कमल । लकडाउनको कारण जनजीवनमा अस्तव्यस्त बन्दै गएकोले अत्यावश्यक वस्तु तथा सेवा प्रवाहका लागि कमल गाउँपालिकाले विशेष निर्णय गरेको छ । गाउँपालिकाको आकस्मिक बैठकले खाद्यान्न, तरकारी, औषधी, डेरी, गाइवस्तु, कुखुरा तथा बंगुरको दाना लगायत अत्यावश्यक पसल सञ्चालन गर्न व्यवसायीलाई अनुरोध गरेको हो । गाउँपालिकाको भूगोलमा दैनिक ज्यालादारी गरी छाकटार्ने मजदूरहरुको विवरण लिने र उनीहरुको आवश्यकता […]
चुलाचुली (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुलाचुली १ नम्बर वडाकमिटीले स्थानीय सरकार र विपद् व्यवस्थापन समितिलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । विश्वव्यापी फैलिँदै गरेको कोराना भाइरस (कोभिड– १९) को नियन्त्रण र रोकथाममा लागिरहेको पालिका सरकारलाई सहयोग पुगोस् भन्ने हेतुले वडामकिटीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाइएको छ । नेकपाले धारासहितको ड्रम १४ थान, […]
शिवसताक्षी । झापाको शिवसताक्षीका विपन्न परिवारलाई खाद्यन्य सामाग्री वितरण गरिएको छ । नगरपालिकाको वडा नं–५ ले अति विपन्न वर्गका ११ घर–परिवारलाई खाद्य सामग्री वितरण गरेको हो। कोरोना भाईरस (कोभिड–१९) को सक्रमणको कारण देशव्यापी लकडाउनसँगै वडाभित्र बसोबास गर्ने अत्यन्तै विपन्न वर्गलाई खाद्य सामग्रीको अभाव हुन नदिन वडा कार्यालयले खाद्य सामाग्री वितरण गरेको जनाएको छ । वडा […]
कमल । नोवल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि कमल गाउँपालिकाले १० लाख रुपैयाको कोष स्थापना गरेको छ । गाउँपालिकाको बुधबारको बैठकले गाउँपालिका स्तरमा हुने सम्भावित जोखिम र समस्याहरुको न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कोषको स्थापना गरिएको जनाइएको छ । गाउँपालिकाले स्थापना गरेको कोषमा गाउँपालिकामा कार्यरत स्वास्थ्य शाखाका कर्मचारीहरु बाहेकले चैत महिनाको तलबको […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले क्वारेन्टाइन कक्षको निर्माण सम्पन्न गरको छ । कोरोना भाइरसको सम्भावित संक्रमणबाट नगरबासीलाई बचाउन शिवसताक्षी नगरले १६ वेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको हो । वडा नम्बर ११ स्थित साविकाको झरना प्राथमिक विद्यालयको कक्षा कोठामा क्वारेन्टाइन कक्षतयार भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । क्वारेन्टाइनकक्षमा बस्नेहरुका लागि खानाको व्यवस्था शिवसताक्षी नगरपालिकाले गरिदिने क्वारेन्टाइन कक्ष […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले क्वारेन्टाइन निर्माण गर्ने कार्यलाई तिब्रता दिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमणबाट नगरबासीलाई बचाउन शिवसताक्षी नगरले रातारात क्वारेन्टाइन निर्माण कार्यलाई तिव्रता दिएको हो। नगरपालिकाले वडा नम्बर ११ स्थित झरना प्राथमिक विद्यालयको कक्षा कोठामा १८ बेडको क्वारेन्टाइन विहीबारसम्ममा तयार हुने जनाएको छ । नगरपालिकाका, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्वास्थ्यकर्मी लगायतको टोलीले […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले कोरोना भाईरस प्रकोप रोकथाम राहात कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । नगर कार्यपालिका र बिपत व्यवस्थापन समितिको बैठकले कोषमा १० लाख जम्मा गर्ने मंगलबार निर्णय गरेको हो । नगरकार्यपालिका सदस्यले पाउने १ महिनाको सुविधा पनि सो कोषमा जम्मा गर्ने निर्णय भएको नगरका प्रवत्ता नविन ईजमले जानकारी दिए । […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले ९० बेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । नोवल कोरोना भाईरस (कोभिड १९) संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बिर्तामोड नगरपालिकाले ९० बेडको क्वारेन्टाईन निर्माण गर्ने भएको हो । आज बिहान नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय भेलामा क्वारेन्टाईन निर्माण गर्ने निर्णय भएको जानकारी दिइएको हो । । नगरपालिकाका योजना अधिकृत जय तिम्सिनाले नगरपालिकाको […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं.९ मा आज निशुल्क मास्क वितरण गरिएको छ । अहिले विश्व कोरोना भाइरसबाट ग्रसित भइरहेको बेलामा गाउँमा रहेका स्थानीयलाई सचेतनासहित पत्रकार प्रेम आचार्यको जन्मदिनको अवसरमा मास्क वितरण गरिएको हो। कोरोना भाइरसबाट संक्रमित हुनबाट जोगिन के कस्ता उपाय अबलम्न गर्न सकिन्छ र कसरी बच्ने उपाय सहित मास्क वितरण गरिएको अभियान्ता अनु […]
कमल । नोवल कोरोना भाइरस (कोभिड १९) को सन्त्रास फैलिरहेका बेला उपभोग्य वस्तु एवम् औषधीजन्य सामग्रीहरुमा हुनसक्ने कालोबजारीलाई रोक्न झापाको कमल गाउँपालिकाले आजबाट अनुगमन थालेको छ । छिमेकी देशसँगका सीमानाकाहरु क्रमशः बन्द हुँदैगर्दा त्यसको असर सामान आपूर्तिमा परेकोले बजारमा भएका सामग्रीको कालोबजारीलाई रोक्न अनुगमन थालिएको पालिकाले जनाएको छ । यस्तो अवस्थामा बजारमा अखाद्य वस्तु र […]