Sajhamanch Archive

‘चुनाव जितेपछि म जनताको प्रतिनिधि सबैको काम सरोबर गरिरहेको छु’

Published: in अन्तर्वार्ता, समाज, स्थानीय तह by . Leave a Comment on ‘चुनाव जितेपछि म जनताको प्रतिनिधि सबैको काम सरोबर गरिरहेको छु’.

सूर्यप्रसाद कन्दङवा, बिर्तामोड नगरपालिका वडा नं. ६ का वडाध्यक्ष । नेपाली कांग्रेसबाट टिकट पाएर वडाध्यक्ष पदमा चुनाव लड्दा नेकपा एमालेका उम्मेदवार गणेश कन्दङवालाई उहाँले १९३ मतले पराजित गर्नुभएको थियो । कांग्रेसको पार्टी सदस्य भएको छोटो समयमा नै जनप्रतिनिधि बन्ने अवसर पाउने थोरैमा उहाँ पनि एक हुनुहुन्छ । तेह्रथुमको छातेढुङ्गामा जन्मिनु भएका वडाध्यक्ष कन्दङवा २०४२ सालदेखि […]

लैंगिक हिंसा बिरुद्ध बिर्तामोडमा सचेतना

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on लैंगिक हिंसा बिरुद्ध बिर्तामोडमा सचेतना.

बिर्तामोड । आज यहाँ ‘लैंगिक हिंसा बिरुद्ध सचेतना अभिबृद्धि’ विषयक एक दिने कार्यक्रम संचालन गरिएको छ । बिर्तामोड नगरपालिका ५ नम्बर वडा कार्यालय र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । बिर्तामोड नगरपालिका ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पबित्रा महतारा (प्रसाई)को प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो […]

भद्रपुरमा हात्तीपाइले रोगविरुद्ध साताव्यापी अभियान

Published: in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on भद्रपुरमा हात्तीपाइले रोगविरुद्ध साताव्यापी अभियान.

भद्रपुर । भद्रपुर नगरपालिका स्वास्थ्य शाखाले अन्तरक्रियात्मक रूपमा हात्तीपाइले (फाइलेरिया) रोग निवारण सम्बन्धी जानकारी गराएको छ । कार्यक्रममा तालिमप्राप्त स्वास्थ्यकर्मीहरुले वडाको प्रत्येक टोलमा पुगेर घरदैलो मार्फत हात्तीपाइलेको निःशुल्क औषधी खुवाइने जानकारी गराएका हुन् । विगत वर्षहरुमा महिला स्वास्थ्य स्वयम् सेविकाहरुले तीन दिनसम्म औषधि खुवाउने गरेकोमा यस वर्षदेखि स्थानीय सरकारको मातहत कार्यक्रम आएकोले ७ देखि १० […]

मेचीनगर १३ ‘फ्री वाईफाई जोन’ घोषणा

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on मेचीनगर १३ ‘फ्री वाईफाई जोन’ घोषणा.

मेचीनगर । मेचीनगर नगरपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नगरका विभिन्न ठाउँलाई निःशुल्क वाईफाई क्षेत्र घोषणा गरिने भएको छ । मानिसको अत्याधिक भीडभाड हुने ठाउँ, बसपार्क लगायतका क्षेत्रमा हरेक नगरबासीलाई प्रविधिको पहुँचसम्म पुर्याउने उद्देश्यका साथ सो अभियान शुरु गर्न लागिएको हो । अभियान शुक्रबार वडा नम्बर १३ बाट शुरु गरिएको छ । नगरप्रमुख विमल आचार्यले अभियानको […]

झापाका स्थानीय तहहरुको पहिलो प्राथमिकतामा पूर्वाधार विकास

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on झापाका स्थानीय तहहरुको पहिलो प्राथमिकतामा पूर्वाधार विकास.

