सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नंं. ११ तिङ्गलाका स्थानीयले आज तिङ्गला बन्दको घोषणा गरेका छन् । तिङ्गलालाई बेवास्ता गर्दै केन्द्रीय प्रसारण लाइन उद्घाटन कार्यक्रमको पत्तालेबाट गर्न लागेको भन्दै उनीहरुले अनिश्चितकालका लागि तिङ्गला बन्दको घोषणा गरेका हुन् । हाइड्रोपावरको मुख्य प्रभावित क्षेत्र तिङ्गला भए पनि प्रभावित क्षेत्रमा नै विद्युत विस्तार नगरि उद्घाटन गर्न लागेकाले आन्दोलन […]
कमल । प्रदेश न १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिम्मतकुमार कार्कीले विद्यालय भोलिका लागी जनशक्ति उत्पादन गर्ने थलो भएकोले त्यहाँ अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्यप्रति गम्भिर हुनुपर्ने बताएका छन् । झापा कमल गाउँपालिका ६ स्थित वर्कफर नेपालद्वारा निर्माण गरिएको शुद्धपिउने पानीको प्लान्ट कमल गाउँपालिकालाई हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री कार्कीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको मानसिक स्वस्थ्य, शारीरिक […]
जनकपुरधाम । प्रदेश २ सरकारले मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योगहरु बन्द गराउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई पत्राचार गरेर अवैध क्रसर उद्योगहरु बन्द गर्न निर्देशन दिन लागेको हो । ‘गैरकानूनी रुपमा नदीजन्य पदार्थ उत्खनन रोक्न र नदीहरुको अवस्थाबारे जानकारी […]
काठमाण्डौ । प्रदेश नम्बर ३ को स्थायी राजधानी मकवानपुरको हेटौँडा र प्रदेशको नाम वाग्मती तय भएको छ । प्रदेश सभाको आजको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो । प्रदेश सभामा भएको मतदानमा राजधानी हेटौँडा राख्ने प्रस्तावका पक्षमा १ सय ५ मत र काभ्रेको धुलिखेल बनाउनुपर्ने पक्षमा तीन मत मात्र खसेपछि राजधानी हेटौँडा […]
विराटनगर । प्रदेश १ मा मानव अधिकारविरुद्ध हुने घटनाहरुको दर बढ्दो देखिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०१९ मा जिल्लाभर घटेका घटनाहरू संकलन र विश्लेषण गर्दै प्रदेशमा मानव अधिकार उल्लंघनका घटना बढेको दाबी गरेको हो। सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म प्रदेश १ मा ९ सय ११ वटा मानव अधिकार उल्लंघनका घटना भएको […]
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन तहका सरकारबीच कानुन निर्माणमा समन्वय हुन नसक्दा विकास प्रभावित बनेको बताएका छन् । नेपाल नगरपालिका संघ संघले आज विराटनगरमा गरेको अन्तर सरकार–संवाद कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘‘समन्वय अभावमा तीन लेयर सरकारको संघीयताको गाडी तीव्र गतिमा दौडन सकेको छैन । अब आसपी मेलमिलापमा गाडीलाई तीव्र गतिमा दौडाउनुपर्छ […]
विराटनगर । प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यमा प्रतिनिधित्व गर्ने उमेदवारले आज मनोनयन दर्ता गराएका छन् । नेकपा र कांग्रेसका उमेदवारले छुट्टाछुटै समूहमा विराटनगरस्थित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराए । नेकपाको पाञ्चालीस्थित कार्यालयबाट उमेदवारसहित निस्किएको ¥याली सबैभन्दा पहिले क्षेत्रीय निर्वाचन कार्यालयमा अवस्थित राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यालय पुगेको थियो । नेकपाले झापाका देवेन्द्र दाहाल, […]
बनियानी । कचनकवल गाउँपालिका वडा नं. ३ स्थित दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समूहको १५औँ साधारणसभाको अवसरमा ६० विपन्न परिवारलाई जाडोमा ओड्ने कम्बल वितरण गरिेएको छ । वन समूहका अध्यक्ष धनराज गुरुङको अध्यक्षतामा आयोजित साधारणसभामा प्रदेशसभा सदस्य वसन्त बानियाँ प्रमुख अतिथि रहेका थिए । २५४ हेक्टर क्षेत्रफल रहको सो वन क्षेत्रको ५ हेक्टरमा सिमसार तथा पर्यटकीय […]
सुनसरी । कम्प्युटर एसोसिएसन नेपाल महासंघ सुनसरीको आयोजना तथा क्यान महासंघ प्रदेश १ को संयोजनमा इटहरीमा सूचना प्रविधि प्रर्दशनी आयोजना गरिने भएको छ । सुचना, प्रविधि र सञ्चारको व्यापकतालाई समटने गरी इटहरीस्थित जनता विद्यालयको खेल मैदानमा आगामी माघ १ गतेदेखि ५ गतेसम्म पाँच दिने क्यान इन्फोटेक आयोजना गरिएको हो । नेपालमा सूचना तथा सञ्चार प्रविधि […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले यस बर्ष नगर क्षेत्रका २ सय विपन्न तथा गरिव परिवारलाई आवास निर्माण गरिदिने भएको छ । यस आर्थिक वर्षभित्र निर्माण गरिने ती घरहरुको एक कार्यक्रमका बीच क्षेत्र नं २ की सासद पत्रित्रा खरेलले शिलान्यास गरेकि थिईन। वडा नं ८ स्थित प्रगतिनगरमा स्थानीय घरबारविहीन श्रीमान् लोकबहादुर श्रेष्ठ र श्रीमति धनकुमारी श्रेष्ठको निर्माण […]