Sajhamanch Archive

गोष्ठी गर्दै बजेट सक्दै, महँगा होटलमा कर्मचारी भरिभराउ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on गोष्ठी गर्दै बजेट सक्दै, महँगा होटलमा कर्मचारी भरिभराउ.

काठमाडौं। असार महिना । किसान खेतीपातीमा व्यस्त छन् । यतिबेला सरकारी कर्मचारी पनि चटारोमा छन् । किसानलाई मानो रोपेर मुरी फलाउन भ्याइनभ्याइ छ। तर सरकारी निकाय भने बजेट सक्ने नाममा गोष्ठी र सेमिनारमा मग्न छन् । गोष्ठीकै कारण सहरी क्षेत्रमा महँगा होटल भरिभराउ छन् । सरकारले ०७५ वैशाख २७ मा सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता […]

ठेकेदारलाई १५ करोड जरिवाना

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ठेकेदारलाई १५ करोड जरिवाना.

काठमाडौं । एक्जिम बैंकको सहयोगमा ४ वर्षअघि सुरु सिन्धुपाल्चोकको खाडीचौर बजारदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको सडक विस्तारको काममा ढिलासुस्ती र लापर्बाही गरी अलपत्र पारेको भन्दै कारबाहीस्वरूप विभागले दुवै ठेकेदार कम्पनीबाट दैनिक साढे सात लाख हर्जाना भराउने निर्णय गरेको हो । सार्वजनिक खरिद नियमावलीअनुसार काममा ढिलासुस्ती गर्ने दुवै ठेकेदारले दुई सय दिनसम्म सडक विभागलाई उक्त हर्जाना बुझाउनुपर्नेछ। […]

कस्तो बनाउने बिर्तामोडको सहकारी नीति ? खोतल्नै पर्ने लुकेको पाटो !

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, स्थानीय तह, by . Leave a Comment on कस्तो बनाउने बिर्तामोडको सहकारी नीति ? खोतल्नै पर्ने लुकेको पाटो !.

बिर्तामोड । आगामी आर्थिक वर्षका लागि बिर्तामोड नगरपालिकाले बनाउने सहकारी नीति तथा योजनाका सम्बन्धमा सहकारीकर्मीहरुसँग आज वृहत अन्तरसम्वाद गरिएको छ । नगरप्रमुख ध्रुबकुमार शिवाकोटीको अध्यक्षतामा आयोजित अन्तरसम्वाद कार्यक्रममा बिर्तामोड नगरक्षेत्रमा सञ्चालित १३० वटा सहकारी संस्थाहरु, जिल्ला संघ एवम् विषयगत संघहरुलाई प्रतिनिधित्व गराएर नीति तथा योजना सम्बन्धी अन्तर सम्वाद गरिएको हो । कार्यक्रममा नगरपालिकाका सामाजिक तथा […]

हचुवामा थपिँदै शिक्षक, वार्षिक डेढ अर्ब व्ययभार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हचुवामा थपिँदै शिक्षक, वार्षिक डेढ अर्ब व्ययभार.

काठमाडौं । विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको हो । कक्षा एकदेखि १० सम्म पढाउन ०६० सालदेखि राहत दरबन्दीमा नियुक्त ४० हजार र कक्षा ११ र […]

ऋण काढेर यार्सा टिप्न गएकाहरु निराश बनेर भारततर्फ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ऋण काढेर यार्सा टिप्न गएकाहरु निराश बनेर भारततर्फ.

जाजरकोट । नलगाड नगरपालिका–९ का कालीबहादुर ध्यार केही ऋण र सापटी गरेर यार्सागुम्बा संकलन गर्न डोल्पाको पाटन पुगे । त्यहाँ रहँदा लगाउने कपडा, आवश्यक खाद्यान्न र प्रवेश शुल्कसमेत गरी १५ हजारभन्दा बढी खर्च गरे । गाउँबाट पाटनसम्म जान चार दिन लागेको बताउने ध्यार अहिले रितो हात फर्किएका छन् । उनी १३ जेठमा डोल्पा गएका थिए […]

४२ अर्ब २० करोड ४ लाख १२ हजार : प्रदेश १ को बजेट पूर्णपाठ सहित

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on ४२ अर्ब २० करोड ४ लाख १२ हजार : प्रदेश १ को बजेट पूर्णपाठ सहित.

