Sajhamanch Archive

ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पूरा

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पूरा.

मोरङ । ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पूरा भएको छ । राधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक बाबुराजा ओझाले सोमबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको बताए । विराटनगरस्थित राधाकृष्ण मन्दिरबाट कृष्णजन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा २०७५ का लागि तयार गरिएको रथ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम […]

प्रदेश सरकारबाटनै राष्ट्र बैंकमा तालाबन्दी गरियो

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on प्रदेश सरकारबाटनै राष्ट्र बैंकमा तालाबन्दी गरियो.

जनकपुरधाम । प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन्। प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षाबन्धन तथा जनैपूर्णिमाको बिदा घोषणा गरे पनि संघीय सरकार मातहतका कार्यालयहरूले अवज्ञा गर्न थालेपछि प्रदेश सरकार आक्रमक हुन थालेको हो। आन्तरिक मामिला तथा कानुनमन्त्री यादव […]

कञ्चनपुरमा गोली चल्यो आठ घाइते, एक जना लाई उपचारका लागि भारत लगियो

Published: in प्रदेश तह by . Leave a Comment on कञ्चनपुरमा गोली चल्यो आठ घाइते, एक जना लाई उपचारका लागि भारत लगियो.

कञ्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा सलंग्नलाई पक्राउ गर्न माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ८ जना घाइते भएका छन् । आज कञ्चनपरको महेन्द्रनगरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा सन्तोष कुमार कठरिया, तेजराज भट्ट र अर्जुन भण्डारा घाइते भएका छन् । भण्डारालाई थप उपचारको लागि भारत पठाइएको छ भने […]

जिल्लामै चिया प्रशोधन कारखाना पाएपछि किसान हर्सित

Published: in प्रदेश तह by . Leave a Comment on जिल्लामै चिया प्रशोधन कारखाना पाएपछि किसान हर्सित.

तेह्रथुम । जिल्लाका ५ सयभन्दा बढी चिया किसान र ९ वटा चिया सहकारीले आफ्नै जिल्लामा चिया प्रशोधन कारखाना पाएका छन् । तेह्रथुमको लालीगुराँस नगरपालिका ९, सोल्मामा खुलेको चिया प्रशोधन कारखानामा हरियो पत्ती लैजान बगानमा मुना टिप्दै साना चिया किसान । चियाको हरियो पत्ती प्रशोधन गर्ने कारखाना जिल्लामै खुलेपछि सोल्मा सहित सुङनाम, जिरिखिम्ती, मोराहाङ, श्रीजुङ, हमुरजुङ, पञ्चकन्या, आङदिम […]

आमाले फालेककी बालिकाको मृत्यु

Published: in प्रदेश तह by . Leave a Comment on आमाले फालेककी बालिकाको मृत्यु.

ताप्लेजुङ । आफ्नै आमाले शौचालयमा फालेकी १० महिने बालिका जमुना बिकको पाँच दिनपछि जिवितै उद्धार गरिए पनि बचाउन भने सकिएन । उपचारकालागि झापाको बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याए पछि चिकित्सकले मृत घोषणा गरेका हुन । ‘पाँचथरको फिदिम, इलामको फिक्कल अस्पतालमा देखाउँदै विर्तामोड अस्पतालमा ल्यानउँदासम्म ढुकढुकी बाकी थियो। अस्पताल ल्याएको केही समयपछि चिकित्सकले मृत घोषणा गरे,’ बालकलाई […]

रातभर पहिरोले भागाभाग

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on रातभर पहिरोले भागाभाग.

ताप्लेजुङ । मंगलबार रातिको वर्षापछि झरेको पहिरोका कारण फक्तालुङ गाउँपालिका ४ इखावुका विभिन्न स्थानमा चिरा परेको छ  । स्थानीय बासिलाई तत्काल आफ्नो घरमा बस्ने वातावरण नभएको रानी आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाले बताए । उनका अनुसार खानीका १५ र साप्चुङका ७ परिवार जोखिममा छन् । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भने […]

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा

Published: in प्रदेश तह by . Leave a Comment on प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा.

जनकपुर  । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपी प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा आत्मसमपर्ण गरेका राज्यमन्त्री शर्माको बयान झन्डै ३ घण्टा लगाएर लिइएको थियाे। ११ बजेदेखि लिइएको बयान २ बजे सकिएकोथियाे। बयान सकिएलगत्तै महोत्तरी जिल्ला अदालतका मुख्यन्यायधीश ब्रजेश प्याकुरेलको इजलासमा थुनछेकको बहस भएकाे […]

नमस्ते झरना केही दिनमै सञ्चालन

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on नमस्ते झरना केही दिनमै सञ्चालन.

धनकुटा । धनकुटाको पर्यटकीयस्थल साँगुरीगढी गाउँपालिका वडा नं६ सिम्सुवा खोलामा अवस्थित नमस्ते झरनाको निर्माण कार्य सम्पन्न भएको छ। गत असार १ गते विक्रम तामाङ परिवारसँग झरना घुम्न आउँदा अचानक ढुंगा खसेर घाइते भएपछि उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको घट्नापछि झरना जोखिमपूर्ण भएको भन्दै व्यवस्थापन समितिले सर्वपक्षीय छलफलपछि नमस्ते झरनामा अनिश्चितकालको […]

छथर गाउँपालिकामा बसाइँ सरी जानेलाई पाँच लाख अनुदान !

Published: in प्रदेश तह by . Leave a Comment on छथर गाउँपालिकामा बसाइँ सरी जानेलाई पाँच लाख अनुदान !.

 तेह्रथुम  ।  छथर गाउँपालिकाले जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ । गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेहरुलाई उनीहरुको व्यवसायिक योजनाका आधारमा पाँच लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने भएको हो । ग्रामीण क्षेत्रमा सेवा सुविधा नभएको भन्दै सर्वसाधारणको बसाइँ सरेर जाने क्रम बढेपछि यसलाई रोक्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । […]

३२ घरमा पाइपलाइनमार्फत् पुर्‍याइयो बायोग्यास

Published: in प्रदेश तह by . Leave a Comment on ३२ घरमा पाइपलाइनमार्फत् पुर्‍याइयो बायोग्यास.

विराटनगर । विराटनगर महानगरपालिका–१४, जतुवामा पाइपलाइनमार्फत् घरघरमा बायोग्यास पुर्‍याइएको छ । पहिलो चरणमा स्थानीय ३२ घरले पाइपलाइनमार्फत् आएको बायोग्यासबाट खाना पकाउन सुरु गरेका छन् । जतुवास्थित श्रीकृष्ण गौशालाबाट निकालिएको बायोग्यास पाइपलाइनबाट एक किलोमिटर आसपासका क्षेत्रका बासिन्दाको घरघरमा पुर्‍याइएको हो । गौशालाका व्यवस्थापक महिचन्द्र यादवले ८५ लाख रुपैयाँ लागतमा ग्यास प्लान्ट, पाइपलाइन र अरु संरचना निर्माणपछि […]