Sajhamanch Archive

मेलमिलाप समितिमा रहेर काम गर्दाको दुई वर्षे अनुभव

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, स्थानीय तह, by . Leave a Comment on मेलमिलाप समितिमा रहेर काम गर्दाको दुई वर्षे अनुभव.

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा–४ (ख) बमोजिम सर्वसाधारण जनताले आफ्नै गाउँ/नगरपालिका तथा वडाबाट न्यायिक सेवा पाउन थालेको करिब तीन वर्ष भएको छ । दुःख झण्झटमा नपरी सजिलैसँग न्याय पाऊन् भन्ने उद्देश्य लिएर गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपप्रमुखको संयोजकतत्वमा न्यायिक समिति गठन भएका छन् । संघीय, प्रदेश र स्थानीय गरी तीन […]

कचनकवलमा विपक्षीद्वारा गाउँसभा बहिस्कार, सत्तापक्षको बहुमतले बजेट पारित

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on कचनकवलमा विपक्षीद्वारा गाउँसभा बहिस्कार, सत्तापक्षको बहुमतले बजेट पारित.

कचनकवल । झापाको कचनकवल गाउँपालिकाको छैटौं गाउँसभाले आर्थिक वर्ष २०७७/७८ का लागि ५३ करोड ८९ लाख ६० हजार १०० रूपैयाँको बजेट बहुमतले पारित गरेको छ । गाउँपालिकाको असार १० गतेबाट सुरू गाउँसभाको आजको बैठकमा परिषद सदस्यहरूले बहुमतले बजेट पारित गरेका हुन् । गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीले सार्वजानिक गरेको वार्षिक बजेट, नीति तथा कार्यक्रममाथि आज छलफल […]

झापामा हात्ती धपाउन बनाइएको विद्युतीय धरापमा परी एकको मृत्यु

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on झापामा हात्ती धपाउन बनाइएको विद्युतीय धरापमा परी एकको मृत्यु.

मेचीनगर । हात्ती धपाउने धरापमा परेर मेचीनगर ९ का ६४ वर्षीय एक पुरुषको हिजो मृत्यु भएको छ । जंगली हात्ती प्रवेश गर्न नपाओस् भनेर आफ्नै खेतमा राखिएको विद्युतीय नाङ्गो तारको धरापमा परेर बद्रिप्रसाद थपलियाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बेलुकी ५ः४५ बजे खेतमा पानी लगाउन गएका थपलियाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला […]

बुद्धशान्तिमा निशुल्क मास्क तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण

Published: in समाज, स्थानीय तह by . Leave a Comment on बुद्धशान्तिमा निशुल्क मास्क तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण.

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा आज कोरोना सचेतना कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरसबाट जोगिन अपनाउनु पर्ने सावधानीका विषयमा थप सचेत पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सो क्रममा मास्क नलगाउने दुई दर्जन बढीलाई सचेत गराउँदै केहि बेर प्रहरीले सडकमा उब्याएको थियो  । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरलले […]

अब हरेक वडामा वाईफाई

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on अब हरेक वडामा वाईफाई.

काठमाडौँ । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए। आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए । वडामा […]

बिर्तामोड नगरपालिकाको पाँचौं नगरसभा सम्पन्न

Published: in राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाको पाँचौं नगरसभा सम्पन्न.

बिर्तामोड । बिर्तामोड नगरपालिकाको पाँचौं नगरसभा आज समापन गरिएको छ । असार १० गते सुरु भएको पाँचौं नगरसभाले प्रस्तावित १ अर्ब १५ करोड ४ लाख ८८ हजार ब्यय हुने गरी बनाइएको बजेट पारित गरेको छ । जस अन्तरगत ३९ करोड ८१ लाख ८६ हजार चालू, ५८ करोड २३ लाख २ हजार र पूजीगत खर्च र […]

बाढी र डुबानबाट झापामा १७२ परिवार विस्थापित, २ जनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बाढी र डुबानबाट झापामा १७२ परिवार विस्थापित, २ जनाको मृत्यु.

झापा । केही दिनदेखि भइरहेको लगातारको वर्षाका कारण झापामा १७२ परिवार विस्थापित भएका र कम्तीमा दुई जनाले ज्यान गुमाएका छन् । झापाका मुख्य नदी तथा खोलाहरु कनकाई, बिरिङ, पालियालगायत खोलानदीमा आएको बाढीका कारण १७२ घर परिवार विस्थापित भएका हुन् । त्यसैगरी बिरिङ र मेची नदीमा नुहाउने क्रममा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले […]

शिवसताक्षीका महिलाहरुलाई आत्मनिर्भर बनाउन झोला बनाउने तालिम

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीका महिलाहरुलाई आत्मनिर्भर बनाउन झोला बनाउने तालिम.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का ४७ जना महिलाहरुले झोला बनाउने तालिम लिएका छन् । वडा भित्रका महिलाहरुलाई सीप सँगै आत्मनिर्भर बनाउने उद्देश्यले वडाले तालिम दिएको हो । झोला बनाउने बनाउने तालिम लिएपछि आफुहरुलाई उद्यम सँग जोड्न मद्दत पुगेको सहभागी दिपा खतिवडाले बताईन् । शनिबार उक्त तालिमको समापन गरिएको छ । समापन […]

शिवसताक्षीको नौ नम्बरवडाले कृषि र स्वास्थ्यलाई प्राथमिकतामा बजेट विनियोजन, सुत्केरी पोषण कार्यक्रम थपियो

Published: in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीको नौ नम्बरवडाले कृषि र स्वास्थ्यलाई प्राथमिकतामा बजेट विनियोजन, सुत्केरी पोषण कार्यक्रम थपियो.

शिवसाक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ९ ले आ.व. २०७७÷ ०७८ का लागि योजना छनोट गरेको छ । वडाले स्वास्थ्य र कृषिलाई प्राथमिकतमा राखेर योजना छनोट गरेको हो । वडाका राजनीतिक दलको साझा सहमतिबाट योजना छनौट भएको वडाध्यक्ष छविलाल पाठकले जानकारी दिएका छन् । वडा कार्यपालिका सदस्य, वडाका राजनीतिकदल, सामाजिक संघ संस्थाका प्रतितिनिधि लगायतको सुझावपछि […]

झापाका स्थानीय तहहरु कोटीहोममा स्थापना गरिने पीसीआर ल्यावका लागि ऐक्यवद्ध

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापाका स्थानीय तहहरु कोटीहोममा स्थापना गरिने पीसीआर ल्यावका लागि ऐक्यवद्ध.

बिर्तामोड । ‘एकका लागि एक अभियान’को अगुवाइमा सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा झापामा पीसीआर ल्याव स्थापनाका लागि जिल्लास्थित नगर तथा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा ल्याव स्थापनाका लागि भइरहेको निर्माण कार्यको शुक्रबार अवलोकनपछि भएको छलफलमा पालिकाका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुले त्यस्तो प्रतिवद्धता जनाएका हुन् । अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा […]