Sajhamanch Archive

बैंकिङ अधिकांश सिस्टम ह्याक, चलेनन् बैंकका एटीएम

Published: in अर्थतन्त्र, विविधा by . Leave a Comment on बैंकिङ अधिकांश सिस्टम ह्याक, चलेनन् बैंकका एटीएम.

काठमाडौं । अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएमबाट पैसा निकाल्न नपाउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘यसबाहेक अरु बैंकमा पनि समस्या आएको छ र समाधानको कोसिस भइरहेको छ ।’ […]

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन माग

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन माग.

काठमाडौं । दूध उत्पादक किसानहरुले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् । राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालले पत्रकार सम्मेलन गरी दूधको मुल्य बढाउन माग गरेको हो । विगत तीन वर्षदेखि सरकारले दूधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग गरेको हो । आफूहरुको उत्पादन […]

शिकारबाट सवा ३ करोड राजस्व

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शिकारबाट सवा ३ करोड राजस्व.

काठमाडौं। ढोरपाटन शिकार आरक्षणमा विदेशीले शिकार खेलेबापत ३ करोड २० लाख रुपैयाँ राजश्व संकलन भएको छ । २०७५र७६ को पहिलो सिजन (असोज–मंसिर) मा १ करोड ९ लाख र दोस्रो सिजन (फागुन–वैशाख) मा २ करोड ११ लाख रुपैयाँ उठेको हो ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठका अनुसार पहिलो सिजनमा नाउर १० र झारल […]

एन.आई सी. बैंकका चमत्कारिक योजना

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on एन.आई सी. बैंकका चमत्कारिक योजना.

कमल । एन आई सी एसिया बैंक दमकले आज पत्रकार सम्मेलनगरी आफ्ना चमत्कारीक योजना बारे जानकारी गराएको छ । बैंक पनि साथि पनि, राम्रो पनि, हाम्रो पनि भन्ने मूल नाराका साथ जनसमुदायमा बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा बैकले ल्याएको विभिन्न चमत्कारिक योजनाका बारेमा बैंकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको […]

‘प्रदेश १ को सहकारी ऐन अभियानमैत्री बनाउँछौं’ : कानून मन्त्री कार्की

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, by . Leave a Comment on ‘प्रदेश १ को सहकारी ऐन अभियानमैत्री बनाउँछौं’ : कानून मन्त्री कार्की.

दमक । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सहकारी ऐन अभियानमैत्री आउने विश्वास दिलाएका छन् । झापाको दमकस्थित मेची सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका मन्त्री कार्कीले प्रदेश सहकारी ऐनको मस्यौदामाथि बहुपक्षीय छलफल भइरहेको जनाए । सदनमा ऐनको मस्यौदा पेश गर्ने जिम्मेवारी आफ्नै भएकाले सरोकारवाला […]

सुनको भाउ फेरि बढ्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुनको भाउ फेरि बढ्यो.

काठमाडौं । सुनको भाउमा पुनः वृद्धि आएको छ । बिहीबार एकै दिन तोलामा ८०० रुपैयाँले सुनको भाउ बढेको छ । बिहीबार सुनको मूल्य तोलाको ७३ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य तोलाको ७२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको भाउपनि तोलामा १५ रुपैयाँले बढेर […]

जाँदाजाँदै उपकुलपति खनियाँको विवादस्पद निर्णय : त्रिविमा ६० करोडको खेल

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जाँदाजाँदै उपकुलपति खनियाँको विवादस्पद निर्णय : त्रिविमा ६० करोडको खेल.

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनीयाँले उपकाशको केही दिनअघि निजी मेडिकल कलेजहरुलाई फाइदा हुनेगरी विवादस्पद निर्णय गरेको भेटिएको छ । निजी मेडिकल कलेज सञ्चालकहरुको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थीलाई भर्ना गर्ने बाटो खोलेका छन् । निर्णयबारे बैठकमा सहभागीहरुले फरक÷फरक प्रतिक्रिया दिएका छन् । निवर्तमान उपकुलपति […]

भारतमा आर्थिक मन्दी आउने चेतावनीसँगै विदेशीले लगानी फिर्ता लान थाले

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on भारतमा आर्थिक मन्दी आउने चेतावनीसँगै विदेशीले लगानी फिर्ता लान थाले.

अहिले भारतीय मुद्रा घट्दो क्रममा रहेको छ । भारतको स्थानीय बजारमा मुद्रामा आएको कमीले विदेशी लगानीकर्ताले स्थानीय इक्विटीबाट नगद झिकिरहेका छन् । यसले भारतीय व्यापारयुद्ध गर्माउने देखिएको छ । भारुले यो वर्ष जति पनि वृद्धि हासिल गरेको थियो त्यो यही एक महिना (अगस्ट) भित्र नै गुमेको छ । यो महिना भारु ६ वर्ष यताकै सबैभन्दा […]

प्रदेश १ काे सार्वजनिक लेखा समिति रकमान्तर भएकाे २ अर्ब ४४ करोडकाे हिसाब खोज्दै

Published: in अर्थतन्त्र, प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ काे सार्वजनिक लेखा समिति रकमान्तर भएकाे २ अर्ब ४४ करोडकाे हिसाब खोज्दै.

माेरङ । सार्वजनिक लेखा समितिले प्रदेश सरकारले रकमान्तर गरी गरेको खर्चको हिसाब खोज्न थालेको छ । रकमान्तर गरेर ठूलो रकम खर्च गरेको आरोप लागेपछि समितिले त्यसबारेमा सोधिखोजी गरेको हो । सार्वजनिक लेखा समितिका सभापति शिवनारायण गन्गाईको सभापतित्वमा बसेको बैठकले प्रदेश सरकारले गरेको रकमान्तरको बारेमा मन्त्रालयगत रुपमा सचिवहरुबाट विस्तृत जानकारी लिने निर्णय गरेको छ । रकमान्तरको […]

नेपाल भ्रमण वर्षलाई सिक्किमेली पर्यटन व्यवसायीको ऐक्यवद्धता

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाल भ्रमण वर्षलाई सिक्किमेली पर्यटन व्यवसायीको ऐक्यवद्धता.

मेचीनगर । नेपाल र भारतको पर्यटन प्रवद्र्घन एवम् विकासका लागि दुवै देशका व्यवसायीहरु सहमत भएका छन् । झापाको मेचीनगरमा मंगलबार दुवै देशका पर्यटन तथा होटल व्यवसायी संघका पदाधिकारी, जनप्रतिनिधि, सरकारी अधिकारीबीच भएको अन्तरक्रियामा सहभागीहरुले दुवै देशको पर्यटन प्रवद्र्घन र विकासमा ऐक्यवद्घता जनाउँदै एकसाथ अघि बढ्ने जनाएका छन् । मेचीनगर नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर […]