नेपाली कांग्रेसका नेता गोपाल बस्नेत बुधबार प्रदेश १ मा भएको राष्ट्रियसभा निर्वाचनमा गोला प्रथाबाट राष्ट्रिय सभा सदस्यमा विजयी भएका छन्। झापा निवासी बस्नेत खुलातर्फका उम्मेदवार थिए। उनीसँग प्रतिस्पर्धा गर्न नेकपा (एमाले) ले गुरु बराललाई उठाएको थियो। २०२७ सालदेखि कांग्रेसको राजनीति थालेका बस्नेत झापा कांग्रेसको सचिव भइसकेका नेता हुन्। उनी २०४८ सालमा सम्पन्न आठौँ महाधिवेशनमा झापा सचिवमा विजयी भएका थिए। बस्नेतका […]
एनपी साउदलाई नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चर्चा सुरु भएदेखि नै संस्थापन समूहबाट महामन्त्रीको एक दाबेदार मानिएको थियो। सभापति शेरबहादुर देउवाले आफ्नो टिमभित्रका महामन्त्रीका दाबेदारहरु बालकृष्ण खाणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चारमन्त्रीको जिम्मेवारी दिएकाले साउदलाई महामन्त्रीको स्वाभाविक उम्मेदवार मानिएको थियो। देउवाले प्रदेशहरुबाट उम्मेदवार टुंगो लगाउने जिम्मा दिँदा पनि सुदूरपश्चिमको जिम्मा नेता साउदलाई नै दिएका थिए। […]
कृष्णबहादुर महरा अहिले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मात्रै हुन्। हालै भएको महाधिवेशनपछि अन्य धेरै नेताहरूजस्तै महराको पद पनि टुंगो लागेको छैन। पटकपटक मन्त्री र सभामुख भइसकेका महरा रोल्पा र दाङमा बलियो पकड भएको नेता मानिन्छन्, जो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासिला नेता हुन्। माओवादी केन्द्रको काठमाडौँमा पुस ११ देखि १८ सम्म भएको आठौँ राष्ट्रिय महाधिवेशनले […]
निर्वाचन आयोगले जेठ ६ पछि स्थानीय तह रिक्त हुने भन्दै वैशाखमै स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ। तर, पाँचदलीय सत्ता गठबन्धनले त्यसलाई महिनौंपछि धकेल्ने तयारी गरिरहेका छन्। संविधानमा उल्लेख भएको व्यवस्था र स्थानीय तह निर्वाचन ऐनमा उल्लेख भएको व्यवस्था बाझिएको भन्दै ऐन संशोधन गर्ने उनीहरुको तयारी छ। संविधान र कानुनका प्रावधानलाई लिएर […]
स्थानीय तह निर्वाचनको विषयलाई लिएर अहिले राजनीतिक वृत्तमा छलफल तीव्र बनेको छ। सरकारको साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखमा संसदीय चुनाव र त्यसपछि स्थानीय तहको चुनाव गर्नुपर्ने अभिव्यक्ति दिएपछि त्यसले अझै राजनीतिक माहोल तातिएको छ। स्थानीय तह निर्वाचनको विषयमा २०७४ मा भएको निर्वाचनबाट बनेका सरकारको पदावधि कहिले सकिन्छ र कहिलेसम्म चुनाव […]
२/२ पटक विघटनको मार खेपेर सर्वोच्चको फैसलापछि पुन:स्थापना भएको संसद् (प्रतिनिधि सभा) सहज ढंगले चल्न सकेको छैन। पछिल्लोपटक गत असार २८ गतेको सर्वोच्च अदालतको फैसलापछि ब्यूँतिएको प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरजसो अवरोध रहँदै आएको छ। सत्तापक्षीय गठबन्धन र सरकारले संसद् सहज ढंगले सञ्चालनका लागि प्रतिपक्षी दल एमालेसँग वार्ता गरेको बताउँदै आएको […]
डा. हरि शर्मा नेपाली राजनीतिको गहिरो अध्येता हुन् । उनले गिरिजाप्रसाद कोइरालाको प्रमुख राजनीतिक सल्लाहकार भएर काम गरेका थिए । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको पनि प्रमुख राजनीतिक सल्लाहकार भएर काम गरे । कांग्रेसको सदस्यता नलिए पनि कांग्रेस निकट भएर हुर्किएका र कांग्रेससँगै जोडिएर काम गरेका शर्मासँग हामीले यसअघि बीपीको राष्ट्रिय मेलमिलापको नीतिका सम्बन्धमा […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १५–१७ मंसिरमा सम्पन्न एकता महाधिवेशनमा आफ्नै कार्यकर्ता राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भए, २०६१–०६२ देखि लगातार पार्टीको नेतृत्व गर्दै आएका पूर्वउपपप्रधानमन्त्री कमल थापा। आफ्नो पराजयको कारण पूर्व राजा ज्ञानेन्द्र शाह र निर्मल निवास भएको आरोप पूर्वअध्यक्ष थापाले लगाउँदै आएका छन्। राप्रपा महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपको आरोप, अध्यक्षमा पराजयपछि राप्रपा विभाजित हुने सम्भावनालगायतका विषयमा […]
अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा अड्किएको लामो समय भयो। अमेरिकाले दूत पठाएर वा अन्य विकल्पमार्फत पास गर्न कयौँ पटक दबाब दिइसकेको छ। एमसीसीलाई संसदमा पेश गरेर छिट्टै पारित गराउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहल गरिरहेका छन्। पाँच दलीय गठबन्धनको प्रमुख दल कांग्रेस पास गर्ने पक्षमा उभिँदा अन्य दल भने […]
माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी स्थापना भएको चार महिना बितेको छ। यो अवधिमा संघीय सरकार र प्रदेश सरकारमा सो पार्टी सहभागी भएको छ। प्रदेश १ र बागमती प्रदेश सरकारको त नेतृत्व नै गरेको छ। अहिले उक्त पार्टी देशभर संगठन विस्तारमा व्यस्त देखिन्छ। सो पार्टीको संगठन विस्तार, पछिल्लो राजनीतिक घटनाक्रम र पाँच दलीय गठबन्धनको निरन्तरताको […]