इलाम । झापाका स्थानीय तहहरुले पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिने गरेको पाइएको छ । जिल्ला समन्वय समिति झापाले आयोजना गरेको एक कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले आ—आफ्नो स्थानीय तहको प्रगति प्रस्तुत गर्ने क्रममा अधिकांशले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको पाइएको हो । पदभार ग्रहण गरेपछि आफ्नो पालिकामा गरेका विकास निर्माण लगायत कामका बारेमा आफूलाई मन परेका […]

नगरप्रमुख राना पत्नी वियोगमा

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on नगरप्रमुख राना पत्नी वियोगमा.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना मगर पत्नी वियोगमा परेका छन् । उनकी पत्नी शान्ति राना मगरको आज शुक्रबार बिहान ९ः३० बजे निधन भएको हो । अर्जुनधारा ११ निवासी नगरप्रमुख रानाकी ५९ वर्षीया पत्नी शान्ति झण्डै चार वर्षदेखि क्यान्सर रोगबाट पीडित थिइन् । उनको आजै कनकाई नदीमा जातीय परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । […]

गाउँपालिकाका कम्प्यूटर अपरेटर विवेक सम्मानित

Published: in समाज, स्थानीय तह by . Leave a Comment on गाउँपालिकाका कम्प्यूटर अपरेटर विवेक सम्मानित.

बुधबारे । बुद्धशान्ति गाउँपालिकाका कम्प्यूटर अपरेटर विवेक खुलाललाई सम्मान गरिएको छ । बुद्धशान्ति गाउँपालिकाको बुधबार भएको परिषद् भेलामा उनलाई सम्मान गरिएको छ । गाउँपालिकाको समग्र जातीयता, संस्कृति, प्राकृतिक सम्पदा, भूगोललगायतका सम्पूर्ण कुराहरु समेटेर उत्कृष्ट लोगो डिजाइन गरेकोमा गाउँपालिकाले नगद १० हजार रुपैयाँसहित प्रसंसापत्र र अविर, दोसल्ला लगाई सम्मान गरेको हो । लामो समयदेखि गाउँपालिको कम्प्यूटर […]

आठराईमा गाउँपालिका स्तरीय साहित्य गोष्ठी सम्पन्न

Published: in शिक्षा, स्थानीय तह by . Leave a Comment on आठराईमा गाउँपालिका स्तरीय साहित्य गोष्ठी सम्पन्न.

आठराई । यहाँस्थित आठराई गाउँपालिका स्तरीय साहित्य गोष्ठी सम्पन्न भएको छ । आठराई क्षेत्रको साहित्य सुदृढीकरण गर्न आयोजित साहित्य गोष्ठीमा कविता, गजल तथा मुक्तक वाचन गरिएको हो । अग्रज साहित्यकार रविमान लम्जेलको अध्यक्षतामा सम्पन्न साहित्य गोष्ठीमा आठराई गाउँ पालिकाका अध्यक्ष मानबहादु लिम्बुको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा आफ्ना धारणा राख्दै गाउँ पालिकाका अध्यक्ष लिम्बूले […]

स्वर्गीय नेम्वाङको सम्मानमा पाँचथरमा सार्वजनिक बिदा

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on स्वर्गीय नेम्वाङको सम्मानमा पाँचथरमा सार्वजनिक बिदा.

फिदिम । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको माघ २६ गते भएको निधनमा शोक मनाउन आज यहाँका सबै स्थानीय तहमा सार्वजनिक बिदा भएको छ । सात गाउँपालिका र एक नगरपालिका रहेको पाँचथर जिल्लामा नेम्वाङको निधनले अपुरणीय क्षति पुगेका कारण सार्वजनिक बिदा दिएर उनको सम्मान गरिएको हो । गत शनिबार फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा आयोजित कार्यक्रममा […]

खुदुनाबारीमा एकीकृत घुम्ती शिविर, सयौंले पाए आँगनमै सेवा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on खुदुनाबारीमा एकीकृत घुम्ती शिविर, सयौंले पाए आँगनमै सेवा.

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नम्बर १, २ र ३ लाई लक्षित गरी आज एकीकृत घुम्ती शिविर गरिएको छ । नगरपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय झापाको संयोजनमा शिविर सञ्चालन भएको हो । शिविरमा करिव २५ सय सर्वसाधारण नागरिकहरुले दर्जनौं सेवा लिएका छन् । शिविरमा नागरिकता वितरण र फोटोसहितको मतदाता नामावली संकलनजस्ता प्रशासनिक कार्यहरु गरिएका […]