विराटनगर । प्रदेश १ सरकारले आर्थिक बर्ष २०७६/०७७ कालागि ४२ अर्ब २० कराेड ४ लाख १२ हजार रूपैयाँकाे बजेट सार्बजनिक गरेकाे छ । अधिकांश पुराना कार्यक्रमको निरन्तरतासहित कृषि र पर्यटनलाई प्राथमिकता राखेर १ नम्बर प्रदेश सरकारले आफनो दोस्रो पूर्ण बजेट सार्बजनिक गरेकाे हाे । प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोले प्रदेश […]

नोट सक्कली वा नक्कली कसरी थाहा पाउने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नोट सक्कली वा नक्कली कसरी थाहा पाउने.

काठमाडौं । समय समयमा बजारमा नक्कली नोट भेटिएका खबर आउँछन् । विशेषगरी एक हजार, पाँच सय र सय रुपैयाँका नक्कली नोट बजारमा पाइएका समाचारहरु आउँछन् । भारतीय रुपैयाँ मात्र नभएर नेपाली नोट नै नक्कली भेटिन थालेपछि नेपाल राष्ट्र बैंकले सक्कली नोट चिन्ने तरिका सार्वजनिक गरेको छ । हजार रुपैयाँको नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा वा […]

सात वटै प्रदेशले बजेट ल्याउँदै, कसको कति ?

Published: in अर्थतन्त्र by . Leave a Comment on सात वटै प्रदेशले बजेट ल्याउँदै, कसको कति ?.

काठमाडौं  । सात वटै प्रदेश सरकारले आर्थिक वर्ष २०७६–७७ को बजेट आज ल्याउँदै छन् । मुलुक संघीय संरचनामा गएपछि प्रदेश सरकारहरुले दोस्रो पटक बजेट ल्याउन लागेका हुन् । सात प्रदेशको बजेटमा कहिं बेटी बचाऊ र पढाऊ अभियानलाई प्राथमिकता दिइएको छ भने कतै चलचित्र सुटिङ्ग स्पट निर्माणलाई प्राथमिकता दिइएको छ । सातवटै प्रदेशको कूल बजेटको आँकडा […]

सिम्रिक साकोसः मृतक सदस्यको कर्जा मिनाहा, बिरामीलाई उपचार सहयोग

Published: in अर्थतन्त्र, समाज, सहकारी by . Leave a Comment on सिम्रिक साकोसः मृतक सदस्यको कर्जा मिनाहा, बिरामीलाई उपचार सहयोग.

दमक । बिर्तामोडमा मुख्य कार्यालय रही झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज दमक क्षेत्रका आफ्ना तीन सदस्य परिवारलाई राहत प्रदान गरेको छ । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको नेतृत्वमा विभागीय प्रमुखहरु विजय बस्नेत, मीनबहादुर अधिकारीसहित दमक आएको टोलीले दमक २ मा आयोजित संक्षिप्त कार्यक्रममा राहत प्रदान गरेको हो । दमक नगरपालिका […]

भारतको ऋण अब रेल र सडकमा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भारतको ऋण अब रेल र सडकमा.

काठमाडौं । भारतले भूकम्पपछिको पूननिर्माणका लागि नेपाललाई दिने घोषणा गरेर पनि परिचालन हुन नसकेको ७५ करोड डलर सहुलियतपूर्ण ऋणको ठूलो अंश रेल र सडक पूर्वाधारमा खर्च गरिने भएको छ । दुई साताअघि नयाँदिल्लीमा सम्पन्न नेपाल र भारतका उच्च अधिकारीहरुबीच ऋण सहुलियतको कार्ययोजना समीक्षा बैठकमा उक्त रकम पुननिर्माणबाहेकको क्षेत्रमा खर्च गर्ने समझदारी जुटेको हो । बैठकमा […]