनसम्मको अवधिमा चढाएका हुन्। सुन र चाँदी बिक्रीका लागि उपसमितिले सात दिने सूचना प्रकाशन गर्ने निर्णय गरेको छ। उक्त […]
बिर्तामोड । स्थापनाको १३ वर्षमा यात्रारत बिर्तामोडको संजिवनी बचत तथा ऋण सहकारी संस्थाले कोरोना कहरको त्रासका बीचमा पनि उल्लेखनीय वित्तीय कारोबार गरेको छ । गत आर्थिक वर्षका लागि संस्थाले निर्धारण गरेको अनुमानित आय–ब्ययमा कोरोना कहरले उत्ति धेरै असर नपारेको साझामञ्चलाई प्राप्त वित्तीय विवरणमा देखिन्छ । चैत महिनादेखिको लकडाउनले उत्पन्न असहज परिस्थितिमा पनि संस्थाको वित्तीय कारोबारमा […]
काठमाडौँ । गत चैत महिनादेखिको बन्दाबन्दीका कारण प्रिन्ट गर्न बाँकी रहेका सवारीसाधन चालक अनुुमति पत्र (लाइसेन्स) को छपाइ कार्य पूरा भएको छ । बन्दाबन्दीले गर्दा नयाँ लाइसेन्सको आवदेन रोक्का गरेपछि विभागले पुुराना छाप्न गर्न बाँकी लाइसेन्स सबै छापिइसकिएको विभागले जनाएको छ । नयाँ लाइसेन्सको आवेदन र परीक्षा रोकिएका कारण बाँकी काम सम्पन्न गर्न सहज भएको […]
बिर्तामोड । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिमका कारण होटलहरु सञ्चालनमा नआउँदा होटल व्यवसायी संकटमा पर्दै गएका छन् । लामो लकडाउनका कारण होटल बन्द रहे पनि अहिले लकडाउन खुलेपश्चात संक्रमणको जोखिमका कारण होटलहरु तत्काल सञ्चालनमा आउने स्थितिमा नभएपछि कोरोनाले सिर्जित परिस्थितिका कारण होटल व्यवसायमा ठूलो क्षति पुगेको होटल व्यवसायी देवीभक्त श्रेष्ठ बताउँछन् । विर्तामोडमा […]
काठमाडौं । देशभर चालु आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउने स्थानीय तहको संख्या ६९० पुगेको छ । शुक्रबारसम्मको तथ्यांकअनुसार ६३ स्थानीय तहको बजेट भने अझै सार्वजनिक भएको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको एकीकृत विवरणअनुसार बजेट ल्याउन असफल स्थानीय सरकारमध्ये धेरैजसो प्रदेश नं २ मा छन् । यहाँ कुल १३६ स्थानीय तह छन् […]
काठमाडौं । कार्यालय हिँडेका वा कार्यालयबाट घर फर्किएका बैंकका कर्मचारीहरुलाई अब प्रहरीले नरोक्ने भएको छ । बिहीबारदेखि जारी निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा कार्यालय जान र आउन दिने आदेश भएको थियो । तर बिहीबार बिहानै प्रहरीले बैंकका कर्मचारीहरुलाई रोकेपछि बैंकहरु आक्रोशित बनेका थिए । प्रहरीले दुःख दिएको भन्दै नेपाल बैंकर्स संघले बैंकका शाखा […]
काठमाडौं । सुन र चाँदीको भाउ आज घटेको छ। छापावाल सुन बुधबार एक लाख चार सयमा कारोबार भएकोमा आज तोलामा १६ सयले घटेर प्रति तोला ९८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। यस अघि सोमबार र मंगलबार सुन एक लाख ४ सयमा कारोबार भएको थियो। बुधबार भने भाउ स्थीर रहेको थियो। […]
काठमाडौं । सुनचाँदीको भाउ आज फेरी बढेको छ । सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँले बढेर तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा दुई सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ६५ […]
काठमाडौँ । नेपाली बजारमा सुतको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार तोलामा २ सय रुपैयाँले सुनको मूल्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुनको मुल्य पनि तोलामा २ सय रुपैयाँले नै घटेर ९७ हजार ७ सयमा कारोबार भइरहेको छ। यसैगरी […]
झापा । झापा जिल्ला सहकारी संघले कोरोना भाइरसको संक्रमणबाट आफू, आफ्नो संस्था, कर्मचारी, सदस्य एवम् समुदायलाई बचाउन मातहत सहकारी संघ–संस्था तथा सदस्यहरुलाई सम्बोधन गरी आइतबार अपील जारी गरेको छ । जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले हस्ताक्षर गरी जारी गरेको २१ बुँदे अपीलमा विश्वव्यापी फैलिइरहेको कोरोना भाइरसबाट झापा र आसपासका क्षेत्रमा संक्रमण बढ्दै गएकाले सावधानी […]