Sajhamanch Archive

प्रदेश १ः प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रदेश १ः प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य.

झापा । मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिनुहुँदै यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य […]

नेपाली कांग्रेस शिवसताक्षीमा मेयर पदका आकांक्षी नौ जना, कसले पाउला टिकट ?

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा, by . Leave a Comment on नेपाली कांग्रेस शिवसताक्षीमा मेयर पदका आकांक्षी नौ जना, कसले पाउला टिकट ?.

शिवसताक्षी । स्थानीयतहको निर्वाचन नजिकदै गर्दा झापा शिवसताक्षीमा मेयर पदका लागि आकाक्षीहरुको चर्चा चल्न थालेको छ । सरकारले स्थानीयतहको निर्वाचन २०७८ बैसाख ३० गतेका लागि तोकेको छ । नेपाली कांग्रेस शिवसताक्षीमा मेयर पदका लागि आंकाक्षी उमेद्धारहरु आफ्नो पक्षमा माहोल बनाउन लागि परेका देखिन्छन् । शिवसताक्षीमा अहिले दिनहुँ जसो राजनीतिक विषयमा छलफल हुन थालेको छ । […]

अर्जुनधारामा घरघर जाऔं कांग्रेस जिताऔं अभियान

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on अर्जुनधारामा घरघर जाऔं कांग्रेस जिताऔं अभियान.

अर्जुनधारा । घरघर जाऔं कांग्रेस जिताऔं अभियान अन्तर्गत अर्जुनधारा १, २ र ३ नम्बर वडाको संयुक्त प्रशिक्षण कार्यक्रम खुदुनाबारीको शान्तिचोकमा आज सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर २ प्रदेश खका सभापति किरण श्रेष्ठको सभापतित्व एवम् नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाइको प्रमुख आतिथ्यमा कार्यक्रम सप्पन्न भएको हो। कार्यक्रममा पार्टीको इतिहास, संगठन र […]

हिंसा भड्काउने जो कोहीलाई कारबाही हुन्छ : मन्त्री कार्की

Published: in प्रदेश तह, राजनीति, समाज by . Leave a Comment on हिंसा भड्काउने जो कोहीलाई कारबाही हुन्छ : मन्त्री कार्की.

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले हिंसा भड्काउने जो कोहीलाई कानूनी दायरामा ल्याइने बताएका छन् । लेटाङ घटनाका बारेमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले प्रहरी जवानको परिवारलाई न्याय दिलाउने पनि आश्वासन दिए । आइतबार स्थानीय विद्यालयका शिक्षकले विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको विरोधमा भएको झडपका कारण प्रहरी जवान उर्मिला श्रेष्ठको […]

२०७४ मा जस्तै एमाले र माओवादी मिल्ने चिन्ता छ डा.कोइराला

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on २०७४ मा जस्तै एमाले र माओवादी मिल्ने चिन्ता छ डा.कोइराला.

काठमाडौं– नेपाली कांँग्रेसका नेता डा. शेखर कोइरालाले २०७४ सालमा जस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुनसक्ने चिन्ता रहेको बताएका छन्। मंगलबार कोइराला निवासमा आयोजित चुनावी गीत सार्वजनिकीकरण कार्यक्रममा उनले त्यसतर्फ ध्यान पुर्‍याउनुपर्ने बताए। उनले गठबन्धन केका लागि गर्ने भन्ने प्रष्ट हुनुपर्ने बताए। अरु पार्टीहरुलाई जिताउनका लागि गठबन्धन हो कि ती पार्टीहरुले नेपाली कांँग्रेसलाई […]

झगडाको खेती फस्टाओस् भनेर पहिचानको राजनीति ल्याइयो : अध्यक्ष ओली

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झगडाको खेती फस्टाओस् भनेर पहिचानको राजनीति ल्याइयो : अध्यक्ष ओली.

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीले झगडाको खेती फस्टाओस् भनेर तराईमा पहिचानको राजनीतिको विषय उठेको बताएका छन्। संविधान सभाबाट संविधान जारी हुनुअघि चर्चामा रहेको पहिचानको राजनीतिप्रति पहिल्यैदेखि आक्रामक उनले मंगलबार पनि त्यसप्रति आफ्नो अनुदार धारणा दोहोर्यारएका हुन्। तराईचाहिँ ठगी खाने भाँडो भयो मान्छेहरुको। तराईका मुद्दा भन्यो। तराईका मुद्दामाथि थप अर्को आयो, पहिचानको राजनीति भनेर एउटा […]

मेचीदेखि महाकालीसम्म लोसपाको चुनावी अभियान, गठबन्धनबारे अन्योल कायमै

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मेचीदेखि महाकालीसम्म लोसपाको चुनावी अभियान, गठबन्धनबारे अन्योल कायमै.

काठमाडौं । संघीय संसदको पाँचौ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि मंगलबारदेखि प्रशिक्षण कार्यक्रम शुरू गरेको छ। जनकपुरमा आयोजना भएको कार्यक्रममा मधेश प्रदेशका स्थानीय तहका प्रतिनिधि, कार्यकर्ता सहभागी छन्। त्यस्तै, आगामी १० गते वीरगञ्ज, १२ गते भैरहवा र १४ गते नेपालगञ्जमा प्रशिक्षण कार्यक्रम तय भएको छ। स्थानीय […]

राजीनामा दिएर मात्रै उम्मेदवारी दिन पाउने व्यवस्था तत्काल लागू नगर्न सर्वोच्चको आदेश

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on राजीनामा दिएर मात्रै उम्मेदवारी दिन पाउने व्यवस्था तत्काल लागू नगर्न सर्वोच्चको आदेश.

काठमाडौ, स्थानीय तह निर्वाचनमा जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवारी दिनु पर्ने व्यवस्था तत्काल लागू नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई झिकाउँदै त्यतिन्जले कार्यान्वयन नगर्न आदेश दिएको हो। विपक्षी निर्वाचन […]

अभिनेत्री करिष्मा र पूर्वमन्त्री सिंह आज एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले पार्टी कार्यालयमा स्वागत गर्ने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on अभिनेत्री करिष्मा र पूर्वमन्त्री सिंह आज एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले पार्टी कार्यालयमा स्वागत गर्ने.

काठमाडौं– अभिनेत्री करिष्मा मानन्धर र पूर्वमन्त्री तथा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह आज (मंगलबार) नेकपा एमालेमा प्रवेश गर्दै छन्। पूर्वमन्त्री सिंहको नेतृत्वमा रहेको दल नै एमालेमा समाहित हुन लागेको हो। दिउँसो १ बजे पार्टी कार्यालयमा एकसमारोहका बीच एमाले अध्यक्ष केपी ओलीले उनीहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। सिंह २०७३ सालमा खानेपानी मन्त्री भएका […]

पार्र्टीबाट सरकारमा सहभागी मन्त्री फेरिँदैनन् : अध्यक्ष नेपाल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पार्र्टीबाट सरकारमा सहभागी मन्त्री फेरिँदैनन् : अध्यक्ष नेपाल.

काठमाडौ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेका छन् । केही दिनयता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरू फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको समाचार सार्वजनिक भइरहँदा पार्टी अध्यक्ष नेपालले त्यसमा सत्यता नभएको बताएका हुन् । सोमबार साँखुमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेपालले पार्टी मन्त्री हेरफेर गर्ने पक्षमा […]