विराटनगर । विश्वासको मत माग्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दललाई पत्र पठाएका छन् । आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिंदैछन् । विश्वासको मत लिनुअघि कार्कीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन् । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो १ बजे […]
काठमाडौँ । नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीका अवसरमा नेकपा एमालेको केन्द्रीय कार्यालय परिसर र मनोहरा नदी किनारमा वृक्षारोपण गरिएको छ । नेपाल भूतपूर्व सैनिक प्रहरी सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय परिसरमा वरको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रम उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष […]
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको कार्यसूचीमा ‘विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने’ विषय राखिएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बिहीबार सुरु हुने प्रदेशसभाको तेस्रो अधिवेशनको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुख पर्शुराम खापुङले पठाएको अधिवेशन आह्वानको पत्र सभामुख बाबुराम गौतमले पढेर सुनाउने, […]
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विनियोजन शीर्षकमा उठेका प्रश्नहरूको जवाफ दिन बुधबार संसदको रोष्ट्रममा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको कामहरूको फेहरिस्त सुनाए । अनि आफूले आफैंलाई नम्बर दिए, डिस्टिङ्सन । सरकारको कामले व्यवस्थाप्रति जनतामा भरोसा जगाएको भन्दै उनले जसरी काम अगाडि बढेका छन्, त्यसले चाँडै विकासको तुफान आउन सक्ने दाबी समेत गरे […]
सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण कर्णाली प्रदेश सभा बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ । बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद चल्न नदिने चेतावनी एमालेले दिएको छ । बुधबार प्रदेशसभामा मन्त्रालयगत छलफल सुरु गर्ने कार्यसूची थियो । तर बैठक सुरु भएलगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाईले […]
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बहुउद्देश्यीय प्रकृतिका दुई महत्वपूर्ण आयोजनाको निर्माण प्रक्रियाबारे जानकारी लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाटै प्रधानमन्त्री प्रचण्डले भेरी-बबई डाइभर्सन आयोजना र सुनकोशी मरिण डाइभर्सन आयोजनाको भौतिक प्रगति र त्यहाँका समस्याबारेमा जानकारी लिए। एक्सन रुमलाई नियमितरुपमा सक्रिय बनाउने लक्ष्यका साथ प्रधानमन्त्रीले आज पहिलो पटक ती आयोजनाको पछिल्लो […]
काठमाडौं । सत्तारूढ दल जनमत पार्टीले बजेटको पक्षमा मतदान नगर्ने भएको छ । अध्यक्ष सीके राउतले सरकारले ल्याएको आगामी वर्षको बजेटलाई समर्थन गर्न नसकिने बताए । बुधबार फेसबुकमार्फत उनले बजेट कार्यकर्ता पोस्न ल्याइएको आरोप लगाएका छन् । उनले असमान बजेट कुनै पनि हालतमा स्वीकार्य नहुने समेत बताएका छन् । जनमत पार्टी मन्त्री पदकै लोभमा अरू […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार सम्हालेपछि रासायनिक मलको अभाव हटाएको दाबी गरेका छन् । बुधबार संसदमा बजेटमा उठेको प्रश्नको जवाफ दिंदै उनले यस्तो दाबी गरेका हुन् । यो आर्थिक वर्षमा ७८। ५ मेट्रिकटनको आपूर्ति निश्चित भएको र सरकारले एक लाख ९५ हजार ९ सय मेट्रिकटन मल आयात भएर पनि एक लाख ४५ […]
विराटनगर । कोशी प्रदेश सरकार र नामकरणको विपक्षमा रहेका पक्षबीच बुधबार तय भएको वार्ता स्थगित भएको छ । आन्दोलनरत प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले सरकारसँग वार्तामा नबस्ने बताएपछि वार्ता स्थगित भएको हो । प्रदेश सरकारले बुधबार नागरिक उन्मुक्ति पार्टी र संयुक्त संघर्ष समितिलाई एकै समयमा वार्ताका लागि बोलाएपछि समितिले वार्तामा नबस्ने बताएको हो […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले लोकतन्त्रको सर्भिसिङ गर्ने काम भइरहेको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारले इतिहासमै ठूलो अनुसन्धान र कारबाहीपश्चात् जनतामा विश्वास जाग्न सुरु भएको भन्दै यसले कानुनको सर्वोच्चता मात्र नभएर लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको बताए । बुधबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेको मन्त्रालयगत प्रश्नहरुको जवाफ […]