काठमाडौं। सार्वजनिक पदको दुरुपयोग गरी करोडौँ रुपैयाँ आर्जन गरेको निजामती, प्रहरीलगायत उच्च पदस्थ राष्ट्रसेवकहरु धमाधम अकूत सम्पत्ति छानबिनमा तानिन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिनायता झन्डै १ सय ४० जना राष्ट्रसेवक कर्मचारीमाथि अकूत सम्पत्तिमा छानबिन थालेकोमा २० जनाविरुद्ध करोडौँ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिसकेको छ । अख्तियारका अनुसार पछिल्लो ६ […]
काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ बढेको छ,। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७४ हजार ५०० रुपैयाँ कायम गरिएको छ। बिहीबार प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ। शुक्रबार […]
समृद्ध नेपाल र सुखी नेपालीको लागि एक मात्र आधार स्वदेशी उत्पादन हो । यस्ता उत्पादनहरुको निम्ति खोज तथा अनुसन्धान गर्ने केन्द्र अत्यावश्यक छ । यो आवश्यकतालाई मध्यनजर गर्दै राष्ट्रिय आविष्कार केन्द्र निर्माण गर्न अभियान चलाई रहेका डा. महाविर पुनको साथलाई अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समुदायले आर्थिक रुपमा समर्थन गरेका छन् । यस अभियानमा साथ […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएमबाट निकाल्न मिल्ने पैसाको सीमा बढाएको छ। कृषि विकास बैंकका ‘सिस्टम ह्याक’ गरी ठूलो रकम बाहिरिएपछि राष्ट्र बैंकले सीमा घटाएको थियो। राष्ट्र बैंकले बिहीबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दे सीमा बढाएको हो। नयाँ निर्देशन अनुसार एक दिनमा एटिएमबाट एक लाख रुपैयाँसम्म निकाल्न पाइने छ। एटिएममार्फत एक दिनमा डेबिट […]
राजगढ । पहाडमा बस्नेहरुका लागि नौलो कुरा नहुन सक्छ तर धेरै तराईबासीहरुले स्ट्रबेरी फल देखेका पनि छैनन् भन्दा हुन्छ । त्यही भएर यतिबेला बाह्रदशी १ मा लगाइएको स्ट्रबेरी खेती हेर्न जानेको लर्को छ । त्यहाँ ब्यावसायिक रुपमा लगाइएको स्ट्रबेरी खेतीलाई एसियाकै सबैभन्दा ठूलो मानिन्छ । गोल्यान गु्रपको गोल्यान एग्रो प्रालिले ३८ दशमलव ५ एकड (करिब […]
धुलाबारी । मेची उद्योग वाणिज्य संघको आयोजनामा झापाको धुलाबारीमा सञ्चालित तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आज सम्पन्न भएको छ । एशियन थाई फुड्सको उत्पादन रमपम चाउचाउ मुख्य प्रायोजक र मेचीनगर नगरपालिका संरक्षक रहेको महोत्सवमा एक लाख हाराहारी अवलोकनकर्ता प्रवेश गरेका र ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजक मेउवासंघका अध्यक्ष ऋषिराज तिम्सिनाले […]
झापा । नेपाल आयल निगमले आज फेरि इन्धनको मूल्य बढाएको छ । बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको हाल कायम मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो । खाना पकाउने एलपीजी र हवाई इन्धनमा भने मूल्य हेरफेर गरिएको छैन ।
काठमाडौं। सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ बढेर तोलाको ७३ हजार ५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै महँगो हो । यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको भाउ गएको महिनादेखि […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य र उत्पादन क्षेत्रमा लगानी गर्ने भएको छ । संस्थाको आइतबार हुने १९औँ साधारणसभाको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा संस्थाले आगामी लक्ष्यबारे जानकारी दिएको हो । संस्थाका अध्यक्ष टीएस श्रेष्ठले सदस्यलाई आत्मनिर्भर बनाउन र स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन स्वास्थ्य र उत्पादन क्षेत्रमा लगानी गर्ने आगामी […]
भद्रपुर ।भद्रपुर ७ अञ्जनी मोड स्थित संयोग सम्बृद्धि बहुउद्देशीय सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ। संस्थाका अध्यक्ष मेधनाथ निरौलाको अध्यक्षता तथा भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सभा सम्पन्न गरिएको हो । कार्यक्रममा उत्कृष्ट सदस्य सम्मानबाट गोमा निरौला र सुमित्रा पौडेललाई सम्मान समेत गरिएको थियो । अध्यक्ष निरौलाले वार्षिक […]