बिर्तामोड । पत्रकारद्वय तीर्थ सिग्देल र सन्तोष आचार्यले संकलन, लेखन तथा सम्पादन गरेको समृद्धि किताबको आज विमोचन गरिएको छ । आज अपरान्ह बिर्तामोडमा आयोजित ‘झापाको विकास बहस २०७५’ कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले पुस्तकको विमोचन गरिदिएका हुन् । समृद्धि किताबमा झापाका केही स्थानीय तहले आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ […]
बिर्तामोड । बिर्तामोडमा भइरहेको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव व्यवस्थित र उत्कृष्ट बनाउन महिलाको ठूलो भमिका रहेको आयोजकले जनाएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अनुसार महोत्सवमा ५५ प्रतिशतभन्दा बढी महिला अवलोकनकर्ता आएका छन् । महोत्सव स्थलभित्रका महिला उद्यमीहरु हरेक दिन १५ घण्टाभन्दा बढी खट्ने गरेको अध्यक्ष कुमार भट्टराईले बताए । बाहिरबाट आएका स्टलहरुमा पनि अधिकांश […]
मेचीनगर । पूर्वीनाकाबाट मुल्यका आधारमा निर्यात हुने प्रमुख १० वटा वस्तुमध्ये चिया निर्यातले ३९ दशमलव ६० प्रतिशत राजस्व धानेको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०७५÷२०७६ को वितेको पहिलो ६ महिनामा चिया निर्यातबाट २ अर्ब ५ करोड ७ लाख ३८ हजार २ सय ५७ रुपैयाँ राजस्व संकलन गरेको छ […]
काठमाडाैं । वाणिज्य बैंकहरूको निक्षेप तथा पुँजीमा कर्जाको अनुपात (सिसिडी रेसियो) तोकिएको सीमानजिक पुगेको छ । अहिले सरदर सिसिडी रेसियो ७७.२% को हाराहारीमा रहेको केन्द्रीय बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभाग प्रमुख महेश्वरलाल श्रेष्ठले जानकारी दिए । यद्यपि, दर्जनभन्दा बढी बैंकको सिसिडी रेसियो ७९ को हाराहारीमा छ, केही बैंकले ८०% को सीमारेखा पार गरिसकेका […]
काँकरभिट्टा । झापाको काँकरभिट्टामा आइतबार आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले हरेक क्षेत्र पर्यटक मैत्री बन्न जरुरी रहेको बताएका छन् । ५औँ ग्रामीण पर्यटन महोत्सवको अवसरमा ट्राभल संघ झापाले ‘पर्यटक गाईड’ लाई लक्षित गरी आयोजना गरेको दुईदिने ‘पर्यटक व्यवस्थापन तथा सम्मान एवम् सीप र दक्षता’ सम्बन्धी तालिममा सहभागी पर्यटक गाईडहरुलाई प्रमाणपत्र तथा परिचयपत्र वितरण गर्न आयोजित […]
बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव व्यवस्थित र उत्कृष्ट रहेको अवलोकनकर्ताहरुले प्रतिक्रिया दिएका छन् । महोत्सवका अवलोकनकर्ता तथा स्टलका सामान खरिदकर्ताहरुले बिर्तामोड महोत्सवको प्रशंसा गरेका हुन् । ११ माघदेखि सञ्चालनमा आएको महोत्सवमा टाढाटाढादेखिका अवलोकनकर्ताहरु आउने क्रम जारी छ । अधिकांशले महोत्सव मन पराएको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । झापा सुरुंगाबाट […]
बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको नवौँ दिन शनिबार १२ हजार जनाभन्दा बढीले टिकट काटेर मेला अवलोकन गरेका छन् । महोत्सव आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालका अनुसार एकैदिन १२ हजार जनाले महोत्सव अवलोकन गरेको यो पहिलो पटक हो । यसअघि औषतमा हरेक दिन ६ हजार जनाले महोत्सव अवलोकन गर्दै आएका थिए । महोत्सव […]
बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा बाल उद्यान र खेल सामग्रीका लागि आउनेहरुको संख्या प्रत्येक दिन बढिरहेको छ । महोत्सव आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अनुसार बाल उद्यानमा स्कूलका विद्यार्थी र खेल सामग्रीमा बालबालिकादेखि युवासम्मको आकर्षण छ । महोत्सवमा भारतको दिल्लीस्थित सोनी एनिजमेन्टले बाल उद्यान तथा खेल सामग्री राखेको छ । रोटे पिङ, […]
झापा । बुद्ध एयरले फरवरी ३ तारिक माघ २० गते आइतबारदेखि चन्द्रगढी एयरपोर्टबाट रात्रीकालिन सेवा शुरु गर्ने भएको छ । बेलुकी ५ः४५ बजे चन्द्रगढीदेखि काठमाडौंको सेवा सञ्चालन गर्न लागेको बुद्ध एयर चन्द्रगढीका स्टेशन म्यानेजर ओम प्रधानाङ्गले जानकारी दिएका हुन् । योसँगै बुद्ध एयरको चन्द्रगढीबाट काठमाडौंको दैनिक उडान संख्या तीन पुग्नेछ । बुद्ध एयरले चन्द्रगढी एयरपोर्टमा […]
बिर्तामोड । सोचेभन्दा राम्रो ढंगले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सञ्चालन भइरहेको आयोजकको भनाई छ । बिर्तामोड उद्योग वाणिज्य संघका अधिकारीहरुका अनुसार महोत्सव उद्घाटनका दिन उल्लेख्य उपस्थिति नभए पनि त्यसपछिका दिनमा किनमेल गर्नेहरुको घुइँचो बढेको हो । ‘सुरुका दिनमा सोचेजस्तो उपस्थिति भएन, भोलिपल्टदेखि संख्या बढेको बढ्यै छ,’ उपाध्यक्ष नारायण चिमरियाले भने, ‘यसरी नै संख्या बढ्दै […]