दमक । झापाको दमकमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमक ५ हरी ओउम कोलेनी घर भइ करीब १० दिन अघि भारतबाट घर फर्किएका पुरुषमा संक्रमण पुष्टि भएको वडाध्यक्ष इन्द्र गुरुङले जानकारी दिए । गुरुङका अनुसार उनी भारतबाट आएदेखी नै होम क्वारेन्टाइनमा थिए । उनको पोजिटिभ रिपोर्ट आए लगत्तै उपचारका लागि […]
विराटनगर । कोरोना भाइरसको संक्रमण फैलन नदिन मोरङको रतुवामाई नगरपालिका १० दिनका लागि ‘सिल’ गरिएको छ । मंगलबारराति १२ बजेबाट लागू हुने गरी नगरपालिका पूर्ण रुपमा ‘सिल’ गरिएको हो । रंगेलीस्थित रक्तसञ्चार केन्द्रमा काम गर्ने रतुवामाई घर भएका कर्मचारीमा कारोना देखिएपछि पूरै नगर क्षेत्र ‘सिल’ गर्नु परेको मेयर रविन राईले बताए । समुदायमा कोरोना भाइरसको […]
बुद्धशान्ति । यहाँको बजार भर्न वा लगाउन गाउँपालिकाको भूगोलभन्दा बाहिरबाट कोही पनि व्यक्तिलाई आवतजावत गर्न बुद्धशान्ति गाउँपालिकाले आजदेखि पूर्णतया निशेध गरेको छ । गाउँपालिकाका अध्यक्ष रमेशकुमार भूजेलले मंगलबार सार्वजनिक अपील प्रकाशन गरी कोरोना भाइरसको महामारी फैलिइरहेको र समुदायस्तरमा संक्रमण बिस्तार हुँदै गरेकाले जनताको जीउ धनको सुरक्षाका लागि यस्तो अप्रिय कदम चाल्न बाध्य हुनुपरेको जनाएका छन् […]
शिवसताक्षी । झापामा कोरोना संक्रमण समुदायमा आएसँगै स्थानीय तहले थप कडा गर्ने भएका छन् । सरकारले लकडाउन खुकुलो बनाएसँगै लाग्न थालेका साप्ताहिक हाड शिवसताक्षी नगरपालिकाले पुनः आजदेखि बन्द गराएको छ । शिवसताक्षी नगरपालिकाको कोरोना भाइरस नियन्त्रण तथा राहत समितिको वैठकले दुई हप्तासम्मका लागी नगर भित्रका हाटबजार बन्द गर्ने निर्णय गरेको हो । जिल्लाका बिर्तामोड र […]
बुद्धशान्ति । विश्व यतिबेला कोभिड १९ को कारणले गर्दा अत्यन्त ग्रसित रहेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस का कारणले नेपाल सरकारले कोरोना भाइरस फैलिन नदिन चैत ११ गतेबाट गरेको लकडाउन श्रावण ७ गतेबाट अन्त्य गरेको छ । तर, सरकारले लकडाउन अन्त्य भएको दुई साता नबित्दै स्थानीय क्षेत्रमा मानिसको चहलपहल बढ्न सुरु भएको छ। […]
सुनसरी । इटहरी उपमहानगरपालिकाले ५ दिन लकडाउन गर्ने निर्णय गरेको छ। भर्खरै सम्पन्न नगरस्तरीय सिसिएमसीको बैठकले इटहरी बजार क्षेत्रमा ५ दिन कडा लकडाउन गर्ने निर्णय भएको मेयर द्वारिकलाल चौधरीले बताए। वडाअध्यक्षको सल्लाहाबमोजिम लकडाउन गरिएको जनाइएको छ। लकडाउन लगाइए पनि अतिआवश्यकीय बस्तु बिक्री गर्न भने पाइने छ। भिडभाड गर्न बन्देज लगाइएको छ। लकडाउन उल्लंघन गर्नेलाई संक्रमण […]
कमल । कमल गाउँपालिका र दमक नगरपालिकाको सिमानामा पर्ने रतुवा खोलामा दमक नगरपालिकाले प्राकृतिक न्याय सिद्धान्त विपरित वाँध निर्माण गरेपछि त्यसको असर कमल गाउँपालिकामा परेको छ । नगरपालिकाले एकलौटी रुपमा रतुवा नदिमा बाँध निर्माण गरेपछि नदिले आफ्नो धार परिवर्तन गरेको हो । जसका कारण कमल गाउँपालिकाको वडा नम्वर ५ र ६ मा ठुलो असर पुगेको […]
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) कचनकवल गाउँपालिका समितिले चार महिनायता तलवविहिन हुँदा विहान बेलुका छाक टार्न समस्या भएको भन्दै ज्यान बचाउन माग राखेर गाउँ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । बन्दाबन्दी सुरू भएयता कार्यरत विद्यालयले पारिश्रमिक नदिएपछि बाँच्न धौधौ परेको भन्दै ज्यान बचाउन माग राखेर गाउँ सरकारलाई ज्ञापनपत्र बुझाएको हो । इस्टु गाउँ समितिका […]
बिर्तामोड । पूर्वको ब्यस्त र मुख्य बजारस्थल बिर्तामोडमा आज राति १२ बजेदेखि पुनः अनिश्चितकालीन लकडाउन गर्ने निर्णय भएको छ । नगर कार्यपालिकाले स्थानीय राजनीतिक दलका नेतृत्वसहित संघीय सांसद एवम् प्रदेश सांसदको उपस्थितिमा आज गरेको छलफल पछि कोभिडको संक्रमण समुदायमा फैलन नदिन लकडाउन गर्ने निर्णय भएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताएका छन् । भोलिदेखि औषधी पसल र […]
विर्तामोड । झापामा फ्रन्टलाइनमा रहेर काम गर्ने प्रहरीमा कोरोना संक्रमण देखिएपछि बिर्तामोडका जनपद र ट्राफिक प्रहरीले थप सुरक्षा अपनाउँदै ‘फेस शिल्ड’ को प्रयोग गर्ने भएका छन् । रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, रोट्रयाक्ट क्लव अफ बिर्तामोड मिडटाउन र इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले संयुक्त रुपमा प्रहरीलाई फेस शिल्ड वितरण गरेका छन् । इलाका प्रहरी कार्यालय […]